Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
rekha-sharma
Hardik health
काठमाडाैं -  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको ‘एजेन्डा’लाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्  । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा व्याप्त बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन् । वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाइ थियो । उनले राहदानी, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजागरीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच, परामर्शलगायत सेवा सरकारले सुरु गरेको र यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । सूचना प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमका रुपमा स्थापित हुन पुगेको बताइन् । “यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ । सेवा प्रवाह पारदर्शी, सहज, छिटोछरितो हुनाका साथै लागत कटौतीमा मद्दत पुगेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्”, उनले भने । नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको र यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उनले उल्लेख गरिन् साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताउँदै उनले राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिइन्  । “सरकारी सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षाका लागि मन्त्रालयमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ”, उनले भनिन्  । मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावलीलगायत कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको जानकारी दिइन् । “सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधिसम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चारसम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले काा गरिरहेको छ”, उनले भनिन् । सूचना प्रविधिको प्रयोग एवम् सुरक्षित प्रयोग सम्बन्धमा नागरिकलाई साक्षर बनाउन डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम मुलुकभर सञ्चालन गर्न लागिएको उनले जानकारी दिइन्। उनले ‘डिजिटल डिभाइस’ हाम्रा लागि ठूलो समस्याको विषय बन्ने गरेको उल्लेख गरिन्। मन्त्री शर्माले भनिन्, “एकातिर सबै ठाउँका जनताको सूचना प्रविधिमा पहुँच पुुग्न नसक्ने समस्या छ भने अर्कोतिर पुगेका ठाउँका पनि सबै नागरिकले समानरुपमा यसको प्रयोग गर्ने अवस्था सिर्जना भइसकेको छैन, सूचना प्रविधि प्रयोग गर्न पाउने र नपाउनेहरुको यो खाडल हटाउनु सरकारको दायित्व हो ।” उनले सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि ल्याउने काामा ठोस योगदान गर्न अपिल गरिन् । मुख्यसचिव शङ्करदास बैरागीले समावेशी समृद्धिको परिकल्पना साकार पार्न आम जनतामा सूचना प्रविधिको सहज पहुँच पु¥याउनुपर्ने बताइन् । उनले सूचना प्रविधिसम्बन्धी सेवा विस्तार र भरपर्दो बनाउनुपर्नेमा जोड दिइन् । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिले संसारको अर्थतन्त्रलाई प्रभाव पारेको उल्लेख गर्दै आर्थिक विकास, रोजगारी सिर्जना, सेवा प्रवाहमार्फत समृद्धि हासिल गर्न सबै पक्षबीच सहकार्यको खाँचो औँल्याए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘डिजिटल’ अर्थतन्त्रमार्फत समृद्ध मुलुक निर्माण गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन्  । आर्थिक कारोबार, शिक्षा, स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन आधारभूत काम भए पनि त्यसलाई अझै विस्तार गरेर लैजानुपर्ने उनको भनाइ थियो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको विकासले सम्पूर्ण नागरिकलाई एकै ठाउँमा जोड्न सफल भएको बताइन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान)का अध्यक्ष रञ्जितकुमार पोदारले सूचना प्रविधिको क्षेत्रले देशको अर्थतन्त्रमा उल्लेख्य भूमिका खेलेको जनाउँदै निजी क्षेत्रले सरकारको सहयोगको अपेक्षा गरेको बताइन्  ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP