Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रोजगारीले बदल्यो महिलाको दैनिकी
रोजगारीले बदल्यो महिलाको दैनिकी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
Hardik health
दमौली–तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी कोपिला अर्याल घरमा बस्दा फेसबुक चलाउने, युट्युब हेर्ने काम गर्थे । उनलाई दिन बिताउनका लागि मोबाइल चलाउनुपर्ने बाध्यता थियो । तर माघ महिना शुरु भएसँगै उनलाई दिउँसोको समयमा मोबाइल चलाउने फुर्सद छैन । वडा नं ५ बेलचौतारामा स्थापना भएको ढुङ्ग्रो उद्योगले उनको दैनिकी बदलिदिएको छ । ‘श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ, म घरमा एक्लै छु’ अर्यालले भने, ‘घरमा यत्तिकै बस्दा दिन कटाउन पनि गाह्रो हुन्थ्यो, मोबाइल चलाउँदै बस्नुको विकल्प थिएन, तर अहिले उद्योगमा काम गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको छ ।’ उनको बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म उद्योगमा काम गर्दा समय बित्ने गरेको छ । ‘पहिला दिउँसोको समयमा हातमा मोबाइल हुन्थ्यो, अहिले ढुङ्ग्रो हुन्छ’ अर्यालले भने । श्रीमान्ले विदेशमा १०–१२ घण्टा काम गर्ने गरेको र अहिले आफूले पनि काम गर्न थालेपछि कामको महत्व पनि बुझेको अर्यालले बताए । उद्योगले सीप सिकाउनुका साथै आम्दानीको स्रोत पनि बनाएको उनले बताए । खैरेनीटारकै इन्द्रा अर्यालको पनि दिउँसोको समय त्यत्तिकै बित्थ्यो । उनको पनि उद्योगमा काम गर्न थालेपछि दैनिकी फेरिएको छ । बिहान चाँडै नै खाना खाएर घरधन्दा सकेर दिनभर उद्योगमा काम गर्ने गरेको उनले बताए । घरमै त्यत्तिकै समय खेर फाल्नुभन्दा उद्यमशील बन्ने उद्देश्यसहित उद्योगमा काम गर्न शुरु गरेको उनले जानकारी दिए । ‘घरमै बसेर खेर जाने समयको सदुपयोग गर्दा आम्दानीको स्रोत पनि भएको छ’ उनले भने । व्यास नगरपालिका–१० घर भई हाल शुक्लागण्डकी–५ बेलचौतारा बस्ने विष्णु थापाले रोजगारीले आम्दानीको स्रोत भएकाले केही कुरा किन्नुपर्दा श्रीमान्को भर पर्नु नपरेको बताए । ‘केही कुरा किन्न पर्दा श्रीमान्सँग पैसा माग्नुपथ्र्यो, अहिले आफैँले पनि अलि–अलि कमाउन थालेपछि श्रीमान्को भर पर्नुपरेको छैन्’ उनले भने । माछापुच्छ्रे फुड प्रोडक्टमा उनीहरूसहित ३० महिला र पाँच पुरुषले रोजगारी पाएका छन् । सबै महिला शुक्लागण्डकी आसपासका हुन् । स्थानीय पवनकुमार ढकाल, सुरज श्रेष्ठ, ढाकाराम सुवेदी, जयशंकर यादव र अभिषेक यादवको संयुक्त लगानीमा यही माघ १ गतेदेखि उद्योग सञ्चालनमा आएको छ । लगानीकर्ता ढकालको जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ । उद्योगमा हालसम्म ३५ लाख लगानी भएको सञ्चालक ढकालले जानकारी दिए । उक्त उद्योगबाट हाल ढुङ्ग्रोमात्रै उत्पादन भइरहेको र निकट भविष्यमा चिजबललगायत पनि उत्पादन शुरु गरिने उनले बताए । ‘शुरुआती चरण भएको भएर अन्य सामग्री उत्पादन गर्न सकेका छैनौँ, तर केही समय पछाडि अन्य सामग्री पनि उत्पादन गर्ने गरी काम थालेका छौँ’ उनले भने । उनका अनुसार उद्योगबाट हाल ७० प्याकेट ढुङ्ग्रा उत्पादन भइरहेको र मागअनुसार पुर्याउन कठिन भइरहेको छ । उद्योगबाट उत्पादित ढुङ्ग्रा तनहुँको शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, भीमाद नगरपालिकाका साथै पोखरा, नारायणगढ, बागलुङ, स्याङ्जालगायतका ठाउँमा निर्यात हुने गरेको छ । ‘बजारको कुनै समस्या छैन, शुरुआत भएका कारण मागअनुसारको उत्पादन पनि गर्न सकिरहेका छैनौँ’ ढकालले भने । उद्योगमा काम गर्ने कामदारलाई हाल दैनिक २०० का दरले पारिश्रमिक दिइएको र केही समय पछि मासिकरूपमा नै पारिश्रमिक दिइने उनले जानकारी दिए । रासस
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP