Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पुल निर्माणमा आफ्नै डिजाइन तयार गर्न निर्देशन
पुल निर्माणमा आफ्नै डिजाइन तयार गर्न निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २१, २०७६
पुल निर्माणमा आफ्नै डिजाइन तयार गर्न निर्देशन
Hardik health
काठमाडौं – सडक पुलमा डिजाइनमै समस्या देखिएको भन्दै आगामी दिनमा निर्माण गरिने पुल ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्माणाधीन कतिपय निर्माण व्यवसायी आफैले डिजाइन गरेर निर्माण अघि बढाउन समितिले निर्देशन दिएको हो । रणनीतिक सडकका पुललगायत अन्य पुलका विषयमा छलफल गर्न सोमबार बसेको समितिको बैठकले पुराना पुल क्रमशः विस्थापित गर्दै नयाँ पुल निर्माणको प्रक्रिया शुरु गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र पारेका र काबु बाहिरको अवस्थामा पुगेका पुलको विवरण र समस्या समाधानका लागि आगामी कार्ययोजनासमेत १५ दिनभित्र समितिमा पेश गर्न सरकारलाई निर्देश गरेको छ । समितिका सभापतिलगायत सदस्यले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई पुल निर्माणमा रहेका समस्या हटाएर अघि बढ्न निर्देश गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले कुन पुल कुन अवस्थामा छ भनी सडक विभागसँग विस्तृत तथ्यांक हुनुपर्ने बताए । त्यस्तै सडक र पुल दुवैमा नेपाल सरकारले हेर्ने कुन हो र प्रदेश र स्थानीय तहले हेर्ने कुन हो भन्नेमा समेत मन्त्रालय प्रष्ट हुनुपर्नेमा उनको जोड थियो । कतिपय स्थानमा पुल एकातिर र नदी अर्कातिर पाइएको भन्दै उनले भने, ‘यसले नदीको बहाव अर्कातिर भइसक्दासमेत पुल सम्पन्न हुन सकिरहेको छैन भन्ने देखाउँछ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कतिपय सडक पुलमा जगमा समस्या रहेको पाइएको बताए । पहिले अध्ययनमा नदेखिएका समस्या पनि काम शुरु गरिसकेपछि देखिनसक्ने उनको भनाइ थियो । नेपाल सरकारले अहिले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको समेत काम गरिरहेको समेत उनले बताए । उनले भने, ‘अरु तह सडक पुल निर्माणमा सक्षम भइनसकेकाले नेपाल सरकारले नै निर्माणको काम अघि बढाइरहेको छ । हामीले अहिले दुई हजारभन्दा बढी पुल निर्माण गरिरहेकामा आधा हाम्रो कार्यक्षेत्र हो भने आधा प्रदेश र स्थानीय तहको अधिकारमा पर्छ ।’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विभागले रणनीतिक सडकभन्दा स्थानीय सडकमा बढी सङ्ख्यामा पुल निर्माण गरिरहेको बताए । उनले रणनीतिक सडकमा मात्रै पुल निर्माण गर्दा धेरै सम्पन्न गर्न सकिने भन्दै मानवीय त्रुटिका कारण मात्रै नभएर खोलाको बहाव परिवर्तन हुँदा पुल खोलाभन्दा फरक स्थानमा भएको हुनसक्ने जनाए । समितिका सदस्य टोपबहादुर रायमाझीले कुन सडक रणनीतिक हो कुन होइन भनेर मन्त्रालय आफैँ अन्योलमा परेको बताए । नयाँ संरचनाअनुसार कुन पुल आफ्नो कार्यक्षेत्रमा पर्ने भनी नेपाल सरकार पनि सुनिश्चित नभएको भन्दै उनले भने, ‘कुन सडक कुन सरकारको क्षेत्र भन्ने छुट्याएपछि त्यसैका आधारमा प्राथमिकता छुट्याउनुपर्छ ।’ समितिका सदस्य गणेशकुमार पहाडीले अवधि सकिएको लामो समयमा समेत सम्पन्न हुन नसकेका पुलको संख्या बढिरहेको बताए । उनले विज्ञलाई डिजाइन गराएर निर्माण भएका पुलभन्दा निर्माण व्यवसायी आफैँले डिजाइन गरेको पुल निर्माण चाँडो सम्पन्न भइरहेको बताए । त्यस्तै, सदस्य रामबहादुर विष्टले पुल निर्माणमा गुणस्तरका विषयमा पनि सडक विभागले ध्यान दिनुपर्ने बताए भने सदस्य आशाकुमारी विकले दुर्गम जिल्लामा पुल निर्माण सरकारको योजनामा नै नपरेको गुनासो गरे ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP