Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिममा स्वास्थ्य बिमा कार्यक्रममा आकर्षण कम
सुदूरपश्चिममा स्वास्थ्य बिमा कार्यक्रममा आकर्षण कम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २१, २०७६
Hardik health
धनगढी–सुदूरपश्चिम प्रदेशमा हालसम्म कुल जनसंख्याको १२ प्रतिशत जनसंख्या स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । विमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेकोमा हालसम्म स्वास्थ्य विमा कार्यक्रममा २ लाख ५६ हजार ६ सय ६० जना आवद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशमा कैलालीमा सबैभन्दा बढि स्वास्थ्य विमित रहेका छन् भने दार्चुलाबाट हालसम्म सबैभन्दा कम स्वास्थ्य विमित रहेका छन् । विमा बोर्डका अनुसार गरिव घरधुरी पहिचान भइसकेका जिल्लामा विमितको संख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिता अवस्था कमजोर रहेको देखिएको छ । सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरिव घरधुरी पहिचान गरि परिचयपत्र वितरण गरिसकेको छ । प्रदेशका अन्य ५ जिल्लामा भने पहिचान हुन बाँकी रहेको छ । विमा बोर्डका अनुसार कैलालीमा १ लाख ३९ हजार आठ सय २० जना स्वास्थ्य विमामा आवद्ध भएका छन् । भने दार्चुलामा ६ हजार जना मात्रै हालसम्म आवद्ध भएका छन् । त्यस्तै, बझाङमा ३० हजार ४ सय ५०, बाजुरामा २६ हजार ६ सय ५० जना, अछाममा २७ हजार जना , बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार ७ सय जना स्वास्थ्य विमित भएको प्रदेश कार्यालय धनगढीका प्रदेश संयोजक जनक साउदले बताए । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३९ हजार ३ सय १ जनाले स्वास्थ्य विमा कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको जनाइएको छ । आर्थिक २०७५÷२०७६ मा विमा कार्यक्रम अन्र्तगत प्रदेशका सात जिल्ला गरि ३ करोड ८१ लाख ५ हजार २ सय ६२ रूपैया लगानी भइसकेको प्रदेश संयोजक जनक साउदले बताए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये हालसम्म सात वटा जिल्लामा स्वास्थ्य विमा कार्यक्रम लागु भइसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष डडेल्धुरा र डोटीमा विमा कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य लिएको छ । सरकारले हालसम्म देशभरीका ४ सय ८८ वटा स्थानीय तहमा स्वास्थ्य विमा कार्यक्रम विस्तार गरिसकेको छ । विमा कार्यक्रम विस्तारका लागि ११ जिल्ला पहिचान भइसकेकाले छिट्टै ती जिल्लामा कार्यक्रम लागू गरिने पनि उनले बताए । स्वास्थ्य विमा नविकरण गर्ने बढ्दै नेपाल सरकारले २०७२ साल चैत २५ गतेबाट पहिलो चोटी कैलाली जिल्लाबाट स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ गरेको थियो । शुरुमा कैलालीमा ५ सय र्२ घरधुरी यो कार्यक्रममा समावेश भएका थिए । विमा शुरु भएको एक वर्षपछि नविकरण भने १ सय १२ घरधुरीले गरेका थिए । शुरुमा नविकरण गर्नेको संख्या २२ प्रतिशत मात्रै रहेकोमा अहिले भने सुदूरपश्चिम प्रदेशमा नविकरण गर्नेको संख्या ६० प्रतिशत पुगेको प्रदेश विमा वोर्डले जनाएको छ । बोर्डका अनुसार २०७५ साउन १ गतेसम्म प्रदेशमा २ हजार ८ सय ४९ घरधुरी विमामा आवद्ध भएकोमा २०७६ साउनसम्म १ हजार ७ सय २६ घरधुरीले नविकरण गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP