काठमाडौं - काठमाडौंमा एक नर्स झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । शनिबार राति बोहराटारस्थित डा. सुजन ढकालको घरमा ३४ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ।
वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी श्रेष्ठ शनिबार डा.ढकालको घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । डा.ढकाल कान्तिबाल अस्पतालमा कार्यरत छन् ।
मृत फेला परेपछि सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ । सुजन पछिल्लो केही समययता घरमा आउने गरेका थिएनन् । अनुमा र डा.सुजन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १४:०३