Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कर्णालीको कथामा ‘बुलाकी’
कर्णालीको कथामा ‘बुलाकी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १७, २०७९
bulaki
RBB RBB
काठमाडाैं -  नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउनेक्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’को काठमाडौँमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिए  । “कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे दुःखी छैनन् । हामीले चलचित्रमार्फत अहिले पनि त्यहाँ सुनिने जारी प्रथाको कथालाई उठाएका छौँ”, उनले भने, “यसले प्रथाको प्रभावलाई देखाएको छ । त्यो ठिक होइन भन्ने सन्देश समाजलाई दिन्छ । ” उनले निर्देशक लक्ष्मण सुनार स्थानीय भएकाले काम गर्न सजिलो भएको जानकारी दिँदै स्थानीय लवजसँगै पहिरन, खानपिनमै रहेर छायाङ्कन गरिएको चलचित्रमार्फत महिलाको कथा भन्न खोजिएको बताए । चलचित्रमा अभिनेत्री पन्तको श्रीमान्को भूमिका निर्वाह गर्नुभएका अभिनेता नरेन खड्काले कर्णालीको एउटा समाज र परिवार देखाइएको बताए  । “यसलाई नेपाली मौलिक चलचित्र भनेर जहाँ पनि देखाउन सकिन्छ । हामीले व्यावसायिकभन्दा मौलिकता झल्कने चलचित्र बनाएका छौँ”, उनले भने, “चलचित्र पर्दामा हेरिरहँदा कर्णालीका बासिन्दाले आफूलाई पात्रसँग कनेक्ट गर्नुहुनेमा विश्वस्त छु ।” अभिनेता रमेश बुढाथोकीले नयाँपुस्ताको काम र लगावको प्रशंसा गरे । उनले भने, “कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । आफ्नो पात्रलाई लिएर गर्ने तयारी अहिलेका कलाकारमा झनै राम्रो छ । सबैले आफ्नो पात्रलाई न्याय दिनुभएको छ ।” यसमा विराज विष्ट, लक्ष्मी गिरी, कूलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईंलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा शिव ढकालले छायाङ्कन, अर्जुन जिसीले सम्पादन, राजबहादुर सानेले कथा लेखन, लेखक साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टले पटकथा तथा संवाद तयार गरेका हुन् । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्र अगामी वैशाख १ गतेबाट हलमा लाग्ने भएकाे  छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:१४
#मनोरञ्जन
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप कला-मनोरञ्‍जन
नेपाल भाषाकाे गीत 'अन्तिया झंगः ब्वय्का अय्ला लु वल छं ' काे म्यूजिक भिडियाे सार्वजनिक
नेपाल भाषाकाे गीत 'अन्तिया झंगः ब्वय्का अय्ला लु वल छं ' काे म्यूजिक भिडियाे सार्वजनिक बिहीबार, जेठ १, २०८२
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित
‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित बुधबार, वैशाख ३१, २०८२
सोल्टीको प्रेममा एलिशा राई
सोल्टीको प्रेममा एलिशा राई बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा मंगलबार, वैशाख ३०, २०८२
३५ दिनमा जनै हराएको बाहुन
३५ दिनमा जनै हराएको बाहुन मंगलबार, वैशाख ३०, २०८२
दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित
दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित मंगलबार, वैशाख ३०, २०८२
‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक
‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक सोमबार, वैशाख २९, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
दक्षिण ललितपुरको प्युटारमा शुरु भयो तीन दिने ताम्बा प्रशिक्षण
दक्षिण ललितपुरको प्युटारमा शुरु भयो तीन दिने ताम्बा प्रशिक्षण
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP