Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • माघको बिहानीमा वाग्मती सफा गर्दै बालबालिका
माघको बिहानीमा वाग्मती सफा गर्दै बालबालिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
Hardik health
काठमाडौं– माघ महिनाको कठ्यांग्र्रिने चिसोमा बिहान सात बजे नै साना बालबालिका वाग्मती सफाइका लागि नदी किनारमा उत्रन्छन् । ‘अघिल्लो पुस्ताले छाडेर गएको दुर्गन्ध हामी सफा गर्छौँ’ भन्ने प्रतिबद्धता लिएका गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित चाल्र्स डार्विन एकेडेमीका विद्यार्थी परिवर्तनको सुरुआत आफैँबाट गर्ने अभियानमा जुटेका हुन् । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३१३औँ हप्तासम्म वाग्मतीमा फोहर फाल्ने क्रम नरोकिएपछि माथिल्लो भेगको वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गतहप्तादेखि स्थानीय विद्यार्थीको सहभागितामा अभियान शुरु गरेको हो । जसअन्तर्गत नदी किनारमा विद्यार्थीलाई वाग्मती सफाइको महत्व र आवश्यक्ताका बारेमा जानकारी गराइन्छ । उनीहरूलाई सफाइ संस्कृतिका बारेमा समुदायमा चेतना जगाउन तयार बनाइन्छ । सफाइमा सक्रिय विद्यार्थी डोल्मा लामा सबैले आफूले गरेको फोहर नदीमा नआउने व्यवस्था मिलाउन घर घरमा सन्देश प्रवाह गर्ने बताउँछिन् । अभियानको प्रारम्भमा गोकर्णेश्वर नगरपालिका–६ का अध्यक्ष रमेश अर्यालले नदी सफाइमा नगरपालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने जानकारी गराउँदै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मञ्चका अध्यक्ष उत्तम पुडासैनीले विद्यार्थीलाई सफाइ अभियानको आवश्यक्ताका बारेमा जानकारी गराए । विद्यालयका प्रधानाध्यापक युवराज काफ्लेले सफाइ अभियानमा विद्यालयका तर्फबाट निरन्तर सहभागिताका लागि प्रतिबद्धता जनाएका थिए । शनिबारको सफाइमा विद्यार्थी १२० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सफाइ जोरपाटीस्थित बठ बाटिका वरपरको नदी किनारमा केन्द्रित गरिएको थियो । सफाइका क्रममा कुहिने फोहरलाई खाडल खनेर गाडिएको छ । नकुहिने फोहर भने नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ । मञ्च मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको छ । वाग्मती सफाइ महाअभियानको ३५२औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा १६ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिइन् । सफाइमा महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको सक्रियता थियो । ३५०औँ हप्ताको कार्यक्रमदेखि नै यस क्षेत्रको सफाइको जिम्मेवारी वडा नं ११ लाई दिइएको थियो । रुद्रमती सफाइको २०५औँ हप्तामा रातोपुलबाट कालोपुल क्षेत्रमा सफाइ गरियो । सफाइमा पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले सफाइ अभियान शुरु भएको छ वर्षका अवसरमा फागुन ३ गते आयोजना गर्न लागिएको विशेष कार्यक्रमले अभियानमा योगदान गर्ने बताएका छन् । छ वर्ष पूरा भएको अवसरमा आयोजना गरिने कार्यक्रममा नयाँ तरिकाले अभियानलाई लैजाने विषयमा समेत केही घोषणा गर्ने तयारी भइरहेको अभियानकर्मी रोहित गिरीले जानकारी दिएका छन् । विष्णुमती सफाइ अभियानको २७९ औँ हप्तामा तारकेश्वर नगरपालिका–६ अष्टमान चोकमा जागरणमूलक सफाइ गरिएको संयोजक शोभाकान्त पाण्डेले सुनाए । मनोहरा सफाइ अभियानको १५१औँ हप्तामा काठमाडौं महानगरपालिका वडा नं.३२ स्थित बालकुमारी पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दंगालले जानकारी दिए । चक्रपथ पश्चिम क्षेत्र सफाइको १३२औँ हप्तामा सीतापाइला चोकबाट सोल्टीदोबाटोसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ विस्तारका क्रममा केही हप्ताको कार्यक्रम भित्री सडकमा केन्द्रित गरिएकामा शनिबार मूल सडकमा फिर्ता भएको अभियानकर्मी ताराबहादुर कुँवरले बताए । महिला तथा बालबालिकाको सहभागितामा शुरु भएको गोदावरी खोला सफाइको ४९औँ हप्तामा लुभु सातथली र चारघरे क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा सङ्कलन भएको फोहर व्यवस्थापनमा नेप्को नेपाल हरिसिद्धिले सहयोग गरेको अभियानकर्मी बेबी थापाले जानकारी दिएका छन् । यसैगरी उपत्यकाका वाग्मतीको तिलगङ्गा र सुन्दरीघाटलगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ अभियानको प्रेरणाले हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । रासस
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP