Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नाचघरमा ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सुरु
नाचघरमा ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १४, २०७९
IMG_9991
Hardik health
काठमाडौं - रंगमञ्चबाट बुद्धका सन्देशहरु फैल्याउने उदेश्यसहित सोमबारबाट काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सुरु भएको छ । ६२ औँ विश्व रंगमञ्च दिवसको अबसर पारेर यो महोत्सब सुरु भएको हो । पर्यटन उधोग तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा सुरु भएको यो महोत्सब आगामी १७ चैतसम्म जारी रहने छ । काठमाडौंको बौद्ध स्थित सेचिन गुम्बाका १० जना लामाहरुबाट मन्त्रोचारण गर्दै सुरु भएको यो महोत्सबमा सात वटा नाटक मञ्चन हुँदैछन् । महोत्सबको उद्घाटन समारहमा नाटक ‘चण्डालिका’ मञ्चन गरियो । माया थापाको निर्देशनमा मञ्चित करिब आधा घन्टाको यो नाटक एक युवतीले भिक्षुहरुलाई पानी खुवाउँदै उसको आफन्तले दिएको श्रापको कथामा केन्द्रित थियो । तर पछि भिक्षुको आशिर्वादले उनीहरुको जीवनमा शान्ति आएको सन्देश यो नाटकले दिएको थियो । संस्कृति भाषामा सम्बाद बोलिएको नाटक चण्डालिकामा सांस्कृतिक संस्थानकै कलाकारहरुले अभिनय गरेका थिए । नाटकमा बुद्धको भूमिकामा तिर्थराज पोखरेल, चण्डालिकाको भूमिकामा रेखा कटवाल, मुख्य युवतीको भूमिकामा शुशिला थापा थिए । यस्तै अन्य कलाकारमा सरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशाा न्यौपाने, विना विश्वकर्मा, सलिना क्षत्रीलगायतको अभिनय थियो । विरेन्द्र हमालको सल्लाहमा मञ्चन गरिएको यो नाटकको संगीत संयोजनमा दुर्गाप्रसाद खतिवडा, बाद्यबादनमा खतिवडा सहित नरेश प्रजापति, रोहित सुवेदी, गायनमा दीपेन्द्र बज्राचार्य र शिला बिष्ट थिए । यस्तै ध्वनी सँयोजनमा अनुपम शर्मा र मनोज केसी, प्रकाश परिचालनमा मिलन नेपाली र विज्ञान सुब्बा तथा स्टेज निर्माणमा दीपक पौडेल र ओमप्रकाश बानिया थिए । महोत्सबमा १७ चैतसम्म अरु ६ वटा नाटक मञ्चन गरिने भएको छ । महोत्सबको उद्घाटन समारोहमा यो वर्षको डवली थिएटर अवार्ड रँगकर्मी अनुप बराललाई प्रदान गरियो । ५० हजार रुपैयाँ सहितको सो अवार्ड ग्रहण गर्दै अनुप पत्नी दिया मास्केले अनुपको सन्देश पढेर सुनाईन् ।नेपाली रँगमञ्चमा लामो योगदान दिएकाले रँगकर्मी अनुपलाई सो अवार्ड प्रदान गरिएको डवली थिएटरका अध्यक्ष पुष्कर गुरुङले कार्यक्रममा बताए । केही महिना अघि काठमाडौंमा दुई साता लामा बुद्ध नाटक लेखन कार्यशाला गरेर सो कार्यशालामा लेखिएका नाटकहरु यो महोत्सबमा मञ्चन गरिएको बताए । तेश्रो वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सबले बुद्धलाई अझ नजिकबाट अहिलेका पुस्तामा चिनाउने काम गर्ने विश्वास पनि उनले व्यक्त गरे ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्कृतिक संस्थानका अध्यक्ष अशोक कुमार राईले विश्व रँगमञ्चको सबैलाई शुभकामना दिँदै बुद्धले देखाएको मार्ग अँगाले जीवन निकै सुखी हुने बताए । महोत्सबमा मञ्चन हुने नाटकहरुबारे उनले कार्यक्रममा जानकारी गराए । यस्तै प्रा.डा. अभि सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलगायतले महोत्सबमा प्रस्तुत नाटकहरुको चर्चा गरे ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP