Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने
भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २१, २०७६
Hardik health
भक्तपुर – सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौंभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ । सरकारले काठमाडौं उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो । उपत्यकाबाट ‘इशान’ कोणको रूपमा लिइएको यसलाई भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिने सांसद महेश बस्नेतले जानकारी दिए । यस कोणको उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म विस्तार हुने यो शहर भक्तपुरको पुरानो ठिमिको बाटो, सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुर नगरपालिकाको इतापाके जग्गा एकीकरण आयोजनासहितको क्षेत्रमा फैलिने भएको बस्नेतले जानकारी दिए । निर्माण भएको डीपीआरअनुसार यो शहर निर्माणका लागि एक खर्ब खर्च हुने भएको प्राधिकणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । सरकारले विकास गर्न लागेको यो सबैभन्दा ठूलो बस्ती विकास हुने गरी योजना तयार पारिएको बताइएको छ । चाँगुनारायण नगरपालिकाको करिब ६० हजार रोपनी र भक्तपुर, मध्यपुरठिमि, कागेश्वरी मनोहरा, शङ्खरापुर नगरपालिका गरी पाँचवटा नगरपालिकामा फैलिनेछ । स्याटेलाइट सिटीमध्ये ‘आग्नेय’ शहरतर्फ भने करिब १८ हजार रोपनीमा फैलिनेछ । यो शहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्दै पश्चिमतर्फ गुण्डुको खहरे खोला, नयाँ बालकोट, बिरुवा सडक, पानी ट्याङ्की, पुरानो बालकोट, अमरनगर, ठिमि हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ । त्यस्तै उत्तरतर्फ अरनिको राजमार्ग हुँदै दक्षिणतर्फ सिलामगाल, रानीकोट जंगलछेउ, अनन्तलिङ्गेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म यो शहर फैलिने गरी सीमा निर्धारण गर्दै डीपीआर तयार भएको छ । प्राधिकरणका अनुसार यो शहर निर्माणका लागि १० अर्बभन्दा बढी खर्च हुनेछ । सरकारले उपत्यकाभित्रै झण्डै एक लाख ४० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माण गरी व्यवस्थित बस्ती विकासको योजना अगाडि सारेको छ । सरकारले नयाँ शहर विकास गर्ने क्षेत्रमा आठ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने र नयाँ भवन निर्माणमा रोक लगाएको भए पनि भूकम्पले क्षति भएका घरलाई साविकको जगमा निर्माण गर्न भने पुनःनिर्माण प्राधिकरणले दिएको अधिकारलाई दुरूपयोग गरी स्थानीय तहले घर निर्माणलाई सहमति दिएका छन् । जसका कारण सरकारले अघि सारेको नयाँ शहर निर्माणलाई प्रभाव पारेका छन् । स्याटेलाइट सिटी निर्माण गर्न सरकारले स्थानीयको जग्गा एकीकरण गरी विभिन्न अत्यावश्यक पूर्वाधार निर्माण गर्दै व्यवस्थित बस्ती विकास गर्ने भएको छ । सम्पूर्ण पूर्वाधारयुक्त बस्ती विकासपछि स्थानीयलाई जग्गा हस्तान्तरण गर्ने योजना रहेको आयुक्त तिवारीले जानकारी दिए । उक्त डीपीआरलाई प्राधिकरण सञ्चालक समितिले पास गर्नुपर्नेछ । त्यसपछि शहरी विकासमन्त्रीको संयोजकत्वको भौतिक विकास समितिले अनुमोदन गरेसँगै मन्त्रालयले डीपीआर मन्त्रिपरिषदमा पेश गरी पास भएपछि सम्बन्धित नगरपालिकाको नगरप्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन हुनेछ । प्रत्येक बस्तीमा उपभोक्ता समिति निर्माण गरी शहरी विकास मन्त्रालय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानीमा शहर निर्माणको काम शुरु हुने आयुक्त तिवारीको भनाइ थियो । स्याटेलाइट सिटी विकासपछि यस्ता शहरमा जथाभावी घडेरी टुक्रापारी बिक्री भने गर्न पाइने छैन । बालकोट, गुण्डु, दधिकोट, सिरुटार आग्नेय कोणका लागि चाइनाको प्रतिष्ठित कम्पनीले लगानी गर्न इच्छा देखाउँदै लगानी बोर्डमा आशयपत्र बुझाएको सांसद बस्नेतले जानकारी दिए । यस्ता शहरमा साइकल लेनसहितको सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिइने, प्रशस्त खुला क्षेत्रहरू राख्ने, आवश्यक खेल मैदान, पार्क, पौडी पोखरी, हरियाली, यातायात सञ्जाल, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधारसमेतको विकास गरिनेछ । स्याटेलाइट सिटीमा आवासीय, व्यापारिक र औद्योगिक क्षेत्रलाई छुट्टाछुट्टै स्थानमा व्यवस्थित गरिनेछ । विद्युत् तथा इन्टरनेट, टेलिफोन तारलाई भूमिगत गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने योजना छ । भक्तपुरलाई समेटेर दुईवटासँगै सरकारले तेस्रो सिटीका रूपमा ललितपुरमा १० हजार रोपनी क्षेत्रफलमा अर्को शहर विकास गर्नेछ । ललितपुरको पूर्वमा खोकना बुङमती भएर छम्पी जाने बाटो हुँदै तत्कालीन वडा नम्बर २ देखि ६ सम्म, पश्चिम र दक्षिणतर्फ वाग्मती नदीको सीमासम्म र उत्तरतर्फ साविकको सैँबुसम्म यो शहर विस्तार गरिनेछ । यसलाई ‘नैऋत्य’ शहर नाम दिएको छ । काठमाडौंमा चौथो शहर ‘उत्तर’ को रूपमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा निर्धारण गरिएको छ । यसको उत्तरतर्फ सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म फैलिने, दक्षिणमा ग्रीननल्यान्ड चोकदेखि महादेवखोला काभ्रेस्थली मूल सडकलाई छुने भएको छ । त्यस्तै पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म १० हजार रोपनीमा यो शहर फैलिनेछ । तीनवटा प्रस्तावित नयाँ शहरको डीपीआर तयार भए पनि अन्तिम ‘उत्तर’ को डीपीआर भने चालू आवभित्र तयार हुनेछ । चारवटा यो शहर निर्माणका लागि करिब २ खर्ब ४० अर्ब लाग्ने अनुमान छ । आगामी १० वर्षभित्र स्याटेलाइट सिटीको विकास गरी यो चार शहरमा ५ लाख मानिस बस्नसक्ने गरी व्यवस्थापन गर्ने गरी कार्य अगाडि बढाइएको आयुक्त तिवारीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP