Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • अमेरिकामा नेपाल चिनाउँदै ह्यारी
अमेरिकामा नेपाल चिनाउँदै ह्यारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
Harry 1
Hardik health
वाशिङटन डिस -  विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुन्, डा ह्यारी भण्डारी ।अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन् । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो । केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आउनुभएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील छन्  । कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ । अमेरिका स्वतन्त्र हुनुभन्दा एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ । अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरुले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उनीहरुकै पदचाप पछ्याउँदै छन् । उनको राजनीतिक यात्राले त दश वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उनी उदाहरणीय बनेका छन्  । उनी सफलता पछ्याउँदै अघि बढेका छन् । भण्डारीले सन् २०१८ मा आफ्नो डिष्ट्रिकबाट मेरिल्यान्ड राज्यको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी बनेर इतिहास रचेका छन् । आप्रवासीहरुको न्यून उपस्थिति भएको उक्त क्षेत्रबाट तीनजनाले राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा ह्यारीले १२ वर्षपछि डेमोक्र्याट पार्टीका तर्फबाट जित हासिल गर्न सफल भएको थिए। ह्यारीको विजयी अभियानलाई नेपाली आप्रवासीले अङ्गीकार गरेको ‘फर्सीको मुन्टा कूटनीति’ ले काम गरेको टिप्पणी स्वतन्त्र अध्येताहरुको छ । नेपालीहरु आफ्नो करेसाबारीमा फलेको हरियो सागसब्जी छिमेकीलाई दिएर अपनत्वको भावना जागृत गराउन सिपालु हुन्छन् । उनको विजयमा यो कूटनीतिले पनि सघाएको छ । पेसाले शिक्षक भण्डारीले ‘टिचर फर डेलिगेट’ भन्ने नारा तय गर्नुभएको थियो । यो नाराले उनलाई विजय हुन मात्र सफलता दिएन बरु राजनीतिक सम्भावनाको ढोका पनि खोलिदियो । तिनै शिक्षकले अहिले आफ्नो डिष्ट्रिकमा विद्यार्थीहरुको बढ्दो चापलाई कम गर्न विद्यालयको भौतिक संरचना निर्माणका लागि लाखौँ डलर राज्यकोषबाट ल्याउन सफल भएका छन् । संसद् बैठकको अन्तिम दिन अनेकन बिलहरु पारित गर्नुपर्ने दबाबमा हाउसका अध्यक्ष, स्पिकर, सिनेटरहरु र डेलिगेटहरु रहेका हुन्छन् भने अल्पमतमा रहेकाहरु कसरी एउटा भए पनि बिललाई पास हुनबाट रोकौँ भन्ने ध्यानमा हुन्छन् । हाल भण्डारी मेरिल्यान्ड राज्यको संसद्मा एसियन अमेरिकन प्यासिफिक आइल्यान्डरको ककसको अध्यक्षसमेत हुन्  । संसद् बैठक समापन हुनुभन्दा २६ मिनेटअगाडि यो बिल जब सिनेटका अध्यक्ष बिल फार्गसनले पढेर सुनाए, सिनेटमा उपस्थित भएका सिनेटरहरुमध्ये सबैले बिलको पक्षमा मतदान गरेर बिल पारित भयो । बिल पारित भएपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, “अमेरिका विविधतामा एकता भएको विश्वको एक मात्र यस्तो भूमि हो, जहाँ यहाँका नागरिकको चासो र सम्भावनालाई निर्वाचित प्रतिनिधिहरुले उच्च महत्वका साथ कानुनमार्फत सम्बोधन गरिरहेका हुन्छन् । यसैले गर्दा तपाइँ हामीले मानेको चाड दसैँ कानुन बनेर आयो ।'' हुन पनि सङ्ख्यात्मक हिसाबले सानो सङ्ख्यामा रहेको नेपाली अमेरिकीले मनाउने दसैँलाई भण्डारीले उच्च प्राथमिकताका साथ लिएर संसद्मा गए र पारित गराउन सफल भए । अब आगामी मे ३ तारिखमा तय गरिएको र मेरिल्यान्ड राज्यका गभर्नर वेज मुरले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा जानेछ । मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भने, “दसैँ बिल पारित हुनु हामीहरुका लागि अभूतपूर्व खुसीको क्षण हो । बिलमा समावेश भएका दुईटा कुराले अमेरिकाको कानुनको किताबमा नेपाल र नेपाली भावनालाई समेटेको छ । पहिलो, यसमा दसैँ नेपालबाट आएको भनिएको छ भने अर्कोतर्फ बसुधैव कुटुम्बकम भन्ने शब्दावलीलाई यसले अङ्गीकार गरेको छ ।” चार दशकदेखि अमेरिकामा बस्दै आएका र दसैँ बिलका बारेमा संसदीय समितिमा वकालतसमेत गर्नुभएका डा श्याम कार्कीले खुसी हुँदै भने, “डा भण्डारीले नेपाली समुदायको भावनालाई उच्चतम् प्राथमिकतामा राखेर काम गर्नुभएको पुष्टि भएको छ ।” मेरिल्यान्डमा हिन्दू तथा वुद्ध मन्दिरको स्थापनाका लागि प्रमुखदाताका रुपमा समेत रहनुभएका कार्कीले यो बिलले मेरिल्यान्ड राज्यमा दसैँले मान्यता प्रदानमात्र गरेको छैन भाइचाराको सम्बन्धलाई पनि स्थापित गरेको छ । साहित्यकार तीर्थ पाण्डेयले भने, “यो बिल पारित हुनु हामीहरुका लागि खुसीको कुरा हो । अब हामीले यो बिलले समेटेअनुसारको काम गर्नुपर्नेहुन्छ ।” खासमा यो बिलले हरेक वर्ष अक्टोबर ५ लाई दसैँ डे भनेर मनाइने छ । त्यस दिन मेरिल्यान्ड राज्यका गभर्नरले दसैँ डे भनेर घोषणापत्र सार्वजनिक गर्नेछन् । साथमा त्यो दिन विशेष चाड भएको भनेर अभिभावकहरुले विद्यालयमा आप्mना बालबालिकाहरुका लागि बिदा माग गर्न सक्नेछन् । भण्डारी अमेरिकामा रहेका नेपालीहरुका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रुपमा स्थापित भएको छ । उनले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गर्नुभएको छ । विविध कारणले मृत्यु भएकाहरुको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरुको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ । सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीहरुको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकाहरुलाई ढाडस दिने काम गरेका थिए । सामाजिक अभियन्ता अर्जुन हमाल भने, “आफैँलाई कोरोना महामारी भए के गर्ने ? भन्ने अन्यौल थियो तर उहाँ मास्क र पञ्जा बोकेर कैयन् आप्रवासीहरुको घरदैलोमा पुग्नुभयो । भण्डारीमा सामाजिक र भावनात्मक रुपले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण छ ।” अहिले पनि भण्डारीको कार्यालयमा सहयोगका लागि हरेक दिन सम्पर्क गर्ने व्यक्तिहरुको कमी छैन । अमेरिकामा चारवटा अलगअलग समयसीमा छ, पूर्वतटीय भूगोलमा भन्दा पश्चिमतटको समयको फरक तीन घन्टा छ । कतिपय अवस्थामा त रातको २ बजे पनि समस्यामा परेकाहरुले भण्डारीलाई फोन गर्ने गर्छन् । विविध कारणले मृत्युवरण गरेकाहरुको अन्तिम संस्कारका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा भण्डारीको कार्यालयले समन्वय गर्दै आएको छ, भने दिवङ्गतहरुको शव नेपाल पठाउनका लागि पनि भण्डारी स्रोत व्यक्तिसरहकै रुपमा काम गर्दै आएका छन् । अमेरिकास्थित दूतावास, नेपालमा रहेका परिवारका सदस्यहरुको मञ्जुरीनामा, शवदहन गृहका प्रतिनिधिसँग छलफलदेखि एयरलाइन्ससँग समन्वय गर्ने सबै काम उहाँको कार्यालयले गर्दै आएको छ । भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको सङ्घसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल भएका छन् । यसरी रकम प्राप्त गर्नेहरु हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् । भर्जिनियामा बस्दै आउनुभएका अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष भरत बराइली भने, “डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीका लागि अभिभावककै भूमिका निर्वाह गरे । उनले नेपाली भाषीहरुको कला, संस्कतिको जगेर्नामा त महत्वपूर्ण भूमिका निभाएको बराइलीले टिप्पणी गरे । मेरिल्यान्डका सामाजिक अभियन्ता गौतम दाहाल भन्नुहुन्छ, “ह्यारीले गैरनाफामूलक संस्थाहरुलाई राज्यका तर्फबाट रकम दिलाउनु भएर नेपाली अमेरिकीका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।” अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्नुहुने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिनुभएको थियो । मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उनको कार्यकक्षमा नेपालको झन्डा र सगरमाथाको तस्बिर सजिएका छन् । भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई उच्च तहमा पुर्‍याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल भएको छ । उनले नेपाली अमेरिकीलाई मूलधारको राजनीतिमा अभियानकै रुपमा अगाडि बढाउने अभिप्रायले ‘नेपाली फर हिलारी’ र ‘नेपाली फर वाइडेन’ भनेर राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न संस्थागत रुपले नै लागेका थिए । आगामी दिनमा मतदाताको सुझावलाई मनन गर्दै थप कार्य गर्ने योजना रहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP