Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #बोराबाध
  • #दाइँ_महोत्सव
Search Here
समाचार
  • Home
  • समाचार
  • अस्ट्रेलियामा लागुऔषधजन्य कारणबाट दैनिक पाँच जनाको मृत्यु
अस्ट्रेलियामा लागुऔषधजन्य कारणबाट दैनिक पाँच जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २२, २०८०
drugs
Hardik health
सिड्नी-   युनिभर्सिटी अफ न्यू साउथ वेल्स (एनएसडब्ल्यू सिड्नी) का विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको ओभरडोज र अन्य कारणले मृत्यु भएको छ । बिहीबार प्रकाशित रिपोर्टअनुसार सन् २०२१ मा अस्ट्रेलियामा एक हजार सात सय ८८ जनाको लागुऔषधका कारण मृत्यु भएको थियो । यो सङ्ख्या उक्त वर्ष अस्ट्रेलियामा दर्ता भएका मृत्युको झन्डै एक प्रतिशत हो । उक्त अवधिमा अस्ट्रेलियामा प्रत्येक एक लाख जनसङ्ख्यामा ६.९ जनाले लागुऔषधका कारण ज्यान गुमाएका थिए । सन् २०२१ मा लागुपदार्थका कारण हुने मृत्युमध्ये ६३ प्रतिशत पुरुषमा भएको थियो भने ४५ देखि ५४ वर्ष र ३५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा लागुपदार्थका कारण हुने मृत्युको ठूलो हिस्सा थियो । सन् २०२१ लागुऔषधको बढी प्रयोगका कारण हुने मृत्युमा सबैभन्दा बढी हेरोइन र ‘फार्मास्युटिकल ओपिओइड’ सँग संलग्न घटनाहरू भेटिएका छन् । यसका कारण कूल एक हजार आठ व्यक्तिको मृत्यु भएको थियो भने त्यसपछि ‘एन्टिपिलेप्टिक’ र ‘एन्टी–पार्किन्सनिज्म’ औषधिहरू थिए । उक्त प्रतिवेदनले लागुऔषधका कारण हुने मृत्युमध्ये ७६ प्रतिशत घरमै भएको, ६८ प्रतिशतले नजानेर र २७ प्रतिशतले जानाजानी गरेको उल्लेख गरेको छ । “सन् २००२ देखि लागुपदार्थका कारण हुने मृत्युदर प्रतिवर्ष औसतमा ३.५ प्रतिशतले बढेको छ र सन् २०१७ मा प्रति एक लाख अस्ट्रेलियालीमा आठ जनाको मृत्युभएको थियो,” ड्रग ट्रेन्ड रिसर्च प्रोग्रामकी प्रमुख तथा एनएसडब्ल्यू सिड्नीकी एसोसिएट प्रोफेसर एमी मयुरले भने। उक्त प्रतिवेदनले सन् २००२ देखि २०२१ सम्म अस्ट्रेलियामा लागुपदार्थका कारण भएका सबै मृत्युका बारेमा निष्कर्ष प्रस्तुत गरेको छ । उनले भने, “हामीले यो वृद्धिपछि लागुपदार्थका कारण हुने मृत्युको दरमा थप वृद्धि भएको प्रमाण देखेका छैनौँ ।” अस्ट्रेलियाको ‘थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए)’ ले बुधबार प्यारासिटामोल प्याकको साइज घटाउने अन्तिम निर्णय गरेको घोषणा गरेपछि यो रिपोर्ट आएको हो । टीजीएका अनुसार अस्ट्रेलियामा हरेक वर्ष करिब दुई सय २५ जना प्यारासिटामोलको अत्यधिक सेवनका कारण अस्पताल भर्ना हुने गरेका छन् भने ५० जना अस्ट्रेलियालीको मृत्यु प्यारासिटामोल ओभरडोजका कारण हुने गरेको छ । फेब्रुअरी १, २०२५ देखि, अस्ट्रेलियामा सामान्य बिक्रीका लागि उपलब्ध प्याकहरूको अधिकतम मात्रा घटाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने मंगलबार, मंसिर १६, २०८२
चीनद्वारा  जापानी जहाजलाई निष्कासन
चीनद्वारा  जापानी जहाजलाई निष्कासन मंगलबार, मंसिर १६, २०८२
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन मंगलबार, मंसिर १६, २०८२
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो मंगलबार, मंसिर १६, २०८२
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ मंगलबार, मंसिर १६, २०८२
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम मंगलबार, मंसिर १६, २०८२
पुटिन-अमेरिकी राजदूत भेट तयार
पुटिन-अमेरिकी राजदूत भेट तयार सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP