Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • मदिराका विरुद्ध साझा कानुन बनाउने तयारी
मदिराका विरुद्ध साझा कानुन बनाउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
meeting
Hardik health
धनगढी–कैलालीका स्थानीयतहहरूले अनियन्त्रीत मदिराको विक्रीवितरणलाई नियन्त्रण गर्नका लागि साझा कानुन बनाउने तयारी भएको छ । शनिवार धनगढीमा बसेको कैलालीका १३ वटै स्थानीयतहको बैठकले मदिराको विक्रीवितरणलाई ब्यवस्थित बनाउनका लागि साझा कानुन ल्याउने निर्णय गरेको हो । कानुन निर्माणका लागि जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ । सदस्यहरूमा धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र टिकापुर नगरपालिकाका कानुनी सल्लाहकार रहने निर्णय गरिएको छ । समितिले एक महिना भित्र मस्यौदा तयार पारेर स्थानीयतहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए । उनले भने, ‘साझा कानुन बनाउनुपर्ने भएकाले यसलाई जिल्ला सभाले पास गर्ने छ ।’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै गएकाले साझा कानुन बनाएर कडाई गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘मदिराका कारण घरेलु हिंसाका घटना बढेका छन् त्यही घटना आत्महत्यामा परिणत भएका छन् ।’ नगरप्रमुख वडले कैलालीमा दैनिक जसो आत्महत्या र अपराधका घटना बढ्नुको पछाडी अनियन्त्रीत मदिराको विक्रीवितरण भएको बताए । नगरप्रमुख वडाका अनुसार कानुनमा मदिरा विक्रीवितरण गर्ने समय, क्षेत्रलगायत मदिरा सेवन गर्नेका लागि समेत कार्डको ब्यबस्था गर्ने गरि कानुन ल्याउन लागिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मदिराको विक्रीवितरणलाई व्यवस्थीत गर्ने, लागुपर्दाथको दुव्र्यशनलाई न्यूनिकरण गर्नका लागि अभियान चलाउनेलगायतका निर्णय भएको बताए । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लागुपदार्थको दुव्र्यशनलाई न्यूनिकरण गर्नका लागि सबै स्थानीयतहहरूबाट दुई जनालाई श्रोत ब्यक्तिको रूपमा तयार पार्ने निर्णय भएको बताईन् । उनले भनिन्, ‘ती ब्यक्तिलाई विज्ञ प्रशिक्षकहरूबाट तालिम दिईने छ त्यसको समन्वय धनगढी उप–महानगरपालिकाले गर्ने छ ।’ समन्वय बैठकको अध्यक्षता धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरेका थिए ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP