Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • क्षतिपूर्तिबाट वञ्चितको नाम दूताबासलाई जानकारी दिइने
क्षतिपूर्तिबाट वञ्चितको नाम दूताबासलाई जानकारी दिइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २८, २०७६
Hardik health
काठमाडौं– कतारको मर्करी मिना कम्पनीबाट बिनातलब सन् २०१७ मा फर्किएका सबै कामदारहरूले क्षतिपूर्ति नपाउने भएपछि छुटेकाहरूको नाम कतारस्थित नेपाली राजदूताबासमा वैदेशिक रोजगार विभागले क्षतिपूर्तिका लागि सिफारिस गर्ने भएको छ । कतारस्थित नेपाली राजदूताबासले मर्करी मिना इलेक्ट्रोनिक्स कम्पनीबाट काम गरी बिनातलब सन् २०१७ मा फर्किएका भनी ३३ जना कामदाहरूको नाममा पठाएकाले नाम छुटेका मर्करी मिनापीडितकोे पहिचान गरी प्रमाणसाथ दूताबासलाई तलब सुविधा उपलब्ध गराइदिन सिफासरस गर्ने विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले बताए । विभागले २० माघमा सूचना जारी गर्दै तत्कालीन अवस्थामा सेवा सुविधाबाट बञ्चित ३३ जना कामदाहरूलाई ७ दिनभित्र काठमाडौंको बुद्धनगरस्थित विभाग वा विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीस्थित श्रम, तथा रोजगार कार्यालयहरूमार्फत सम्पर्क गर्न आग्रह गरेको थियो । सूचना पाउनेबित्तिकै नवलपरासीका सञ्जय चौधरीले प्रभाव दैनिकलाई आफू र आफ्नो सालो वैद्यनाथ चौधरी पनि मर्करी मिना कम्पनीबाट बिनातलब फर्किएको तर क्षतिपूर्ति रकम पाउनेमा आफूहरूको नाम समावेश नभएको भनी सम्पूर्ण प्रमाणहरू देखाएका थिए । सम्पूर्ण प्रमाण निर्देशक ज्ञवलीलाई देखाउँदा कतारस्थित नेपाली दूताबासले मर्करी मिना इलेक्ट्रोनिक्स कम्पनीबाट काम गरी बिनातलब सन् २०१७ मा फर्किएका भनी ३३ जना कामदाहरूको नाम लिस्ट मात्र पठाएकाले उनीहरूको नाम नरहेको र अब उनीहरूको प्रमाणसाथ दूताबासलाई तलब सुविधा उपलब्ध गराइदिन पत्रचार गर्ने उनले बताए । अप्रिल २०१७ देखि अप्रिल २०१८ सम्म एम्नेस्टी इन्टरनेसनलले कतारमा त्यस्तै अप्ठ्यारो भोगेका मर्करी मिनामा ७८ जना रहेको एक प्रतिवेदन नै तयार गरेको थियो । तीमध्ये ५४ जना नेपाली थिए भने १५ जना भारत र ५ जना फिलिपिन्सबाट गएकाहरू थिए । केही मर्करी मिनामा वर्षौँ काम गरेकाहरू थिए तर अधिकांश चाहिँ २०१५ देखि गएकाहरू थिए । मर्करी मिना कम्पनी मर्करी मिना मेकानिकल, इन्जिनियरिङ र प्लम्बिङको एक विशेषज्ञ ठेकेदार कम्पनी हो, जो मध्यपूर्व र उत्तर अफ्रिकाका विभिन्न देशमा कार्यरत रहेको छ । यसलाई पहिला मर्करी मिडिल इस्टको नामले चिनिने गरिन्थ्यो, जुन आइरिस कम्पनी मर्करी इन्जिनियरिङको सहायक (सब्सिडायरी) को रूपमा रहेको थियो । मर्करी मिडिल इस्ट कतारको २०२२ विश्वकपको मुख्य केन्द्रबिन्दुमा रहेको थियो, जसले ५ सय सिटको वातानुकूलित प्रविधिसहितको (स्टेट अफ द आर्ट कुलिङ) सोकेस रंगशाला निर्माणमा प्रमुख भूमिका निर्वाह गरेको थियो । २०१० डिसेम्बरमा कतारले गरेको प्रस्तुतिमा उक्त सोकेस रंगशालाको अवधारणा समावेश गरेका कारणले नै कतारलाई फिफा विश्वकप आयोजना गर्ने अवसर दिलाएको थियो । २०१३ मा मर्करी मिडल इस्टको पुनर्संरचनापश्चात् यसलाई मर्करी मिना भनी नाम परिवर्तन गरियो र अर्को एउटा क्षेत्रीय निर्माण कम्पनी इरिनाटेकका प्रमुख कार्यकारी अधिकृत मर्करी मिनाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनेका थिए । मर्करी मिनाको क्रियाकलाप कतारी कानुनको पनि खिलाफमा रहेका एम्नेस्टी इन्टरनेसनलले जनाएको थियो । कतारको स्पोन्सरसिप कानुनमा ठूला समस्याहरू भए पनि त्यहाको कानुनले श्रमिकहरूलाई केही संरक्षण भने प्रदान गर्दछ । उदाहरणका लागि कतारको श्रम कानुन २००४ को दफा ६६, जसलाई २०१५ को कानुन नं. १ को दफा ६६ ले प्रतिस्थापन गरेको थियो, अनुसार रोजगारदाताले श्रमिकहरूलाई समयमै भुक्तानीहरू दिनु पर्दछ । त्यस्तै स्पन्सरसीप कानुन २००९ को दफा ९ र त्यसको प्रतिस्थापन गर्ने कानुन (२०१५ को कानुन नं.२१) अनुसार रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकहरूलाई परिचयात्मक कागजात उपलब्ध गराउनु पर्ने दायित्व तोकेको छ । निरन्तर रूपमा श्रमिकलाई तलब भुक्तानी नदिनु, उनीहरूलाई उपलब्ध गराउनु पर्ने कानुनी कागजात उपलब्ध नगराउनु र कतिपय घटनाहरूमा श्रमिकहरूलाई काम परिवर्तन गर्न वा कतारबाट बाहिरिन प्रतिबन्धसमेत लगाएको कारणले गर्दा मर्करी मिनाले मानव अधिकारको सम्मान नगरेको एम्नेस्टी इन्टरनेसनले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०५:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP