Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेशमा धमाधम ढल्दै एमाले सरकार , चेपुवामा कोशी सरकार
प्रदेशमा धमाधम ढल्दै एमाले सरकार , चेपुवामा कोशी सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १५, २०८०
Congresss Mukhyamantri copy
RBB RBB
काठमाडौं– पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर अधिकांश प्रदेश सरकार कब्जामा लिन सफल भएको थियो– नेकपा एमाले । निर्वाचनमा दोस्रो दल बन्दा पनि चुनावी गठबन्धनलाई फुटाएर एमालेले लाभैलाभ लियो । तर, प्रधानमन्त्री दाहाललाई हरेक निर्णयमा अँठ्याउन खोज्दा ओलीले धमाधम उपलब्धि गुमाउन थालेका छन् । पहिलोपटक विश्वासको मत माग्दा कांग्रेसले दाहाललाई सघाए । त्यतिबेला सशंकित एमाले अध्यक्ष ओलीले कांग्रेसलाई ढोक्सा नथाप्न चेतावनी दिएका थिए । ओलीले त्यतिमात्र हैन, ढोक्सामा केही नपर्ने ठोकुवासमेत गरे । तर, कांग्रेसले थापेको ढोक्सामा राष्ट्रपति प¥यो । उपराष्ट्रपति पाउने भएपछि जनता समाजवादी पार्टी पनि ढुक्कैले पुरानै गठबन्धनमा फर्कियो ।
- पुस १० गते सबै गुमाएको कांग्रेसको पोल्टामा संघीय सरकारमा गठबन्धन फेरबदलसँगै तीन मुख्यमन्त्री - कर्णाली र बागमती सरकारमा माओवादी नेतृत्व रहँदा मधेसमा जसपाको निरन्तरता - नामकरणसँगै आन्दोलन भड्किएपछि कोशीमा भने गठबन्धन तत्कालै सरकार भत्काउने पक्षबाट ‘ब्याक’
त्यसपछि चिढिए एमाले अध्यक्ष ओली । यसअघि नै आफ्नो सहयात्री दल राप्रपाले सरकार छाडिसकेको थियो । दाहालले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउनुअघि नै एमाले सरकारबाट बाहिरियो । चैत ६ गते दाहालले प्रधानमन्त्रीमा दोस्रोपटक विश्वासको मत पाए । एमाले दाहालको विपक्षमा उभियो । योसँगै प्रदेशमा पनि एमालेले एकपछि अर्को सरकार गुमाउँदै गयो । बिहीबारमात्र एमालेको हातमा रहेको गण्डकी र लुम्बिनीको नेतृत्व कांग्रेसले खोसेको छ । पहिलो सिकार सुदूरपश्चिम संघमाझैं एमाले र माओवादीसहित अरु दल मिलेर एमाले नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए यहाँ । रावल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए ।संघको सत्ता फेरबदल भएसँगै सुदूरपश्चिम पहिलो सिकार भयो । माओवादी सरकारबाट बाहिरियो । त्यसपछि माघ २६ गते कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए । शाह संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन् । कर्णालीमा माओवादीकै नेतृत्व कर्णालीमा एमालेको समर्थनमा पुस २७ गते माओवादीका राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संघीय सत्तामा फेरबदल आएसँगै चैत २६ गते एमालेले सरकार छाड्यो । यहाँ एमाले–माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा शर्मा मुख्यमन्त्री बनेका थिए । एमाले सरकारबाट बाहिरिएसँगै वैशाख ७ मा कांग्रेस सरकारमा गयो । वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसी मन्त्री बने । सिंह आर्थिक मामिला तथा योजना, पोखरेल सामाजिक विकास र बिसी वन तथा वातावरण मन्त्रीमा नियुक्त भए । लुम्बिनीमा कांग्रेसको नेतृत्व आफू अल्पमतमा परेको एक महिनापछि मात्र लिला गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । माओवादीको समर्थनमा गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संघको फेरबदलपछि चैत १२ गते माओवादीले सरकार छाड्यो । त्यही दिन कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्वमा दाबी गरेका थिए । तर, एक महिनासम्म गिरी चुप लागे र वैशाख ११ गतेमात्र विश्वासको मत मागे । गिरीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको गठनका लागि आह्वान गरे । कांग्रेसका चौधरीले संविधानको धारा १६८ को २ बमोजिम सरकारमा दाबी गर्दा एमालेका गिरीले धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा दाबी गरे । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।चौधरीलाई आठ राजनीतिक दल र स्वतन्त्रसहित ५३ सदस्यको समर्थन रहेको छ । गण्डकीमा पनि कांग्रेसकै नेतृत्व संघीय सरकारमा ‘कमब्याक’ गरेसँग कांग्रेसले प्रदेश विस्तारै आफ्नो कब्जामा लिन थालेको हो । लुम्बिनीमा बिहीबार चौधरी मुख्यमन्त्री हुनुभन्दा केही समय अघिमात्र गण्डकीमा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त भए । यहाँ माओवादीको सहयोगमा गत पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा बनेका थिए । चैत १० गते माओवादी केन्द्रले सरकार छाडेपछि अधिकारी अल्पमतमा परेका थिए । पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री बनेका हुन् । गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र स्वतन्त्र एक प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । बागमतीमा माओवादीकै नेतृत्व एमाले, राप्रपाको सहयोगमा गत पुस २५ गते यहाँ माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री भए । चैत १० गते एमालेले सरकार छाडेसँगै सरकार अल्पमतमा प¥यो । यसअघि राप्रपाले पनि सरकार छाडिसकेको थियो । विश्वासको मत लिँदा कांग्रेसको समर्थन पाएर जम्कट्टेलको सत्ता जोगियो । चैत २६ गते बागमतीमा नेपाली कांग्रेसबाट दुई मन्त्री नियुक्त भए । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री बन्दा तिर्थबहादुर लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीमा नियुक्त भए । मधेसमा जसपाको सरकार मधेस प्रदेशमा जनता समाजवादी पार्टीका सरोजराज यादव मुख्यमन्त्री छन् । एमालेको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।मधेस प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ । उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए । मधेसमा एमालेले चैत २१ गते सरकार छाड्यो । जसपा सत्ता गठबन्धनमै रहेकोले एमालेले छाडेका मन्त्रालयको जिम्मेवारी अहिले मुख्यमन्त्री यादवले सम्हालेका छन् । कोशीमा कांग्रेस ‘पर्ख र हेर’को नीतिमा कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्की मुख्यमन्त्री छन् । माओवादीको समर्थनमा पुस २४ गते कार्की कोशीको मुख्यमन्त्री बनेका हुन् । कोशीमा एमालेका ४०, माओवादीका १३, राप्रपाका छ र जसपाका एक सांसद छन् । कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । संघीय सत्तामा फेरबदल भए पनि यहाँ माओवादीले सरकार छाड्न अलमल गरिरहेको छ । कोशी प्रदेशसभा ९३ सदस्यीय छ । सरकार गठन गर्न ४७ सांसदको मत चाहिन्छ । सबैभन्दा ठूले दल एमालेका ४० जना सांसद छन् । राप्रपाको साथ पाउँदासम्म एमालेतर्फ ४६ सांसद हुन्छन् ।कोशीमा कांग्रेसका २९ सांसद छन् । सभामुखसहित माओवादी केन्द्रमा १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । सरकार गठन गर्न चाहिने ४७ सांसद गठबन्धनसँग छ ।यद्यपि फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै यहाँ आन्दोलनको राँको दन्किएको छ । यसैले सत्ता गठबन्धन सरकार फेर्ने पक्षमा देखिँदैन । ठूलो दल कांग्रेस यतिबेला ‘पर्ख’ र ‘हेर’को नीतिमा देखिन्छ । नामकरणका कारण कोशीमा विषम परिस्थिति रहेकोले अहिले नै सरकारमा जान नहुने कांग्रेसको विश्लेषण रहेको नेताहरु बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP