Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अब स्थानीय तहबाटै
व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अब स्थानीय तहबाटै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १७, २०७९
Bairo board
Hardik health
काठमाडौं– वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन अब स्थानीय तहबाटै दिन पाइने भएको छ । सरकारले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय तहबाट व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन लिने व्यवस्था गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उक्त व्यवस्था लागू गर्ने निर्णय गरेका हुन् । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, पारदर्शी तथा सहज बनाउन स्थानीय तहमार्फत व्यक्तिगत र पुनः श्रम स्वीकृतिको आवेदन लिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । जनताको नजिकको सरकार स्थानीय तहमार्फत सेवा प्रवाह प्रभावकारी हुने भन्दै सरकारले सोहीअनुरुप व्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनका अनुसार रोजगारीका लागि विदेश जाने नेपालीहरुले स्थानीय तहबाट श्रम स्वीकृति नभई आवेदनमात्रै दिन सक्ने छन् । ‘सेवालाई विकेन्द्रित गर्ने र स्थानीय डेस्कबाटै वैदेशिक रोजगारसम्बन्धी जानकारी पनि उपलब्ध गराउन सकियोस् भन्ने सरकारको अभिप्राय हो,’ प्रवक्ता घिमिरेले भने ।मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अब स्थानीय तहबाटै वैदेशिक रोजगारसम्बन्धी सूचना सरोकारवालामा पु¥याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने जानकारी गराएको छ । त्यसका लागि ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन लिनेगरी वैशाख १ गतेदेखि सेवा सञ्चालन हुने उल्लेख गरिएको छ । यस अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्य सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।सरकारले यसअघि नै श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य सञ्चालनका लागि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गरिसकेको छ । यसरी स्थानीय तहबाट व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिका लागि आएका आवेदनहरुलाई अनलाइन प्रणालीमार्फत नै सम्बन्धित कार्यालयले स्वीकृति दिने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । यद्यपि, संस्थागतरुपमा अर्थात् म्यानपावरमार्फत हुने श्रम स्वीकृतिको आवेदनसम्बन्धी सेवा यथावत रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।  
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP