Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • गरिमा धान पीडित किसानले पाएनन् क्षतिपूर्ति
गरिमा धान पीडित किसानले पाएनन् क्षतिपूर्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २३, २०७६
kishan 1
Hardik health
धनगढी – कैलाली र कञ्चनपुरका २ हजार ३ सय ६५ जना गरिमा धान पिडित किसान रहेका छन् । कैलालीमा १ हजार ९ सय ८६ र कञ्चनपुरमा ३ सय ७९ जना किसानहरू गरिमा धानको मारमा परेका छन् । कैलालीमा गरिमा धानको विउ ८ हजार ६ सय ७३ केजी र कन्ञचनपुरमा १ हजार ३ सय ३९ केजी गरी जम्मा १० हजार १२ केजी विउ किसानहरूले प्रयोग गरेको तथ्यांकमा उल्लेख छ । ढाकीयको क्षेत्रफल १ विगाहा २६ कठ्ठा रहेको छ भने, अनुमानित उत्पादन ३ हजार २ सय ४७ मेट्रिकटन रहेको छ । नेपाल सरकारले गरिमा धान पिडित किसानलाई क्षतिपुर्ति दिने घोषणा गरे पनि करिव ६ महिना वितिसक्दा पनि किसानहरूले अझै पनि क्षतिपुर्ति पाउन सकेका छैनन् । क्षतिपुर्तिको माग राख्दै गरिमा धान पिडित किसानहरू आन्दोलित बन्न पुगेका छन् । समयमै क्षतिपुर्ति नदिएको भन्दै गरिमा धान पिडित आन्दोलनमा आएको किसान गौरीगंगा नगरपालिका–९ का मणिरत्न कँडेलले बताए । सबैधन्दा बढी क्षती गौरीगंगा नगरपालिकामा भएको छ । कैलाली र कञ्चनपुरका किसानहरू गरिमा धानको चपेटामा परेका छन् । विगतका केही वर्ष यो धान फले पनि यस वर्ष गरिमा धान फल्न सकेन । किसानहरूले नक्कली गरिमा धानको विउ दिएको र किसानलाई ठगेको बताएका छन् । कैलालीको गौरीगंगा नगरपालिका–९, मसुरियाका किसान चौधरीको १२ जनाको परिवार छ । उनले ३६ हजारको धान किनेका छन् । पछिल्ला चार वर्ष गरिमा धान राम्रै फलेपछि यस वर्ष ढाई बिघा जमिनमा सोही धान लगाए । तर यो वर्ष धानै फल्न सकेन् । ‘अघिल्ला वर्षहरूमा रामै्र उत्पादन हुनेमा दुक्क थिए, भरथरीले आँखाबाट आशु झार्दै भने, ‘यो वर्ष पनि रामै्र फल्नेमा आशाबादी थिएँ, उनले फेरी पुरै ढाई विघा जमिनमा गरिमा धान लगाए, तर यो फलेन । पहिले यो धान राम्रो फलेको थियो, मैलै २० कुन्टल धान बेचेको छु तर अहिले किन्दा उनलाई निकै समस्या भएको बताए । गरिमा धानले घर न घाटको बनायो’ उनले भने । गौरिगंगा नगरपालिका–७ कैलासपुर का किसान तुलाराम जोगीको पिडा पनि उस्तै रहेको छ । उनले पनि यस वर्ष ३६ कठ्ठा जमिनमा गरीमा र सिन्दुरी धान लगाए । ‘धानमा बाला लाग्ला भन्ने आशा नै थियो’ उनले भने, ‘पहिले १४ कट्टामा लगाएका गरिमा धान राम्रो फलेको थियो, यस बर्ष भने रुवायो, यो गरिमा पनि होइन सिन्दुरी पनि होइन यो नक्कली गरिमा हो’ उनले कैलालपुरमा अनुमानित ८ विगाहमा जमिनमा गरिमा धान लगाएको बताएका थिए । गौरीगंगा नगरपालिका–११ किसान चौकीदार चौधरी दुई विगाहा जमिनमा गरिमा धान लगाए । उनले खेत मै आगो लगाई दिए । उनको ७ जनाको परिवार छ । उनको ७ कठ्ठा जमिन मात्रै थियो तर उनले अधियाँमा धान लगाए । अहिले परिवार पाल्न निकै समस्या छ । बैंकबाट ऋण निकालेर ३६ हजारको धान किने तर हाल व्याज तिर्न धैरै समस्या रहेको उनले बताए । सरकारले गरिमा धान नफले पछी क्षतीपुर्ति दिने घोषणा गरेको थियो । घोषणा गरेको झन्डै ६ महिना पुगेछ किसानहरूले अझै पनि क्षतीपुर्ति पाउन सकेका छैनन् । गौरीगंगा नगरपालिका–११ किसान सविता चौधरीले पनि यस वर्ष १ विगाहा जमिनमा गरिमा धान लगाइन् । उनको पनि फलेन । गरिमा र सिन्दुरी जातको धान कतै पनि फलेन । उनले मसुरिया बजारबाट साढे सात सय रुपियाँ किलो गरिमा धानको विउ किनिन् र उनले पनि गरिमा धान लगाइन्, तर फल्न सकेन । उनले भनीन्, ‘२५ हजारमा १२ कुन्टल धान किनेको छ, तर अहिले घर धान्न धैरै समस्या रहेको बताइन् । गरिमा धान पिडित किसानले बुझाए ज्ञापन पत्र गरिमा धान पिडित किसानहरूले बुधवार प्रदेश सरकारको भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री विनितादेबी चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री कार्यालयलाई पनि बुझाएका छन् । पिडित किसानहरूले सरकारले किसानलाई समयमै क्षतीपुर्ति नदिएको भन्दै किसानहरूले छिटो भन्दा छिटो क्षतीपुर्ति दिन माग गरेका छन् । तत्काल क्षतीपुर्ति नदिए कडा आन्दोलनमा जाने ज्ञापन पत्रमार्फत चेतावनी दिएका छन् । विउ कम्पनीलाई कारर्वाही हुन्छः मन्त्री चौधरी भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री विनितादेबी चौधरीले किसानका माग छिटै पुरा गर्ने बताएकी छिन् । उनीले मन्त्रालयले डाटा संकलन गरी संघिय कृषिमन्त्रालयमा पठाई सकेकोले गरिमा धान पिडित किसानहरूले छिटै क्षतीपुर्ति पाउने बताएकी छन् । मन्त्रालयले गरिमाधान पिडीत किसानहरूको समस्या बुझेको छ । गरिमा धान तराईका सबै जिल्लामा यो समयमा रहेको बताउँदै संघिय मन्त्रालयसंग छलफल चलिरहेको बताइन् । ‘विउ बिक्री वितरण गर्ने कम्पनीलाई कारर्वाही हुन्छ’, उनले बताइन् ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP