Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
समाचार
  • Home
  • समाचार
  • अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप
अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २४, २०७९
al masjid
जेरूसेलम -  इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ । इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा प्रहरीले स्टन ग्रेनेड र रबरको गोली प्रयोग गरेर उपासकहरूलाई तितरबितर पारेको थियो । प्यालेस्टिनीे सरकारी समाचार संस्था वाफाका अनुसार करिब २०० उपासकहरू रमजान रात तरावीहको प्रार्थना गरिरहेका बेला प्रहरीले परिसरमा आक्रमण गरेको थियो । इजराएली प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दर्जनौं कानून उल्लङ्घन गर्ने युवाहरूले दङ्गा भड्काउन मस्जिदभित्र अवरोध गर्ने प्रयास गरेका र ती युवाले मस्जिदको ढोका बन्द गर्ने प्रयास गरेपछि सुरक्षा फौज मस्जिदभित्र पसेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “कानून उल्लङ्घन गर्नेहरूले उक्साउन नारा लगाउने पटाका पड्काउने र घटनास्थलमा कार्यरत प्रहरी अधिकारीहरूमाथि बोतल, काठ, ढुङ्गा र इटाका टुक्राहरूले आक्रमण गरेपछि स्थिितिलाई नियनत्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो । इजरायली आक्रमणको मुस्लिम विश्व र संयुक्त राष्ट्रसङ्घबाट निन्दा भएको छ । हजारौं मुस्लिम धर्मावलम्बीले रमजानको पवित्र महिनालाई पहाडको टुप्पोमा रहेको मस्जिद परिसरमा प्रार्थना गरेर मनाउने संवेदनशील बिदाको समयमा हिंसा भड्किएको थियो । परिसरको तल, सयौं यहूदी तीर्थयात्रीहरूले निस्तार चाडको छुट्टी मनाउँदै पश्चिमी पर्खालमा प्रार्थना गर्छन् । मुस्लिमहरूको लागि तेस्रो पवित्र स्थल र यहूदीहरूको लागि सबैभन्दा पवित्र स्थान अल–अक्सा मस्जिद परिसर पूर्वी जेरुसलेममा अवस्थित छ । यो स्थल पूर्वी जेरुसेलमको पुरानो शहरमा पर्छ । यो क्षेत्र इजरायलले सन् १९६७ को मध्य पूर्व युद्धमा पश्चिम किनारा र गाजा पट्टीको बाँकी भागसहित कब्जा गरेको थियो ।- एएफपी
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता
इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता आइतबार, असार १, २०८२
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प आइतबार, असार १, २०८२
युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान
युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान आइतबार, असार १, २०८२
भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु
भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु आइतबार, असार १, २०८२
 एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण
 एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण शुक्रबार, जेठ ३०, २०८२
साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’
साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’ शुक्रबार, जेठ ३०, २०८२
मोदीले भेटे अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई
मोदीले भेटे अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई शुक्रबार, जेठ ३०, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP