काठमाडाैं -वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिने भन्दै तीस लाख रुपैयाँ ठगी गरेकाे अभियाेगमा एक व्यक्ति पक्राउ परेका छन् ।
चितवन जिल्लाकाे भरतपुर म.न.पा. वडा नं. ०४ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ०१ लाजिम्पाट स्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक २७ वर्षीय सञ्जय रेग्मीले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिने भन्दै अमृता गुरुङबाट तीस लाख रुपैयाँ ठगी गरेकाे अभियाेगमा पक्राउ परेका हुन् ।
अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भनी मासिक रु. ३,००,०००/- भन्दा बढी तलब हुने विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३०,००,०००/- (अक्षरुपी तीस लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भएकाेले उजुरीमा पक्राउ परेका हुन् ।
वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेकाेलेखटिएको विशेष प्रहरी टोलीले निज सञ्जय श्रेष्ठको खोजतलास गर्ने क्रममा आइतबार का.जि.का.म.न.पा. वडा नं. १ दरबारमार्गबाट पक्राउ गरेकाे जनाइएकाे हाे । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १६:१३