Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन १२ अर्ब लाग्ने
धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन १२ अर्ब लाग्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
photo dhangadhi
Hardik health
धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना निमार्ण गरेको बताएका छन् । शनिबार आयोजना गरेको धनगढी विमानस्थलको गरुयोजना प्रस्तुतीकरण कार्यक्रममा मन्त्री भट्टराईले बताएका हुन् । ‘विमानहरू अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ’ मन्त्री भट्टराईले भने, ‘अनुमति पाएपछि भिसा लगाउने विभागको कार्यालय, भन्सार कार्यालय र क्वारेन्टाइन कार्यालय राखेर अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ । तर २० वर्षसम्म यात्रुको चाप र आवश्यकता अनुसार विमानस्थल विस्तार गर्ने लक्ष्य मन्त्रालयले लिएको बताए । उनले सुदूरपश्चिममा रहेका सबै ११ वटै विमानस्थललाई समेत सञ्चालन गर्ने योजना रहेको पनि बताए । उनले धनगढी विमानस्थलबाट ती विमानस्थलहरूमा उडान गर्नका लागि समेत मन्त्रालयले तयारी गरिरहेको बताए । उनले तत्काललाई कैलालीको टीकापुर र कञ्चनपुरको मजगाउँ विमानस्थललाई सञ्चालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए । उनले ती दुई विमानस्थलबाट काठमाडौंको रूपमा उडान गर्न सकिने सम्भावना रहेको बताए । अछामको कमल बजार र साँझेबगर विमानस्थललाई समेत छिट्टै सञ्चालन गरिने जानकारी पनि दिए । पहाडी जिल्लामा रहेका कतिपय विमानस्थलहरू कालोपत्रे भइसकेर परीक्षण उडान पनि भइसकेकाले त्यसलाई धनगढी र काठमाडौंको उडानका लागि तयार गरिरहेको उनले बताए । सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्ष नकुर्ने बताउँदै प्रदेश सरकार समेत सो योजनामा लगानी गर्न तयार रहेको बताइन् । ‘संघीय सरकारले हरेक प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको बेला सुदूरपश्चिममा मात्रै २० वर्ष किन कुर्नुपर्ने ?’ उनले प्रश्न गर्दै भनिन्, ‘धनगढी विमानस्थललाई यसै सरकारले अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्छ ।’ गुरुयोजना अनुसार धनगढी विमानस्थलाई विस्तार गर्न अझै दुई सय २७ विघा जमीन अधिग्रहण गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजु पोखरेलले बताए । अहिले धनगढी विमानस्थलसँग ७० विघा जमीन मात्रै भएको बताए । उनले एक हजार आठ यस मिटर लामो धावनमार्गलाई तीन हजार बनाउने र ४४सि तथा ७३७३ विमान समेत अवतरण तथा उडान भर्न सक्ने गरी धनगढी विमानस्थललाई विस्तार गर्ने गुरुयोजना बनेको बताए । तीन चरणमा धनगढी विमानस्थललाई विस्तार गर्ने गुरुयोजना तयार गरिएको छ । भएको रनवेलाई विस्तार गर्ने, दुई हजार पाँच सय ५० मिटर लम्बाई र ४५ मिटर चौडाई भएको नयाँ रनवे, चार ल्यानको एक्सेस रोड, नयाँ टर्मिनल भवन, इन्टरल सर्भिस रोड, जहाज पार्किङ, पब्लिक डाइभर्सन रोड, स्टाफ होस्टेल बनाउने, कन्ट्रोल टावर, कार्गो कम्प्लेक्स, रिमोट एयर क्राफ्ट पार्किङ, पाँच सय गाडी अटाउने पार्किङ, विमानस्थलको पेरीफेरीमा ७ किलोमिटर रोड बनाउने लगायतका योजना गुरुयोजनामा उल्लेख छ । मन्त्रालयले शनिबार धनगढीमा गुरुयोजना कार्यान्वयन गर्न १२ अर्ब १४ करोड रूपैयाँको खर्च हुने जनाएको छ । मन्त्रालयले सो गुरुयोजना कार्यान्वयनका लागि प्रदेशका सरोकारवालाहरूसँग सुझाव समेत संकलन गरेको छ । उनीहरूले २० वर्ष धेरै लामो अवधि हुने भन्दै गुरुयोजना अनुसारका काम १०÷१५ वर्षमै गर्नुपर्ने माग गरेका छन् । उनीहरूले पछि जमीनको मुल्य बढ्ने बताउँदै तत्कालै अधिग्रहण गर्नुपर्ने एरिया छुट्याएर अधिग्रहण गर्न सुझाव दिएका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी, धनगढी र गोदावरी नगरपालिकाका मेयरहरू, उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतले मन्त्रालयलाई धनगढी विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन ढिलो नगर्न सुझाव दिएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP