Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विश्व
  • Home
  • विश्व
  • फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास शुरु
फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास शुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २८, २०७९
military
Hardik health
मनिला  -  कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले बृहत् संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशक यताकै सबैभन्दा बृहत् अभ्यास  भएकाे जनाइएकाे हो । संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने उक्त अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका तथा १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेको फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अष्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत दर्जनौँ देशले पर्यवेक्षकका रूपमा भाग लिएका छन् । ‘बालिकाटन २०२३’ उत्तरी लुजोन टापु, पलावान प्रान्त, बाटानेस टापु र जाम्बाालेस प्रान्तलगायत धेरै स्थानमा आयोजना हुनेछ । उक्त अभ्यास सामुद्रिक सुरक्षा, ‘साइबर डिफेन्स’, प्रतिआतङ्कवाद, मानवीय सहायता, प्रकोप व्यवस्थापन तथा उद्धारमा केन्द्रित हुनेछ । अभ्यासका क्रममा फिलिपिन्स र अमेरिकी सेनाले हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टमसहित अत्याधुनिक हतियार प्रणालीलाई पनि सक्रिय पार्नेछन् । यसैबीच, लिगअफ फिलिपिनो स्टुडेन्ट्सले उक्त अभ्यासको विरोध गरेको छ । सैन्य अभ्यास औपचारिक रूपमा प्रारम्भ हुनु केहीबेर अघि उक्त सङ्गठनका सदस्यले विरोधप्रदर्शन गरेका थिए । विरोधका क्रममा उनीहरूले फिलिपिन्स सरकारलाई अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्न माग पनि गरेका थिए । प्रदर्शनकारी सैन्य अभ्यासको निन्दा गरिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । साथै उनीहरूले फिलिपिन्सका नागरिकहरूलाई उक्त अभ्यासको विरोध गर्न आह्वान पनि गरेका थिए । केही प्रदर्शनकारीले यहाँस्थित अमेरिकी राजदूताबास बाहिर रहेको अमेरिकाको प्रतीक चिह्नमा रङले भरिएका औजारबाट प्रहार गरी प्रतीक चिह्नलाई विकृत पारेका थिए । अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए । यहाँस्थित विद्वत् वर्गको समूह एसियन सेन्चुरी फिलिपिन्स स्ट्राटेजिक स्टडीज इन्स्टिच्युटका उपाध्यक्ष अन्ना मालिन्डोग उयले वालिकाटन अभ्यासबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) क्षेत्र र विशाल एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता सृजना गर्ने टिप्पणी गरेका छन् । उनले अमेरिकालाई हतियारमा खर्च गर्नुको सट्टा यस क्षेत्रका देशलाई आर्थिक सहयोग गर्न सुझाएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकी-इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
अमेरिकी-इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम आइतबार, चैत ८, २०८२
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर आइतबार, चैत ८, २०८२
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी आइतबार, चैत ८, २०८२
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु आइतबार, चैत ८, २०८२
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा आइतबार, चैत ८, २०८२
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण आइतबार, चैत ८, २०८२
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP