Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • राष्ट्रियता एवं संस्कृतिको रक्षाका लागि पार्टी गठन
राष्ट्रियता एवं संस्कृतिको रक्षाका लागि पार्टी गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २२, २०७६
Hardik health
काठमाडौं–गोविन्द प्रसाद रिजालको नेतृत्वमा नेपाल राष्ट्रिय सनातन पार्टी गठन गरिएको छ । राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने उद्देश्यकासाथ आफूहरू नयाँ पार्टी लिएर आएको अध्यक्ष रिजालले स्पष्ट पारेका छन् । अध्यक्ष रिजालका अनुसार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र यही माघ ५ गते प्राप्त गरेको थियो । मंगलबार पत्रकार सम्मेनलको आयोजना गर्दै उक्त पार्टीले भनेको छ,‘दलको नाममा, सिंगो मुलुक विभाजित छ, राजनीतिको नाममा पनि त्यस्तै विभाजन छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षा के सबैको साझा स्वार्थ बन्न सक्दैन र ? हो यही प्रश्न खोज्दै आम नेपालीमाझ राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षार्थ आवाज लिएर पुग्ने उद्देश्यकासाथ यो पार्टी अघि सरेको हो ।’ रिजालको नेतृत्वमा २८ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । पार्टीको उपाध्यक्षमा शंकर थापा र विष्णु प्रसाद शिवाकोटी, महासचिवमा गणेश घिमिरे, सचिवमा प्रज्जवलकान्त मैनाली, कोषाध्यक्षमा अनिता शर्मा रहेका छन् । त्यस्तै, पार्टीको केन्द्रीय सदस्यहरूमा विशाल पुलामी, भीमराज सेढाँई, भुवनप्रसाद लामिछाने, गोपालप्रसाद सापकोटा, आदेश हमाल, रमा खत्री, तेजनाथ न्यौपाने, सिताराम ठाकुर, शोभित खड्का, शारदा बस्नेत, ऋतुसिंह थापा, सुनिता न्यौपाने, सुनिता केसी, कृष्ण खनाल र रत्नकुमारी ढकाल रहेका छन् । मुलुक अझैपनि संक्रमणबाट नै गुज्रिरहेको उक्त पार्टीको ठम्याई छ । पार्टीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘वि.सं. २००७ सालदेखि हामी लगभग दशक बिराएर विभिन्न परीवर्तन हुँदै गुज्रिरहेका छौँ । तर परीवर्तन मात्र सबथोक हैन, राज्य संचालन बिधि महत्वपूर्ण हो भन्ने पुष्टि बारम्बारको परिवर्तनले गर्दै आएका छन् । नेपाल दक्षिण एशियाको मात्र नभै विश्वकै पुरानो देशको रूपमा उभिएको छ । कहिल्यै कसैको दास बन्नु नपरेको गौरवमय इतिहास हामीसँग छ । यो देश परापूर्व कालमा ऋषीमुनीहरूको पवित्र स्थलदेखि नेपाल एकिकरण पूर्व र त्यसपछि धेरै उतारचढावहरू आए तर न मेटियो न त मासियो नै । नेपाल देश चिनिँदादेखि नै सनातन हिन्दु राष्ट्रको पहिचान बनाएको नेपालले अब त्यो परिचय गुमाएको छ । किन त्यो परीचय गुमाउन पर्यो त्यसको जवाफ दिन कोही पनि अगाडि आउन सकेका छैनन् ।’ धर्म हराए संस्कृति मेटिने र संस्कृति मेटिए पहिचान हराउने अध्यक्ष रिजालको चिन्ता छ । पछिल्लो समय नेपालबाट आयातमात्र बढेको सुनाउँदै उनले यो परिपाटीले देशको अर्थतन्त्र चौपट बनिरहेको टिप्पणी गरे । आफूहरूको पार्टीले आम नेपालीलाइ एकै सूत्रमा उनेर सनातनी परम्पराको रक्षा गर्दै हिन्दू धर्म संस्कारकोे परिचय र पहिचानमा आँच आउन नदिन सदैब क्रियाशिल रहने पनि उनले विश्वास दिलाए । हरेक नेपाली नागरिक जोसँग नागरिकता पाउने अधिकार छ, उनीहरूले नागरीकता पाउनु पर्ने उक्त पार्टीको भनाई छ । ‘नेपाली नागरीकको नाममा जथाभावी नागरिकता वितरणले राष्ट्रियतामाथि गम्भिर प्रश्न खडा गरेको छ । नेपाल राष्ट्रिय सनातन पार्टी राष्ट्रियतामाथि खेलवाड गर्ने यो प्रवृतिविरूद्ध खरो ढंगबाट पेश हुनेछ ।’’–विज्ञप्तीमा भनिएको छ । कार्यक्रममा उक्त पार्टीको प्रादेशिक संगठन विस्तार भैसकेको पनि पार्टीका उपाध्यक्ष शंकर थापाले जानकारी गराए । उनले भने,‘हामीले ७ वटै प्रदेशमा हाम्रा संठगठन विस्तार गरेका छौँ । आगामी दिनमा हामीले ७७ वटै जिल्लामा पार्टी कमिटी गठन गर्ने योजना बनाएका छौँ ।’
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP