Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रोजगारीले बदल्यो महिलाको दैनिकी
रोजगारीले बदल्यो महिलाको दैनिकी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
Hardik health
दमौली–तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी कोपिला अर्याल घरमा बस्दा फेसबुक चलाउने, युट्युब हेर्ने काम गर्थे । उनलाई दिन बिताउनका लागि मोबाइल चलाउनुपर्ने बाध्यता थियो । तर माघ महिना शुरु भएसँगै उनलाई दिउँसोको समयमा मोबाइल चलाउने फुर्सद छैन । वडा नं ५ बेलचौतारामा स्थापना भएको ढुङ्ग्रो उद्योगले उनको दैनिकी बदलिदिएको छ । ‘श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ, म घरमा एक्लै छु’ अर्यालले भने, ‘घरमा यत्तिकै बस्दा दिन कटाउन पनि गाह्रो हुन्थ्यो, मोबाइल चलाउँदै बस्नुको विकल्प थिएन, तर अहिले उद्योगमा काम गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको छ ।’ उनको बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म उद्योगमा काम गर्दा समय बित्ने गरेको छ । ‘पहिला दिउँसोको समयमा हातमा मोबाइल हुन्थ्यो, अहिले ढुङ्ग्रो हुन्छ’ अर्यालले भने । श्रीमान्ले विदेशमा १०–१२ घण्टा काम गर्ने गरेको र अहिले आफूले पनि काम गर्न थालेपछि कामको महत्व पनि बुझेको अर्यालले बताए । उद्योगले सीप सिकाउनुका साथै आम्दानीको स्रोत पनि बनाएको उनले बताए । खैरेनीटारकै इन्द्रा अर्यालको पनि दिउँसोको समय त्यत्तिकै बित्थ्यो । उनको पनि उद्योगमा काम गर्न थालेपछि दैनिकी फेरिएको छ । बिहान चाँडै नै खाना खाएर घरधन्दा सकेर दिनभर उद्योगमा काम गर्ने गरेको उनले बताए । घरमै त्यत्तिकै समय खेर फाल्नुभन्दा उद्यमशील बन्ने उद्देश्यसहित उद्योगमा काम गर्न शुरु गरेको उनले जानकारी दिए । ‘घरमै बसेर खेर जाने समयको सदुपयोग गर्दा आम्दानीको स्रोत पनि भएको छ’ उनले भने । व्यास नगरपालिका–१० घर भई हाल शुक्लागण्डकी–५ बेलचौतारा बस्ने विष्णु थापाले रोजगारीले आम्दानीको स्रोत भएकाले केही कुरा किन्नुपर्दा श्रीमान्को भर पर्नु नपरेको बताए । ‘केही कुरा किन्न पर्दा श्रीमान्सँग पैसा माग्नुपथ्र्यो, अहिले आफैँले पनि अलि–अलि कमाउन थालेपछि श्रीमान्को भर पर्नुपरेको छैन्’ उनले भने । माछापुच्छ्रे फुड प्रोडक्टमा उनीहरूसहित ३० महिला र पाँच पुरुषले रोजगारी पाएका छन् । सबै महिला शुक्लागण्डकी आसपासका हुन् । स्थानीय पवनकुमार ढकाल, सुरज श्रेष्ठ, ढाकाराम सुवेदी, जयशंकर यादव र अभिषेक यादवको संयुक्त लगानीमा यही माघ १ गतेदेखि उद्योग सञ्चालनमा आएको छ । लगानीकर्ता ढकालको जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ । उद्योगमा हालसम्म ३५ लाख लगानी भएको सञ्चालक ढकालले जानकारी दिए । उक्त उद्योगबाट हाल ढुङ्ग्रोमात्रै उत्पादन भइरहेको र निकट भविष्यमा चिजबललगायत पनि उत्पादन शुरु गरिने उनले बताए । ‘शुरुआती चरण भएको भएर अन्य सामग्री उत्पादन गर्न सकेका छैनौँ, तर केही समय पछाडि अन्य सामग्री पनि उत्पादन गर्ने गरी काम थालेका छौँ’ उनले भने । उनका अनुसार उद्योगबाट हाल ७० प्याकेट ढुङ्ग्रा उत्पादन भइरहेको र मागअनुसार पुर्याउन कठिन भइरहेको छ । उद्योगबाट उत्पादित ढुङ्ग्रा तनहुँको शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, भीमाद नगरपालिकाका साथै पोखरा, नारायणगढ, बागलुङ, स्याङ्जालगायतका ठाउँमा निर्यात हुने गरेको छ । ‘बजारको कुनै समस्या छैन, शुरुआत भएका कारण मागअनुसारको उत्पादन पनि गर्न सकिरहेका छैनौँ’ ढकालले भने । उद्योगमा काम गर्ने कामदारलाई हाल दैनिक २०० का दरले पारिश्रमिक दिइएको र केही समय पछि मासिकरूपमा नै पारिश्रमिक दिइने उनले जानकारी दिए । रासस
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP