Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
राजनीति
  • Home
  • राजनीति
  • हट्यो २ वर्षे श्रम स्वीकृतिको प्रावधान
हट्यो २ वर्षे श्रम स्वीकृतिको प्रावधान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २, २०७९
shram Mantaalaya
Hardik health
काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि लागू गर्दै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीसमेत वहन गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउने निर्णय गरेका हुन् ।
कामदारले धेरै झमेला मोल्नुपर्ने भएकोले सम्बन्धित मुलुकबाटै कार्य अनुमति रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय भएको छ । -एकनारायण अर्याल,सचिव, श्रम मन्त्रालय
सरकारले विशेषगरी मलेसिया र खाडी मुलुकहरुमा काम गर्न जाने नेपाली कामदारलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो । उक्त व्यवस्थाका कारण कामदारलाई रोजगारीमा हुँदाहुँदै पनि नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यात्मक अवस्था थियो । सरकारको पछिल्लो निर्णयले विदेशमा काम गर्ने कामदारहरुलाई राहत पुगेको छ । साथै, अब सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगबाट नै पुनः श्रम स्वीकृति लिन सकिने मन्त्रालयले जनाएको छ ।अव्यावहारिक देखिएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान प्रधानमन्त्रस्तरीय निर्णयबाट हटाइएको श्रम मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘सरकारले रोजगारदाता र कामदारबीच हुने सम्झौताको आधारमा श्रम स्वीकृति दिनु व्यावहारिक र लाभदायी देखेका कारण दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाइएको छ,’ श्रमसचिव एकनारायण अर्यालले भने, ‘प्रधानमन्त्रीस्तरीय निर्णयबाट यो प्रावधान हटाइएको छ । आगामी दिनमा रोजगारदाता र कामदारबीच हुने सम्झौतापत्रका आधारमा मात्रै श्रम स्वीकृति जारी हुनेछ ।’ दुई वर्षे प्रावधान हटाउनुमा नेपाली कामदारको सम्भावित उद्धार तथा राहतसँग पनि सरोकार रहेको उनले बताए । ‘मन्त्रालयले मूल्यांकन गर्दा श्रमिक कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृतिका कारण बीचमा नेपाल फर्किनुपरेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघटाई बस्नुपर्ने अवस्था देखियो,’ सचिव अर्यालले भने, ‘कामदारले धेरै झमेला मोल्नुपर्ने भएकोले सम्बन्धित मुलुकबाटै कार्य अनुमति रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय भएको छ ।’ यस्तै श्रम मन्त्रालयले बुधबार नै एक विज्ञप्ति जारी गर्दै पुनः श्रम स्वीकृतिको व्यवस्था पुनरवलोकन गर्दै गन्तव्य मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति लिन सकिने जनाएको छ । ‘वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १७ (ग) मा भएको व्यवस्था हाल प्रभावकारीरुपमा कार्यान्वयनमा नआएको कारण विदेशमा कार्यरत नेपाली श्रमिकले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन पनि पुनः नेपाल आउनुपर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितव्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्धारलगायतका सुविधा कानुनबमोजिम उपलब्ध गराउन नसकिएको पक्षलाई ख्याल गरी गन्तव्य मुलुकहरुमा नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति लिने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले मलेसियासँग जिटुजी सम्झौता गर्नुअघि तीन वर्षे श्रम स्वीकृति प्रदान गर्दै आए पनि पछि दुई वर्षमा सीमित गरेको थियो । मलेसिया तथा खाडी मुलुकमा दुई वर्षको श्रम स्वीकृति दिने व्यवस्था भए पनि सरकारले दक्षिण कोरियाका लागि चार वर्ष, इजरायल र बेलायतको हकमा पाँच वर्षे करारपत्रको आधारमा श्रम स्वीकृति दिने प्रावधान छ । दुई वर्षे प्रावधानका कारण श्रम स्वीकृतिको अवधि समाप्त भएपछि मृत्यु, अंगभंग वा बिरामी भएका थुप्रै नेपालीले नेपाल सरकारबाट पाउने सुविधा लिन वञ्चित हुनुपरेको अवस्थामा यस निर्णयले राहत दिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । सरकारले गरेको निर्णय विदेश जाने कामदारको मात्र नभएर व्यवसायीका लागिसमेत खुसीको विषय भएको उनले बताए । विदेशी रोजगारदाता पनि फेइम्स् प्रणालीमा आबद्ध हुनुपर्ने वैदेशिक रोजगार विभागले नेपाली कामदार लैजान चाहने विदेशी रोजगारदाताले पनि वैदेशिक रोजगार सूचना व्यवस्थापन (फेइम्स्) प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ । विभागले नेपाली कामदार लैजान तयारी गरिरहेका विदेशी रोजगारदाताहरुको एकीकृत अभिलेखीकरणका लागि फेइम्स्मा आबद्ध हुनुपर्ने व्यवस्था गरेको हो । विभागले मंगलबार एक सूचना जारी गर्दै नेपालमा रहेका भर्ती एजेन्सीहरू (म्यानपावर) मार्फत नेपाली आप्रवासी कामदारलाई आफ्नो कम्पनीमा भर्ना गर्ने विचार गरिरहेका सबै विदेशी रोजगारदाताहरूलाई आबद्ध हुन आग्रह गरेको छ । विदेशी रोजगारदाताहरूलाई फेइम्स्मा आबद्ध गराउन सके कामदारको स्वीकृतिका लागि आफ्नो योजनाबद्ध माग राख्न र पेस गर्न सक्ने विभागको विश्वास छ । विभागले सामान्य भर्ती प्रक्रिया र टाइमलाइनको साथमा फेइम्स् प्रणालीबाट कामदारको माग प्रमाणीकरणको कार्यलाई बढावा दिनुका साथै सरल बनाउने उल्लेख गरेको छ । यसबारे सम्बन्धित मुलुकका रोजगारदातालाई नेपालस्थित उनीहरुको दूतावासले दर्ता प्रक्रियाबारे विस्तृत निर्देशन दिने जनाइएको छ । यसबाहेक कामदार माग प्रमाणीकरण र फेइम्स् प्रणालीसम्बन्धी थप सहयोग तथा जानकारी लिनुपरे विभागमा सम्पर्क गर्न सकिने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP