काठमाडौं– धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.९३ अङ्कले घटेर २८५.९२ मा पुगेको छ ।
परिसूचक वृद्धि भए पनि कारोबार रकम एक अर्बमै सीमित भएको छ । कुल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर रु एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये आठ उपसमूहको शेयर उकालो लागेको छ । सबैभन्दा बढी होटल उपसमूहको शेयर ५३ अङ्कले बढेको छ । बैंकिङ ३.७७, व्यापार २८.०४, जीवन बीमा ३८.२६, वित्त ५.४, निर्जीवन बीमा २६.४८, अन्य ११.१३ र लघुवित्त ६.०२ अङ्कले बढेको छ ।
विकास बैंक २.२३, जलविद्युत् ६.१२, उत्पादन ११.०७ र सामूहिक लगानी कोषको शेयर ०.१३ मा घटेको छ । कारोबार रकमका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु १३ करोड ६ लाख १२ हजार १२९ मा खरिदबिक्री भयो ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशतले कमाए भने नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ६.२५ प्रतिशतले गुमाए ।