काठमाडौं - नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा आफ्ना ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ ।
यो अफर आज (२०८० वैशाख १७) देखि सुरु भएर वैशाख १९ गते सम्म लागु हुनेछ ।
यस अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।
यसैगरी डेटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डेटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध छ ।