काठमाडाैं - नेपालका फोटो पत्रकार केशवराज थोकरले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्।
एसियन आर्ट एसोसिएसन सिंगापुरले आयोजना गरेको एसियन फोटो प्रेस २०२३ नामक प्रतियोगितामा दोस्रो स्थान हात पर्न सफल भएका हुन्।
[caption id="attachment_62840" align="alignleft" width="300"]

केशवराज थाेकर[/caption]
उनको फोटो कथाहरुमा महिला अधिकार विधाअन्तर्गत दोस्रो स्थान जितेको हो।
उनको फोटो कथामा काठमाडौंमा भएको एक गुम्बामाभित्र रहेका बौद्धधर्मी भिक्षुणीहरूले शताब्दीऔँदेखि महिलामाथि हुने गरेका विभेदलाई अन्त्य गर्न र लैगिंक समानता प्रवर्द्धन गर्न गरेका प्रयाससम्बन्धी रहेकाे छ ।
बंगलादेशका फोटोग्राफरले पहिलो स्थान हात पारेका छन्। एसियास्तरको यो प्रतियोगितामा हरेक विषयवस्तुका विजेताहरूलाई सिंगापुरे डलर १००० दिइएको छ।

थोकर नेपालबाट यस खाल्काे प्रतियोगिता जित्ने पहिलो व्यक्ति भएका हुन्।