Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • निर्देशक सत्यराज चौलागाईंको बिच्छेद छिट्टै आउने
निर्देशक सत्यराज चौलागाईंको बिच्छेद छिट्टै आउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १५, २०७९
Satyaraj
Hardik health
काठमाडौं  - नेपाली सिनेमा जगतमा विभिन्न स्वाद लिएर चलचित्र बनाउने होडबाजी चलेको छ । दर्शकको मन जित्नका लागि विभिन्न मसलन्द राखेर चलचित्र बनाउन निर्देशक, निर्माताहरु लागि परेका छन् । यसैबीचमा करिब १६ वर्षदेखि कलाकारिता क्षेत्रमा रमाइरहेका सत्यराज चौलागाईंले सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘विच्छेद’ ल्याएका छन् । यस चलचित्रमा मुकुन भुसाल र लक्ष्मी बर्देवाको लिड भूमिका देख्न सकिन्छ । उक्त चलचित्रलाई राज पण्डित,दिमेश श्रेष्ठ,सुवास चामलिङ राई र सावित्री ब्रजचार्यको सहकार्यमा निर्माण गरिएको छ । यस चलचित्रलाई सिम्पल एड मिडिया र रेड आई फिल्ममार्फत उत्पादन गरिएको छ । ‘मायाको बारीमा’चलचित्रबाट सहायक निर्देशकको रुपमा काम गरेका चौलागाईंले सन् २०१८ मा चलचित्र ‘अनुराग’बाट निर्देशनमा डेब्यू गरेका हुन् । ‘बिच्छेद’ चलचित्र सत्यराजको निर्देशनमा बनेको दोस्रो चलचित्र हो । यो चलचित्र आउँदो सालमा प्रदर्शनमा ल्याउने तयारीमा रहेको उनले बताएका छन् । अहिले पोष्ट प्रोडक्शनको काम भइरहेको निर्देशक सत्यराजले प्रभावसँग बताएका छन् । हाल काठमाडौंको बुढानिलकण्ठ ८ मा बसोबास गर्ने निर्देशक चौलागाईं पिता यज्ञप्रसाद चौलागाईं र माता धनमाया चौलागाईंको कोखबाट जन्मिएका हुन् । उनको पुर्खाैली थलो भने काभ्रेपलाञ्चोको चौरीदेउराली गाउँपालिका रहेको छ । सानैदेखि अभिनेताबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने सोच बनाएका थिए तर उनी अभिनेताका रुपमा नभई निर्देशकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र निर्देशन तथा गीत लेखनलाई सँगसँगै अगाडि बढाइरहेका निर्देशक चौलागाईंले सहायक निर्देशकको रुपमा भने करिब एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनले सहनिर्देशन गरेका चलचित्रहरु ‘समय’, ‘कोहीनुर’, ‘नाइक’, ‘को आफ्नो’, ‘भाग सानी भाग’, ‘के म तिम्रो होइन र’, ‘म यस्तो गीत गाउँछु’ लगायत रहेका छन् । यस क्षेत्रमा काम गरिरहँदा उनले विभिन्न सम्मानबाट पनि सम्मानित हुने मौका पाएका छन् । उनले राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीबाट सम्मानित भएका छन् । चलचित्र ‘अनुराग’बाट डेब्यू निर्देशकको रुपमा उनले फस्ट एभरेष्ट इन्टरनेशनल फिल्म अवार्डमा उत्कृष्ट पाँच मनोनयनभित्र पर्न सफल भएका हुन् । यसैगरी ‘अनुराग’ चलचित्रको ‘यस्तो साथी’ गीत बाट उनी रचनाकारको रुपमा सातौँ नेशनल राप्ती म्युजिक अवार्डमा उत्कृष्ट पाँचमा मनोनयनमा पनि पर्न सफल भएका छन् । त्यस्तै ‘चाहन्छु २’ म्युजिक भिडियोबाट निर्देशकको रुपमा आठौँ नेशनल राप्ती म्युजिक अवार्डको उत्कृष्ट पाँचमा परेका थिए भने म्युजिक भिडियो ‘माया तिमीसँगै’ बाट रचनाकारको रुपमा पनि उत्कृष्ट पाँचभित्र मनोनयनमा पर्न सफल भएका थिए । निर्देशक सत्यराज चलचित्र निर्देशन सँगसँगै गीत लेखनमा उत्तिकै सक्रिय रहेका छन् । उनले सन् २०१२ मा ‘साथी २०१२’ र २०१६मा ‘माया २०१६’ एल्बम बजारमा ल्याएका छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको ‘यस्तो साथी’, प्रताप दासको स्वरमा रहेको ‘तिम्रो स्वरमा स्वर’, प्रविशा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘माया तिमीसँगै’ गीतको शब्द सत्यराजले लेखेका हुन् । यी गीत दर्शक स्रोतामाझ निकै लोकप्रिय बन्यो र स्रोताहरुबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । निर्देशक सत्यराजले म्युजिक भिडियो तथा सर्ट फिल्महरु पनि निर्देशन गरेका छन् । म्युजिक भिडियोहरु ‘सहनै गाह्रो’, ‘बुझेन मायाले’, ‘सपना बनेर, ‘साथी’, ‘मन मेरो के भो के भो’ लगायतमा उनको निर्देशनसँगै आफ्नै शब्द रहेको छ । सर्ट फिल्महरुमा उनले ‘संविधान’, ‘चोलीको तुना’, ‘आयो आयो’, ‘आइ विल मिस यू’ लगायत पनि निर्देशन गरेका छन् । यतिमात्र नभएर उनले निर्णयक मण्डलमा जुरीको भूमिकामा काम गरेका छन् । उनले स्टार म्युजिक एण्ड फिल्म अवार्ड–२०७८ र राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०७९मा जुरीको भूमिका निभाएको प्रभावलाई बताए ।लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका सत्यराज आफू सधैं यस क्षेत्रमा लागिरहने बताउँछन् । चलचित्र क्षेत्रमा डेढ दशकको अनुभव हासिल गरिसकेका सत्यराज सधैं दर्शक स्रोतालाई नयाँ र उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रयत्नमा लागि परेका छन् । यस क्षेत्रमा अझ अब्बल बन्न र बनाउनका लागि उनी नेपाल चलचित्र निर्देशक समाजको १५औँ महाधिवेशनको कार्यकारी समितिमा सदस्यता पनि लिएका छन् । चलचित्र क्षेत्रको विकासका लागि सरकारले उचित कदम चाल्न जरुरी रहेकोले उनी यस समाज उत्थानका लागि सहभागी भएको बताउँछन् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:३४
#सत्यराज_चौलागाईं
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP