Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • केन्द्रीय सरकारले नै टुँडिखेलको संरक्षण गर्न माग
केन्द्रीय सरकारले नै टुँडिखेलको संरक्षण गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
Occupy Tundikhel (3)
Hardik health
काठमाडौं – अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ । शनिबार काठमाडौंको खुल्लामञ्चमा अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजनाहरू सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । अकुपाई टुँडिखेलका अभियन्ताहरूले अहिलेसम्म आफूहरूले स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणको लागि हारगुहार गरेको तर कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रादेशिक सरकार (बाग्मती प्रदेशको सरकार) र केन्द्रीय सरकारलाई नै अब यसको संरक्षणको लागि आग्रह गरिने जानकारी दिएका हुन् । त्यस्तै, अभियानले टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लंघन भएकोले राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने पनि आगामी कार्यक्रम तय गरेको छ । युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त अमूर्त सम्पदाप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउने र चेतनशील नागरिक, नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझावलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि सङ्घर्ष गर्ने पनि अरु कार्यक्रम रहेको अभियानले जानकारी गराएको छ । कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले टुँडिखेलको संरक्षणको लागि आफूले सुरुदेखि नै आवाज उठाउँदै आएको सुनाउँदै यो अभियानलाई सार्थक बनाएरै छाड्ने स्पष्ट पारे । उनले भने,‘म संसदको वातावरण समितिमा रहँदापनि यो बारेमा बोलेको थिएँ । मैले निरन्तर आवाज उठाउँदै आएको छु ।’ टुँडिखेलको संरक्षणको लागि आफूले संसदमा समेत आवाज उठाउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा मानवअधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले टुँडिखेलको संरक्षण गर्नु मानवअधिकारको रक्षा पनि भएको स्पष्ट पारे । उनले भने,‘यो काठमाडौंको लाईफलाईन हो । यसको रक्षा गर्नु हामी सबै सचेत नागरिकको कर्तव्य र दायित्व हो । यो अभियानलाई सफल बनाउनुपर्छ । तीनै तहका सरकार हाम्रो मागप्रति गम्भिर होउन् ।’ त्यस्तै, वीर अस्पतालका पूर्व निर्देशक डा. भूपेन्द्र बस्नेतले टुँडिखेल स्वास्थ्यको दृष्टिकोणले पनि अध्यावाश्यक र महत्वपूर्ण स्थान् भएको सुनाउँदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको सुनाए । उनले भने,‘नेपालमा वीर अस्पताल भनेको स्वास्थ्य क्षेत्रको हब हो, भोलिका दिनमा वीर अस्पतालमा कुनै प्राकृतिक कारणले उपचार गर्न सकिएन भनेपनि टुँडिखेलमा अस्थायी केन्द्र बनाएर उपचार गर्ने सरकारको रणनीति छ । यो कुरालाई सबैले ध्यान दिनुपर्छ ।’ संस्कृति तथा इतिहासविद् योगेन्द्र श्रेष्ठले टुँडिखेल मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण स्थल भएको सुनाउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने,‘दुईमाजु, गुरुमापा, पाँचार्य यस्ता विभिन्न सांस्कृतिक पर्वहरू यो ठाउँमा हुने गरेका छन् । त्यसैले यो क्षेत्रलाई पुरानै स्वरूपमा फर्काउनुपर्छ ।’ कार्यक्रममा अभियानका प्रवक्ता सञ्जय अधिकारीले जारी विज्ञप्ती वाचन गरेका थिए । उक्त अभियानले पुर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाइ सो क्षेत्रको मुर्त तथा अमुर्त अवयवहरूको अस्तित्व संरक्षण र संवर्द्धन गर्न लगाउने तथा काठमाडौं महानगरपालिकाको अनुगमन समितिको अनुगमन प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न जनदबाब दिनको लागि यही माघ २३ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेट्ने कार्यक्रमसमेत तय भएको प्रवक्ता अधिकारीले जानकारी दिए । अभियानले अहिलेसम्म हाँसिल गरेको उपलब्धिमा खुल्ला ठाउँको पक्षमा जनमत निर्माण गरेको, स्थानीय सरकारलाई झकझक्याई उत्तरदायी बनाउने प्रयास गरेको, पूर्व प्रधानमन्त्री, तत्कालीन शहरी विकास राज्यमन्त्री, पूर्व मन्त्रीलगायत प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका निर्वाचित जनप्रतिनिधि लगायतका राजनीतिज्ञहरूलाई भेटेको र उनीहरूलाई झक्झकाएको, नागरिक समाजका अगुवाहरूलाई भेटेर झक्झकायो, वडा नं २८ लाई यो सम्बन्धमा संवेदनशिल बनाई टुँडिखेलको अतिक्रमण हटाउन सहकार्य गरेको, का.म.पा. मा पटक पटक निवेदन दर्ता गरी न्यायिक समितिको संयोजक लगायतबाट अनुगमन गराई सोको प्रतिवेदन पेश गराइएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएको सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरुवात गरेको उल्लेख गरेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP