Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नवनियुक्त श्रम सहचारी र काउन्सेलरको बिदाइ
नवनियुक्त श्रम सहचारी र काउन्सेलरको बिदाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २०, २०७६
sangh-0
Hardik health
काठमाडौं– नवनियुक्त श्रम सहचारी र काउन्सेलरलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिदाइ गरेको छ । संघले आइतबार राजधानीमा कक कार्यक्रमको आयोजना गरेर खाडीका केही मुलुकहरूका लागि नवनियुक्त श्रम सहचारी र काउन्सेलरहरूलाई बिदाइ गरेको हो । सरकारले खाडीका ४ मुलुकका लागि नियुक्त गरेका श्रम सहचारी तथा काउन्सेलरलाई संघले कार्यकाल सफलताको शुभकामना दिँदै सहकार्यका लागि आग्रहसमेत गरेका छन् । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरूले नवनियुक्त श्रम सहचारी तथा काउन्सेलरलाई नेपाली श्रमिकका साथै म्यानपावर व्यवसायीहरूले भोग्नुपरेका समस्या समाधानका लागि सहकार्य गरेर अघि बढ्न सुझाव दिएका छन् । कार्यक्रममा संघका अध्यक्ष विष्णु गैरेले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक कुनै पनि समस्यामा पर्न हुँदैन भन्ने पक्षमा व्यवसायीहरू रहेको बताएका छन् । तर, राजनीतिक पहुँचबाट राजदूत बनाइएका राजदूतबासबाट नै धेरै समस्या आएको उनले बताए । वैदेशिक रोजगार विभागले ल्याएको फेम्स् प्रणाली मात्र नभएर अन्य अवस्थामा पनि राजदूताबासबाट व्यावसायीहरूलाई अनावश्यक दुःख दिएको भन्दै उनले दूताबासले समन्वयात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । राजदूताबासले नेपाल सरकार, नेपाली कामदार, नेपाली व्यवसायी र सम्बन्धित मुलुकबीच पुलको काम गर्नुपर्ने पनि बताए । अध्यक्ष गैरेले विशेषगरी उताबाट सञ्चालन हुनुपर्नेमा यताबाट सञ्चालन गर्नु परेकाले सूचना व्यवस्थापन प्रणाली (फेम्स) असफल भएको छ । जसले गर्दा अनलाइन सिस्टम लागू भए पनि व्यवहारिक नभएको अवस्थामा रोजगारदाताबाटै अनलाइन सिस्टम सुरु गर्नुपर्ने बताए । कार्यक्रममा उनले नवनियुक्त श्रम सहचारी तथा काउन्सेलरहरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै व्यवसायीहरू निरन्तर सम्पर्कमा रहने भन्दै सहकार्य गरेर अघि बढन सुझाव दिएका छन् । त्यस्तै, कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालले रोजगारदाता मुलुकमा विद्यमान अप्ठ्याराहरू बुझेर नेपाल सरकारलाई अवगत गराउन नवनियुक्त श्रम सहचारीहरूलाई सुझाव दिएका छन् । त्यस्तै, संघकै पूर्वअध्यक्ष एवं सल्लाहकार विमल ढकालले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच समन्वय हुन नसक्दा व्यवसायीले अप्ठ्यारो झेल्नु परेको बताएका छन् । दुई निकायको समन्वयको अभावले व्यवसायीहरू दोहोरो मारमा परेको भन्दै यसलाई अब कम गर्न नवनियुक्त श्रम सहचारीहरूले सहजीकरण गर्न सुझाव दिए । यस्तै संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले माग प्रमाणिकरणको नाममा व्यवसायीहरूले धेरै झन्झट झेल्नुपरेको भन्दै यसलाई अनलाइन सिस्टममा लैजाने पहलका लागि आग्रह गरेका छन् । कार्यक्रममा युएईका लागि श्रम काउन्सेलरमा नियुक्त निर्मला थापाले मन्त्रालयबीचको समन्वय कायम गराउँदै वातावरण सहज बनाउनेतर्फ ध्यान दिने बताएकी छन् । त्यस्तै, साउदी अरबका लागि श्रम सहचारीमा नियुक्त जीवनकुमार राईले आफू वैदेशिक रोवगार बोर्डमा रहँदा सबैसँग सहकार्य गरेका अघि बढेको भन्दै त्यसरी नै वैदेशिक रोजगारको समस्यालाई समाधान गरेर अबको समयमा पनि सबैका सल्लाह सुझावलाई समेटेर अघि बढ्ने बताएका छन् । उनले व्यवसायी तथा सरोकारवाला निकायसँग समन्वय गर्दै आफूहरूले जिम्मेवारी निर्वाह गर्ने धारणा राखेका थिए । कतारका लागि श्रम सहचारीमा नियुक्त अनुज गौतमले नेपाल सरकार, व्यवसायी, नेपाली कामदार र कतार सरकारबीच समन्यात्मक भूमिका खेल्ने बताएका छन् । उनले पनि पहिलेको दिनमा जस्तै आगामी दिनमा पनि राम्रो गर्ने बताए ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०६:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP