Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सगरमाथा आरोही पासाङल्हामुको जीवनीमा आधारित फिल्म प्रदर्शन हुँदै
सगरमाथा आरोही पासाङल्हामुको जीवनीमा आधारित फिल्म प्रदर्शन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ७, २०८०
pasang
Hardik health
काठमाडौं- राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ यही वैशाख १० गतेदेखि हलमा प्रदर्शनी हुने भएको छ । उक्त फिल्मको आज ‘प्रिमियर सो’ सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलमा फिल्म प्रदर्शन हुने पासाङल्हामु फाउन्डेशनले जानकारी दिएको छ । सगरमाथा आरोही पासाङल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर फिल्म तयार पारेको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिए। बहत्तर मिनेट फिचर रहेको फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन् । सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको यस फिल्म ३०औँ पासाङल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको फाउन्डेशनले जनाएको छ । फाउन्डेशनले सिभिलमलको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत उच्च व्यक्तित्वको उपस्थितिमा नेपालमा पहिलो पटक फिल्मको प्रिमियर गरेको छ । सो अवसरमा सभामुख घिमिरेले नेपाली साहसिक प्रथम महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको जीवन सङ्घर्ष र सफलताको उचाइलाई नजिकबाट नियाल्न र समाजमा प्रेरणा जगाएन फिल्म उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “फिल्ममार्फत नेपालीले नेपालमा गरिरहेका सङ्घर्ष, तत्कालीन (३० वर्षअघिको) समाजमा महिलाले गरेको सङ्घर्ष र उपलब्धिले सबैलाई प्रेरणा दिएको छ । पासाङल्हामुले जीवन गुमाए पनि महिलामा साहसिक सन्देश दिएर नेपालको पहिचानलाई विश्वभर फैलाउनुभएको छ ।” फिल्मले पासाङ ल्हामु शेर्पाको दुःखद् र प्रेरणादायी यात्राको वर्णन गर्दछ । नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रूपान्तरणको सन्देश फिल्मले दिएको छ । पटकपटक सगरमाथा आरोहणको दृढ प्रयास गर्नु र बाधा अवरोधलाई जितेर सफलता प्राप्त गर्नु नै फिल्मको मुख्य सन्देश बनेको छ । यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिभल र अन्य प्रतिष्ठित फेस्टिभलसहित १४ वटा पुरस्कारसमेत जितिसकेको छ । पासाङल्हामु जस्ता साहसी महिलाबाट सपना बुन्नसक्ने, सफलता प्राप्त गर्न बाधा सामना गर्न सक्नु नै महिलाको एउटा उदाहरणीय साहस फिल्ममा देखाइएको छ । विद्यार्थी, अभिभावक र ज्येष्ठ नागरिकसम्म जनचेतना पुग्ने लक्ष्यले फिल्म प्रदर्शन क्युएफएक्समा मात्र नभएर लुक्ला, नाम्चेलगायतका सातै प्रदेशका मुख्यमुख्य सहरमा प्रदर्शन गर्ने फाउन्डेशनले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP