
काठमाडौं– साताको दोस्रो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अंकले बढेर एक हजार ३४९.१३ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.१६ अंकले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ ।
स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ । निर्जीवन बीमा ५९.२७ अंकले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अंकले बढेको छ ।
यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२.८ अंकले ओरालो लागेको छ । होटल १७.०१ अंकले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अंकले घटेको छ ।
कारोवार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६ करोड ५६ लाख ६० हजार ४८१ मा खरिद–बिक्री भयो । यस्तै ग्लोबल आइएमई बैंकको रु ५ करोड १ लाख ९१ हजार ८२४, नेपाल इन्सुरेन्स कम्पनीको रु ४ करोड ९९ लाख २० हजार ३६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु ४ करोड ८१ लाख ५० हजार ५८३, प्रभु बैंकको रु ४ करोड १९ लाख १८ हजार ५७२ र ग्रामीण विकास बैंकको शेयर रु ४ करोड ८ लाख ३ हजार ७१५ मा खरिद–बिक्री भयो ।