तनहुँ - वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोड्फोड् भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ, ठूलिआमाका छोरा अञ्जित अर्यालले बताएका हुन् ।
अर्याल उम्मेदवार वाग्लेकाहुन् । उनले चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई तनहुँ ल्याएका थिए । अर्यालले निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आएका थिए ।
होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भएको छ । कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले बताए ।
इन्स्पेक्टर विकका अनुसार कारवाग्लेकी आमा दीलकमारी खनालको नाममा रहेकाे छ । घटनाको बारेमा अनुसन्धान भइरहेको इस्पेक्टर प्रहरीले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १०:१८