Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार बोर्डले सुरु गर्‍याे पुनः एकीकरण कार्यक्रम
वैदेशिक रोजगार बोर्डले सुरु गर्‍याे पुनः एकीकरण कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २८, २०७९
bairo board
Hardik health
काठमाडाैं - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरूसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ ।वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकाहरूसँग लागत साझेदारी गर्दै पुनः एकीकरण कार्यक्रम सुरुवात गरेको बोर्डले जनाएको हाे  । बोर्डका निर्देशक रामा भट्टराईका अनुसार सातै प्रदेशका विभिन्न ८१ पालिकाहरूसँग कार्यक्रम सञ्चालनका लागि बोर्डले सम्झौता गरिसहेको छ । पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि बाग्मती प्रदेशका २१ वटा पालिकाले बोर्डसँग सम्झौता गरिसकेका छन् भने मधेश प्रदेशका १६ वटा पालिकाले यो कार्यक्रम गर्नका लागि बोर्डसँग सम्झौता गरेका छन् । यस्तै कोशी प्रदेशका १३ वटा, गण्डकी प्रदेशका १४ वटा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरी १८ वटा पालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दै छन् ।यो कार्यक्रमबाट वैदेशिक रोजगारीबाट फर्किएका तीन हजार जना युवा लाभान्वित हुने बोर्डका निर्देशक भट्टराईले जनाकारी दिएका हुन्  । पुनः एकीकरण कार्यक्रममा लागि वैदेशिक रोजगार बोर्डले यस चालु आर्थिक वर्षमा १५ करोड २५ लाख रुपैयाँ रकम छुट्टाएको छ । यही बजेट अनुसार कार्यक्रम गर्नका लागि बोर्डले सुरक्षित आप्रवासन सामी कार्यक्रम लागू भएका देशका ३९ जिल्लाका पालिकाहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । जसमध्ये पालिकाहरूले २४ हजार जनालाई यो कार्यक्रममा सहभागी गराउने गरी ४३ करोड रुपैयाँ रकम माग गरेका थिए । तर बोर्डले यो कार्यक्रम सञ्चालनका लागि छुट्टाएको रकम अनुसार पहिलो चरणमा निश्चित पालिकामार्फत थोरै सङ्ख्यामा यो कार्यक्रम लागू गरिएको बोर्डको भनाई छ । बोर्ड र पालिकासँग भएको सम्झौता अनुसार पालिकाले यो आर्थिक वर्षमा कति जनालाई पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने हो त्यस अनुसार बोर्डमार्फत रकम पाउनेछन् । ‘हामीले प्रस्ताव पेस गरेका पालिकाहरूलाई मापदण्डअनुसार ग्रेडिङ गरेर छनौट गरेका हौँ, जसअनुसार एउटा पालिकाले कम्तीमा आठ लाख रुपैयाँ र बढीमा यसको तीन गुणासम्म रकम पाउनुहुने छ’ बोर्डका निर्देशक भट्टराई भने ‘प्रतिव्यक्ति सरदर ४३ हजारका दरले हामी रकम उपलब्ध गराउँछौँ, यसबाट पालिकाले ८ हजार चाहिँ सीप तालिम विकासमा खर्च गर्न पर्ने छ भने ३५ हजार रुपैयाँ बिउँ पुँजीको रूपमा उपलब्ध गराउने छ ।’ पालिकाहरूले आफ्नो पालिकास्तरको आवश्यकता र चाहना अनुसार आफूले गर्ने कार्यक्रमसहित बोर्डमा प्रस्ताव पेस गरेका छन् । बोर्डबाट विनियोजन भएको रकममा धेरैजसो पालिकाले ५० प्रतिशत रकम थप गरेर कार्यक्रम सञ्चालन गर्ने सहमति भएको पनि बोर्डले जनाएको छ ।वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार बोर्डबाट फर्किएकाको लागि पहिलो पटक पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । यो कार्यक्रम सञ्चालनका लागि बोर्ड छुट्टै निर्देशिका नै ल्याएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP