Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • संसदमा ‘कोरोना’ बहस – चीनसँगको हवाई आवागमन बन्द गर्न माग
संसदमा ‘कोरोना’ बहस – चीनसँगको हवाई आवागमन बन्द गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २२, २०७६
Hardik health
काठमाडौं– छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि संक्रमणको रूप लिन सक्ने भन्दै तयारी गरी सचेत हुन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गरेका थिए । त्यस्तै, सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस फैलिएको चीनबाट नेपाल आउने यात्रुको क्वारेन्टाइन गर्ने व्यवस्था गरिएको छ वा छैन भन्दै त्यसको व्यवस्था गर्न माग गरे । बैठकमा सांसद प्रकाश स्नेही रसाइँलीले कोरोना भाइरसका कारण चीनसँगको हवाईलगायत आवागमन बन्द गर्नुपर्नेमा जोड दिए । यस्तै, सांसद देवेन्द्रराज कँडेलले नेपाल भ्रमण वर्षको उद्घाटन भव्यरूपमा गरिए पनि चीनबाट फैलिएको कोरोना भाइरसले प्रभाव पर्ने देखिएकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराए । यस्तै, अर्का सांसद प्रदीप यादवले चीनमा रहेका नेपाली विद्यार्थीलाई कहिले फिर्ता गराउने, ल्याइएको विद्यार्थी राख्ने ठाउँ कहाँ छ भन्ने जिज्ञासा राख्दै संसद् भवन खाली गरिदिई पालमा संसद् चलाउने कि ? भन्ने धारणा राखेका थिए । सांसद बालकृष्ण खाँणले चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले भायनक रूप लिएकाले नेपालमा संक्रमण फैलिन नदिन सरकारले ध्यान दिनुपर्ने माग गरे । यस्तै, सांसद डिला संग्रौलाले मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन पहल भयो कि भएन भन्ने जिज्ञासा राख्दै चिकित्सा आयोगको उपाध्यक्षका विषयमा उठेका प्रश्न के हुन् स्पष्ट पार्न सरकारसँग माग गरेकी छन् भने सांसद दलबहादुर रानाले आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत विकास निर्माणका आयोजनाका काम शुरु हुन नसकी प्रक्रियामै अल्झिएकाले भन्दै अर्थ मन्त्रालयलगायत सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए । सांसद दिलकुमारीले सर्लाहीमा बालुवा उत्खनन गर्दा बालकको निधन भएको घटना सेलाउन नपाउँदै धनुषामा बालुवा–गिट्टी नियम विपरीत उत्खनन गरेको आवाज उठाउँदा एक व्यक्ति मारिएकाले स्मरण गराउँदै अतिक्रमण नरोकिने संकेत देखिएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, सांसद दुर्गा पौडेलले उखु किसानले कम मूल्यमा बिक्री गरे पनि पाउन नसकेकाले पूरा मूल्य पाउने व्यवस्था गर्न माग गरे भने सांसद देवप्रसाद तिमल्सिनाले किसानले उखु बेच्न नपाउने बेचे पनि मूल्य नपाउने गरेपनि सरकार कानमा तेल हालेर बसेको दावी गरे । यस्तै, सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएपनि एनसेल लाभकर, हायात होटल, बालुवाटार जग्गा प्रकरण लगायतमा भइरहेको छानबिनलगायत प्रगतिका बारेमा जानकारी मागेका थिए । यसैगरी सांसद नारायणप्रसाद खतिवडाले ठेक्का भइसकेका सडकको काम नहुँदा नेपाल भ्रमण वर्षमा प्रभाव पर्ने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदद्वय निरुदेवी पाल र पार्वतीकुमारी विसंखुले सुदूरपश्चिम र मध्यपश्चिमका महिलाले छाउगोठमा जीवन बिताउनु परेकामा पछिल्लो समय सुरु भएको गोठ भत्काउने अभियानले सहयोग मिलेको बताएका थिए भने अर्का सांसद पवित्रा निरौलाले निर्माण सामग्री जुटाउने नाममा झापाको चुरे दोहन भइरहेकाले रोक्न माग गरिन् । यस्तै, सांसद पुष्पा भुसालले अछाम जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष पदमबहादुर धामीको निर्ममतापूर्वक हत्या गरिएको, स्थानीयवासीले शव उठाउन नदिएकाले सुरक्षाकर्मी पठाई त्यसको वास्तविकता छानबिन गर्न माग गरे । सांसद पूर्णाकुमारी सुवेदीले संसद् र संसदीय समितिको वार्षिक वा मासिक क्यालेन्डर बनाउन सुझाव दिइन् भने सांसद प्रेमप्रसाद तुलाचनले चीनसँग सीमा जोडिएको कोरला नाका जाने सडक समयमा पूरा नभएको र दुई सय किमी सडक वर्षौंदेखि अलपत्र रहेकाले तीनवटा ठूला ठूला भिरको काम हुन नसकेको बताए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १०:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP