Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान
आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
nepaluk
Hardik health
लण्डन -  ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका  छन् । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताए  । नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्न खोजीरहेको उनको भनाइ छ । उहाँले ब्रिटिस कम्पनीलाई नेपाली कम्पनीसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न पनि आग्रह गरेका छन्  । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पछिल्लो एक दशकभित्र सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउँदै कानुनी तथा भौतिक पूर्वाधार विकासका लागि नेपाल सरकारले काम गरिरहेको बताए । उहाँले ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रको आधार निर्माण गर्न तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउन नेपाल सरकारले विसं २०७६ मा डिजिटल नेपाल फ्रेमवर्क नीति पारित गरी कार्यान्वयन पनि गरिरहेको स्पष्ट पारे । सरकारले देशका विभिन्न क्षेत्रमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना बनाएको जनाउँदै सहसचिव दत्तले सूचना प्रविधिको विकासका लागि नीति नियम परिमार्जन गर्न पनि सरकार तयार रहेको बताए । नेपालमा लगानी प्रवद्र्धन गरिरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा काम गर्दा आफूहरुले सरकार र निजी क्षेत्रबाट पर्याप्त सहयोग पाएको बताए  । उहाँले नेपाली युवा दक्ष, मेहनती र मिलनसार रहेको भन्दै आफ्नो कम्पनीले जलविद्युत् र स्वास्थ्य क्षेत्रपछि अहिले सूचना प्रविधिमा पनि लगानी गर्न लागेको बताउनुभयो ।न ब्रिटिस कम्पनी, एमबीआइ एमबीओ लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी ब्रायन डफीले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउँदै नेपालीको इमान्दारिता र मेहनत गर्ने प्रवृत्तिबाट आफू प्रभावित भएको बताउनुभयो । उहाँले सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता दिन नेपाल सरकारलाई आग्रह पनि गर्नुभयो । बेलायतमा मुख्यालय भएको कम्पनी जेनिस सलुसनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले नेपालका विश्वविद्यालय तथा कलेजबाट बर्सेनि झन्डै ७० हजार युवाले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बद्ध विषयमा स्नातक गरिरहेको बताउनुभयो । उहाँले नेपालीले नेपालमै बसेर विश्वका प्रमुख कम्पनीका लागि काम गरिरहेको बताउँदै नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्न नेपाल सरकारले नीतिगत तथा कार्यक्रम ल्याएर काम गर्नुपर्ने सुझाव दिनुभयो । “अमेरिका वा युरोपेली मुलुकको तुलनामा नेपालमा जनशक्ति सस्तो तर दक्ष छ, नेपालमा कानुनी तथा पूर्वाधारको ढाँचा बनिसकेको छ र समय (टाइम जोन)को पनि लाभ छ”, उहाँले भन्नुभयो, “त्यसैले नेपालमा अवसर छन् तर तिनलाई व्यवहारमा उतार्न नेपाल सरकारले क्लाउड फस्ट नीति अपनाउनुपर्छ, वैदेशिक लगानीका लागि न्यूनतम सीमा घटाउनुपर्छ, सूचना प्रविधि शिक्षालाई प्रवद्र्धन गर्नुपर्छ र नेपालमा आएर काम गर्न चाहने दक्ष विदेशी जनशक्तिका लागि सरल भिसा प्रणाली अपनाउनुपर्छ ।” ---
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP