Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बिक्री हुन छाड्यो ‘बगनासी साँचो’
बिक्री हुन छाड्यो ‘बगनासी साँचो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
Hardik health
पाल्पा–पाल्पाको बगनासकाली गाउँपालिका–९, बगनासमा उत्पादित ‘बगनासी साँचो’ बिक्री नहुँदा व्यवसायी चिन्तित बनेका छन् । विश्वकर्मा समुदायले उत्पादित ‘बगनासी साँचो’ प्रति उपभोक्ताको आकर्षण नहुँदा साँचो उत्पादन गर्ने व्यवसाय नै धरापमा परेको हो । उत्पादित साँचोसमेत बिक्री हुन छाडेको छ । अब व्यवसायी थप उत्पादन गर्ने सोचमा छैनन् । लगानी गरेर उत्पादित साँचोले बजार पाउन नसक्दा व्यवसायी चिन्तित छन् । व्यवसायी टेकबहादुर विश्वकर्माले पहिलाको तुलनामा अहिले साँचोको कारोबार हुन नसकेकोमा चिन्तित छन् । “लगानी गरेर साँचो बनाउनुपर्छ तर बिक्री नहुँदा घाटा हुन्छ”, विश्वकर्माले भन्नुभयो, “कसैले साँचो बनाइदिनु पर्याे भनेमा मात्र उत्पादन हुन्छ, अरू समयमा साँचो उत्पादन हुन छाडेको छ ।” भारतीय र चिनियाँ मेशिनद्वारा उत्पादित साँचोे नेपाली बजारमा सस्तो मूल्यमा पाइन्छ । सस्तो, सानो र आकर्षक साँचो बजारमा पाउन थालेपछि यहाँ उत्पादित साँचोको प्रयोगप्रति आकर्षण घट्दो छ । पहिला साँचो उत्पादन गर्ने घरहरूमा समेत अहिले बजारको साँचो प्रयोग गर्न थालेका छन् । पहिला पाल्पा, गुल्मी, स्याङ्जा, रूपन्देही, अर्घाखाँची, प्यूठानलगायत जिल्लाबाट समेत नयाँ साँचोको आपूर्ति हुँदै आएको थियो तर पछिल्ला दश–बाह्र वर्ष उत्पादनका लागि माग हुन छाडेको छ । बिग्रिएका साँचो मर्मतका लागि अझै केही मानिसहरू आउँछन् तर नयाँ साँचोको माग पहिलाको तुलनामा शून्यजस्तो रहेकामा व्यवसायी चिन्तित छन् । बगनासी साँचोको प्रयोगमा कमी आएकाले आफूले उत्पादन गर्दै आएको साँचो बिक्री हुन नसकेको गुनासो उत्पादक टेकबहादुर विश्वकर्माको छ । साँचो उत्पादन गर्ने व्यवसायीले अहिले अन्य काम गर्न थालेको विश्वकर्माको दाबी छ । स्थानीय बासिन्दा शुक्रमाया विश्वकर्माले पहिलाका तुलनामा अहिले वर्षमा एक–दुईवटा मात्र बिक्री हुने बताउनुभयो । बिक्री हुन छाडेपछि उत्पादनमा पनि कमी हुँदै आएको र यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण हुन नसकेको उहाँले बताउनुभयो । युवा व्यवसायी शिव विश्वकर्माका अनुसार बगनासी साँचोलाई आधुनिकीकरण गर्न सकेको अवस्थामा मात्र यो साँचो संरक्षण हुने बताउनुभयो । उहाँले परम्परागत रूपमा साँचो उत्पादन गर्दा श्रमअनुसारको ज्यालासमेत उठाउन गाह्रो भएकाले अब बगनासी साँचोलाई मेशिनबाट उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । बगनासमा उत्पादित साँचोलाई पाँच–सात सय रूपैयाँ पर्ने हुँदा प्रयोगकर्ता सय–डेढ सय मूल्यका साँचो प्रयोग गर्दै आएका छन् । साँचोको मूल्य महँगो हुँदा लोप हुने अवस्थामा पुगेको हो । मेशिनले निर्माण गरिएका साँचोको मूल्यमा कमी हुनु र युवा पुस्ताले साँचो बनाउन आकर्षित नभएपछि यो साँचो बिस्तारै हराउने शुक्रमाया विश्वकर्माको दाबी छ । साँचोको माथिल्लो भागको डण्डी रहेको र जुन डण्डी एक साइड खुल्ने र अर्को साइड घुमाउन मिल्ने डण्डी रहेको छ । डण्डीलाई प्वालभित्र राखेर साँचोको तल्लोमा चाबीले खोल्ने र बन्द हुने हुन्छ । रासस
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP