Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • सन्दर्भ अन्तर्राष्ट्रिय श्रम दिवस : ‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’
सन्दर्भ अन्तर्राष्ट्रिय श्रम दिवस : ‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १८, २०८०
labour-day-5147441__340
Hardik health
काठमाडाैं -  मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै अनुदार देखिएको भनी गुनासो गरेका छन्  । उनीहरुले नेपाली श्रमिक क्षेत्रले कानुनीरुपमा धेरै उपलब्धि हासिल गरे तापनि व्यवहारिकरुपमा भने झन प्रताडित रहेको प्रतिक्रिया दिए । नेपाल ट्रेड युनियन कांग्रेका अध्यक्ष पुस्कर आचार्यले शान्तिपूर्ण वार्ता र संवादबाटै मजदुरका हकहितका माग र मुद्दा उठाइए पनि सरकार र रोजगारदाताबाट आवश्यक चासो नदिएको प्रतिक्रिया दिए । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उनले भने, “वार्ता र संवादबाटै सबै समस्या सुल्झिन्छ भन्ने ढङ्गबाट पहल र प्रयत्न गरिएकामा सरकार र रोजगारदाताले बेवास्ता गरेपछि ट्रेड युनियन आन्दोलनको दिशातर्फ उन्मुख हुन बाध्य भएको छ ।” काम गर्नेमाथि काम लगाउनेको ज्यादतीका विरुद्ध सन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो सङ्गठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भएको चरम दमन स्मरण गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको मागसहित सन् १८९० देखि विश्वभर श्रमिक दिवस मनाइँदै आएको छ । अध्यक्ष आचार्यले भने, “कानुन अनिवार्य लागू गर्नुपर्छ भन्ने भए पनि राज्य स्वयं उदासिनता छ, उद्योगपति मात्र होइन सरकारी कार्यालयले पनि मज्दुरलाई त्यो सुविधा दिएको देखिन्न ।” अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष जगत सिम्खडाले लाखौँलाखको सङ्ख्यामा रहेका मजदुरको हकहितको संरक्षणका लागि सामाजिक सुरक्षा र श्रम ऐन ल्याउन सफल भए पनि कार्यान्वयनमा सरकार र रोजगारदाता अझै अनुदार देखिएको प्रतिक्रिया दिए। उनले  भने , “जति धेरै सामाजिक सुरक्षा त्यतिकै श्रम लचकता भनिए तापनि शोषण, उत्पीडन, सरुवा, निष्कासन र जगेडामा राख्ने प्रवृत्तिले प्राप्त अधिकार गुम्ने हुन् कि भन्ने प्रश्न खडा गरेको छ ।” नेपालका श्रमिकले समग्रमा सामाजिक सुरक्षालगायतका सेवा सुविधा प्राप्त गर्नुका साटो न्यूनतम पारिश्रमिक नपाएर पिरोलो झेल्नुपरेको ट्रेड युनियनसँग सम्बद्ध नेताको भनाइ छ । नेपालमा विसं २००३ मा पहिलो सङ्गठित मजदुर आन्दोलन सुरु भएको थियो । मुलुकको श्रमिक आन्दोलनले श्रमिकको सम्मान, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धि लागि मनाउँदैआएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठले उपलब्धिका हिसाबले कानुनीरुपमा अहिलेसम्म आउँदा अधिकार प्राप्त भए पनि व्यवहारमा भने कार्यान्वयन नभएको प्रतिक्रिया दिए । उनले भने, “लामो समयदेखि उठाउँदै आएको योगदानमा आधारित सामाजिक सुरक्षाको नारा कानुनीरुपमा पूरा भएको छ, श्रम कानुनमा पनि सुधार भएको छ, तर कार्यान्वयनको पाटोबाट हेर्दा अत्यन्तै कमजोर अवस्थामा छ ।” कानुनी लडाइँ जित्दै गए पनि व्यवहारमा प्राप्त अधिकार पनि खोसिँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रका मजदुरले खाइपाइ आएको सेवा सुविधामा व्यापक कटौती भएको उल्लेख गरे । संविधानमै पनि मजदुरका हकलाई मौलिक हकका रुपमा स्थापित गरिएको स्मरण गराउँदै उहाँहरुले मजदुरलाई सेवा सुविधा दिनुपर्छ भनेर स्वास्थ्य, बैंक, विद्यालयलगायतका सङ्घ संस्थामा तालिम र आउट सोर्सिङका नाममा शोषणका नयाँरुप प्रयोग हुन थालेको भनी आलोचना गरे  । सरकार, राजनीतिक दल, समाजले श्रम क्षेत्रलाई हेयको दृष्टिकोणबाट हेर्ने गरेको गुनासो गर्दै उहाँहरुले राजनीतिक अस्थिरताले पनि श्रमिकका मुद्दा ओझेलमा पर्दैआएको उल्लेख गरे। ट्रेड युनियनको आन्दोलनले पछिल्लो श्रम ऐनमा एक जना मात्रै मजदुर भएका सङ्घ संस्थाले पनि श्रमिकलाई न्यूनतम तलब, भत्ता उपलब्ध गराउन पर्ने तथा असङ्गठित क्षेत्रका श्रमिक पनि सङ्गठित हुने व्यवस्था गरेको छ । ट्रेड युनियनले यस पटकको मजदुर दिवसमा थप अधिकारभन्दा प्राप्त अधिकारको संरक्षणका निम्ति आवाज उठाउने उद्घोष गरेका छन् । देशका ट्रेड युनियनले श्रम र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको विषयलाई प्राथमिकतामा राख्दै श्रमिक विरोधी प्रावधान र समयानुकूल सेवा सुविधाका मद्दालाई जोडदाररुपमा उठाउँदै आएको दाबी गरेका छन् । सरकारी कार्यालयमै पनि भइरहेको आउट स्वर्सिङ प्रथाले ट्रेड युनिन आन्दोलनलाई चुनौती खडा गरेको हुँदा अहिले त्यो नै सबैभन्दा महत्वपूर्ण मुद्दा भएको उहाँहरुको टिप्पणी छ । सामाजिक सुरक्षाको दायरामा सम्पूर्ण मजदुरलाई ल्याइदिनुपर्नेमा निर्माण क्षेत्र, यातायात, कृषि, पसलजस्ता असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक अहिले पनि न्यूनतम ज्यालाभन्दा निकै कममा श्रम बेच्न बाध्य रहेको युनियनको भनाइ छ । राज्यबाट श्रमिका माग र मुद्दालाई बेवास्ता गरिँदा कूल श्रमिकको १० प्रतिशत मजदुर पनि सङ्गठित हुन नसकेको मजदुर नेताको भनाइ छ । ट्रेड युनियनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी तुल्याउन सकेको खण्डमा मजदुरको जीवनस्तरमा सुधार आउने र राज्यको आर्थिक भारसमेत कमी हुने दाबी गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP