Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘सम्पदा प्रवद्र्धनका लागि नक्सांकनको काम अगाडि बढाउन आवश्यक’
‘सम्पदा प्रवद्र्धनका लागि नक्सांकनको काम अगाडि बढाउन आवश्यक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २२, २०७६
Hardik health
रूपन्देही–प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्पदा प्रवद्र्धनका लागि जग्गा अधिग्रहण गरेर नक्सांकनको काम अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । लुम्बिनी विकास कोषले मंगलबार लुम्बिनीमा आयोजना गरेको ‘वृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धी छलफल’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । लुम्बिनीलाई सांस्कृतिक विविधतायुक्त शहरको रूपमा विकास गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी विकास कोष अहिलेसम्म आफ्नो क्षेत्रभित्रको विकासमा मात्रै केन्द्रित रहेको बताए । उनले गुरुयोजनाको काम पूरा भएपछि कोष बाहिरको काममा पनि ध्यान दिन सकिने बताए । उनले विकास निर्माणमा मात्रै कोष केन्द्रित हुने हो भने पर्यटन प्रवद्र्धन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने उनको भनाई थियो । मुख्यमन्त्री पोखरेलले सैनामैनाको जोगिडाँडा देवदहको खयरडाँडा जस्ता क्षेत्रको पुरातात्विक महत्व पहिचानका लागि यस क्षेत्रमा पुरातत्व विभागको कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय समुदाय आफै पर्यटन प्रवद्र्धनका हिस्सेदार बन्नुपर्ने र त्यसका लागि लुम्बिनी बाहिर सांस्कृतिक विविधतायुक्त शहरको विकास गर्नु आवश्यक रहेको बताए । लुम्बिनी बाहिर ‘मिनि ठमेल’ निर्माण हुनसके पर्यटकको बसाइँ लम्ब्याउन सहज हुने उनको धारणा थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक र सांस्कृतिक विविधतालाई ध्यानमा राखेर वृहत्तर लुम्बिनी क्षेत्रको योजना बनाउने जानकारी गराए । उनले वृहत्तर लुम्बिनी क्षेत्रभित्र बौद्ध स्तूप, मस्जिद, मन्दिरलगायत सबै क्षेत्रलाई समेटेर धार्मिक, सांस्कृतिक विविधतालाई ध्यानमा राखेर बुद्धको जीवनीसँग जोडिएका रूपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न क्षेत्रको विकास गर्ने अवधारणा सरकारले अगाडि बढाउने बताए । उनले कुनै पनि विकासका आयोजना अगाडि बढाउँदा स्थानीयवासीको जीवनस्तरमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरालाई विशेष सरकारले जोड दिने जानकारी गराए । उनले वृहत्तर लुम्बिनी विकासको योजना कार्यान्वयन गर्न वृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन गर्ने जानकारीसमेत दिए । कार्यक्रममा वृहत्तर लुम्बिनी क्षेत्रको विकासबारे प्रस्तुतिकरण गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले प्रोफेसर केञ्जो टाङ्ले तयार पारेको लुम्बिनी गुरुयोजना पूरा गर्न ग्लोबल बोलपत्र आह्वान प्रक्रियामा गएको बताए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP