Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘प्रमाणमा आधारित जलवायु कूटनीतिलाई अघि बढाउनुपर्छ’
‘प्रमाणमा आधारित जलवायु कूटनीतिलाई अघि बढाउनुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
शक्तिबहादुर बस्नेत
Hardik health
काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा ‘सगरमाथा राष्ट्रिय संवाद’ उद्देश्यअनुरूप सफल भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘सगरमाथा राष्ट्रिय संवाद’को समापन समारोहमा उनले कार्यक्रममा उठेका विषयवस्तु र विधिका दृष्टिले संवाद महत्वपूर्ण भएको बताए । उनले उक्त विषयवस्तुले आगामी दिनमा कसरी अघि बढ्ने सन्दर्भमा पनि दिशानिर्देश गर्ने उल्लेख गरेका छन् । जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका समुदाय नै बढी प्रभावित र प्रताडित भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले भने, ‘जलवायु परिवर्तनका असरसँग जुध्न यससम्बन्धी अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई हामीले अघि बढाउँदै आएका छौँ ।’ हरित अर्थतन्त्र र समुद्रमा आधारित अर्थतन्त्रलाई नेपालका नदी प्रणालीले जोड्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व तयारीका सन्दर्भमा राजधानीमा सो संवाद आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले ‘सगरमाथा संवाद’मा लैजानुपर्ने महत्वपूर्ण विषयवस्तु उठेको भन्दै नेपालले वातावरणका क्षेत्रमा सफलता प्राप्त गरेका उदाहरणीय कार्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्नुपर्ने सुझाव दिए । उनले कार्यक्रममा उठेका जलवायु परिवर्तन तथा वातावरणका क्षेत्रमा गर्नुपर्ने क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विविध विषयका बारेमा जानकारी गराउँदै नेपालले प्रमाणमा आधारित जलवायु कूटनीतिलाई अघि बढाउनुपर्ने उल्लेख गरे । परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद आयोजक समितिका सदस्य सचिव कुमारराज खरेलले राष्ट्रिय संवादमा समानान्तररूपमा चलेका विज्ञसम्मिलित चार सत्रमा उठेका विषयवस्तुलाई प्रतिवेदनका रूपमा तयार गरिने जानकारी गराएका छन् । राष्ट्रिय संवादको उद्घाटन बिहान उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । आगामी २० चैतदेखि २२ गतेसम्म काठमाडौंमा हुने ‘सगरमाथा संवाद’को मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP