Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘प्रमाणमा आधारित जलवायु कूटनीतिलाई अघि बढाउनुपर्छ’
‘प्रमाणमा आधारित जलवायु कूटनीतिलाई अघि बढाउनुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
शक्तिबहादुर बस्नेत
Hardik health
काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा ‘सगरमाथा राष्ट्रिय संवाद’ उद्देश्यअनुरूप सफल भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘सगरमाथा राष्ट्रिय संवाद’को समापन समारोहमा उनले कार्यक्रममा उठेका विषयवस्तु र विधिका दृष्टिले संवाद महत्वपूर्ण भएको बताए । उनले उक्त विषयवस्तुले आगामी दिनमा कसरी अघि बढ्ने सन्दर्भमा पनि दिशानिर्देश गर्ने उल्लेख गरेका छन् । जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका समुदाय नै बढी प्रभावित र प्रताडित भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले भने, ‘जलवायु परिवर्तनका असरसँग जुध्न यससम्बन्धी अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई हामीले अघि बढाउँदै आएका छौँ ।’ हरित अर्थतन्त्र र समुद्रमा आधारित अर्थतन्त्रलाई नेपालका नदी प्रणालीले जोड्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व तयारीका सन्दर्भमा राजधानीमा सो संवाद आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले ‘सगरमाथा संवाद’मा लैजानुपर्ने महत्वपूर्ण विषयवस्तु उठेको भन्दै नेपालले वातावरणका क्षेत्रमा सफलता प्राप्त गरेका उदाहरणीय कार्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्नुपर्ने सुझाव दिए । उनले कार्यक्रममा उठेका जलवायु परिवर्तन तथा वातावरणका क्षेत्रमा गर्नुपर्ने क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विविध विषयका बारेमा जानकारी गराउँदै नेपालले प्रमाणमा आधारित जलवायु कूटनीतिलाई अघि बढाउनुपर्ने उल्लेख गरे । परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद आयोजक समितिका सदस्य सचिव कुमारराज खरेलले राष्ट्रिय संवादमा समानान्तररूपमा चलेका विज्ञसम्मिलित चार सत्रमा उठेका विषयवस्तुलाई प्रतिवेदनका रूपमा तयार गरिने जानकारी गराएका छन् । राष्ट्रिय संवादको उद्घाटन बिहान उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । आगामी २० चैतदेखि २२ गतेसम्म काठमाडौंमा हुने ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP