Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘चीनमा रहेका आफन्तलाई छिटो नेपाल फर्काइयोस, उनीहरू संक्रमित होइनन्’
‘चीनमा रहेका आफन्तलाई छिटो नेपाल फर्काइयोस, उनीहरू संक्रमित होइनन्’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २८, २०७६
Hardik health
काठमाडौं–चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भिर पहलकदमी नचालेको उनीहरूका अभिभावकले गुनासो पोखेका छन् । चीनमा रहेका कोही पनि नेपालीहरू ‘नोवल कोराना भाईरस’ बाट संक्रमित नभएको भन्दै उनीहरूले जतिसक्दो चाँडै आफ्ना आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । सोमबार आयाजेना गरेको साक्षात्कारमा बोल्दै उनीहरूले सरकारले चीनमा बन्धकको अवस्थामा रहेका आफ्ना नागरिकहरूको उद्धारको लागि गम्भिरता नदेखाएको भनी कडा आपत्ति जनाएका छन् । ती विद्यार्थीहरूको उद्धारको लागि आफूहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाई नभएको अभिभावकहरूको गुनासो छ । कतिसम्म भने चीनमा बन्धकको अवस्थामा रहेका नेपालीहरूले पनि आज भिडियो कलमार्फत नेपाली सञ्चारकर्मीहरूसँग चाँडै नेपाल झिकाउनको लागि पहल गरिदिन आग्रह गरेका थिए । चीनमा रहेको नेपाली दुतावासले पनि कुनै ठोस जवाफ दिन नसकेको ती विद्यार्थीहरूको गुनासो छ । यता, अभिभावकहरूले भने आफ्ना सन्तान नै यस्तो विपद् र संकटबाट गुज्रँदा आफूहरू निकै ठूलो पीर र मर्कामा परेको बताएका छन् । आफन्तलाई स्वदेश फर्काउने विषयमा नेपालको सरकारी अधिकारीबाट कुनै ठोस जवाफ नआएको भन्दै कहिलेसम्म स्वदेश फर्काउने हो ? भन्दै लिखित जवाफ दिनुपर्ने अभिभावकहरूले माग गरे । चीनमै चिकित्सक शिक्षा अध्ययन गरेर स्वदेश फर्किएका नेपाली डाक्टरहरूले आफू उद्धारको लागि चीन जान तयार रहेको स्पष्ट पारेका छन् । चीनको उहानमै ईन्टर्नल मेडिसिन अध्ययनरत डा. सुमन श्रेष्ठले आफू जनवरी २ तारिखमात्रै काठमाडौं आएको सुनाउँदै भने,‘म काठमाडौं आएको २ हप्तापछि अर्थात जनवरी १५–१८ सम्म त चीनमा कोरोनाको महामारी नै फैलियो । अहिले यो रोगको बारेमा विश्वभरि चर्चा छ । त्यहाँ रहेका नेपालीहरू कोही पनि संक्रमित छैनन् । तर, उहाँहरूलाई नेपाल ल्याउनको लागि सरकार डराएको छ ।’ चीनमा रहेका अन्य मुलुकका नागरिकहरूलाई त्यहाँको सरकारले सफलतापूर्वक उद्धार गरिसकेको पनि उनले जानकारी दिए । सरकारले उद्धारको लागि जनशक्ति छैन भनेको सुनाउँदै आफू ती साथीहरूको उद्धारको लागि जान तयार रहेको डा. श्रेष्ठको भनाई छ । अर्का चिकित्सक डा. प्रकाश कँडेलले पनि आफ्ना साथीहरू कोही पनि संक्रमित नभएको स्पष्ट पारेका छन् । अहिले नेपालीहरूको लागि हरेक सेकेण्ड महत्वपूर्ण भएको सुनाउँदै त्यहीस्तरको पीडा यता नेपालमा हुने अभिभावकहरूलाई पनि भैरहेको उनले कारुणिक अवस्था सुनाए । उनले जतिसक्दो चाँडो चीनबाट नेपालीहरूलाई सरकारले उद्धार गर्नुपर्ने धारणा राखे । त्यस्तै कार्यक्रममा चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमिला कक्षपतीले कोरोना भाईरसबारे नै आम मानिसहरूमा सही जानकारी नभएको स्पष्ट पारिन् । उनले भनिन्,‘यसको उपचार कहीँ पनि छैन । चीनमा रुघोखोकीको बेग्लै ट्रिटमेन्ट र निमोनियाको बेग्लै उपचार गरिन्छ । हाम्रो पनि त्यही गर्ने हो । यो भाईरस हावाबाट सर्दैन भनेर भनिसकिएको छ । र, चीनमा रहेका नेपालीहरू कोहीपनि यो भाइरसबाट संक्रमित छैनन् ।’ नेपाल सरकारले नेपालीहरूको उद्धारको लागि जतिसक्दो चाँडो कदम चाल्नुपर्ने उनको भनाई छ । नेपाल सरकारले फागुण ३ गते जहाज पठाउने कुरा गरेको मिडियामार्फत थाहा भएपनि यसबारेमा सरकारले आधिकारिक रूपमा केही जानकारी नदिएको उनको गुनासो छ । कार्यक्रममा अर्का अभिभावक रमेश बहादुर सिंहले पनि सरकारले उद्धारको लागि ठोस पहल नगरेको गुनासो पोखे । उनले नेपाल सरकारले यतिका दिन बितिसक्दापनि किन ठोस कदम नचालेको होला ? भन्दै प्रश्न गरे । कार्यक्रममा चीनमै अध्ययनरत विद्यार्थी मनोज सिंहले उहानमा रहेका चिकित्सकहरूसँग नेपालबाट भिडियो कलमार्फत उनीहरूको बास्तविक अवस्था के रहेछ ? भनेर जानकारी लिनको लागि सहयोग पुर्याएका थिए । उहानमै पि.एच.डी. अध्ययनरत गौरव पोखरेलले आफूहरू विगत १५ दिनदेखि कोठामा थुनिएर बस्नुपरेको पीडा सुनाए । उनले आफूहरू कोही पनि संक्रमति नभएको भन्दै समयमै नेपाल उद्धार गर्न मिडियाकर्मीहरूसँग आग्रह गरेका थिए । उनले आफूहरू छात्रावासमा थुनिएर बसेको सुनाए । चीनमा रहेको नेपाली दुतावास र राजदुत लिलामणि पौडेलले पनि खासै चिन्ता नगरेको आफूहरूले पाएको उनको गुनासो छ । बरु, आफूहरूको प्राध्यापक (चिनियाँ) हरूले बरु कहिले नेपाल जान्छौ ? छिटो जाउ भनेर सोधेको उनले सुनाए । अहिले चीनमा मास्क पनि अभाव भएको सुनाए । तर, नेपालबाट चीनलाई एक लाख मास्क सहयोग गर्नुभन्दा पनि आफूहरूलाई उद्धार गरेको भए त्यो महत्वपूर्ण हुने थियो भन्ने तर्क गरे ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP