Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बिक्री हुन छाड्यो ‘बगनासी साँचो’
बिक्री हुन छाड्यो ‘बगनासी साँचो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
Hardik health
पाल्पा–पाल्पाको बगनासकाली गाउँपालिका–९, बगनासमा उत्पादित ‘बगनासी साँचो’ बिक्री नहुँदा व्यवसायी चिन्तित बनेका छन् । विश्वकर्मा समुदायले उत्पादित ‘बगनासी साँचो’ प्रति उपभोक्ताको आकर्षण नहुँदा साँचो उत्पादन गर्ने व्यवसाय नै धरापमा परेको हो । उत्पादित साँचोसमेत बिक्री हुन छाडेको छ । अब व्यवसायी थप उत्पादन गर्ने सोचमा छैनन् । लगानी गरेर उत्पादित साँचोले बजार पाउन नसक्दा व्यवसायी चिन्तित छन् । व्यवसायी टेकबहादुर विश्वकर्माले पहिलाको तुलनामा अहिले साँचोको कारोबार हुन नसकेकोमा चिन्तित छन् । “लगानी गरेर साँचो बनाउनुपर्छ तर बिक्री नहुँदा घाटा हुन्छ”, विश्वकर्माले भन्नुभयो, “कसैले साँचो बनाइदिनु पर्याे भनेमा मात्र उत्पादन हुन्छ, अरू समयमा साँचो उत्पादन हुन छाडेको छ ।” भारतीय र चिनियाँ मेशिनद्वारा उत्पादित साँचोे नेपाली बजारमा सस्तो मूल्यमा पाइन्छ । सस्तो, सानो र आकर्षक साँचो बजारमा पाउन थालेपछि यहाँ उत्पादित साँचोको प्रयोगप्रति आकर्षण घट्दो छ । पहिला साँचो उत्पादन गर्ने घरहरूमा समेत अहिले बजारको साँचो प्रयोग गर्न थालेका छन् । पहिला पाल्पा, गुल्मी, स्याङ्जा, रूपन्देही, अर्घाखाँची, प्यूठानलगायत जिल्लाबाट समेत नयाँ साँचोको आपूर्ति हुँदै आएको थियो तर पछिल्ला दश–बाह्र वर्ष उत्पादनका लागि माग हुन छाडेको छ । बिग्रिएका साँचो मर्मतका लागि अझै केही मानिसहरू आउँछन् तर नयाँ साँचोको माग पहिलाको तुलनामा शून्यजस्तो रहेकामा व्यवसायी चिन्तित छन् । बगनासी साँचोको प्रयोगमा कमी आएकाले आफूले उत्पादन गर्दै आएको साँचो बिक्री हुन नसकेको गुनासो उत्पादक टेकबहादुर विश्वकर्माको छ । साँचो उत्पादन गर्ने व्यवसायीले अहिले अन्य काम गर्न थालेको विश्वकर्माको दाबी छ । स्थानीय बासिन्दा शुक्रमाया विश्वकर्माले पहिलाका तुलनामा अहिले वर्षमा एक–दुईवटा मात्र बिक्री हुने बताउनुभयो । बिक्री हुन छाडेपछि उत्पादनमा पनि कमी हुँदै आएको र यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण हुन नसकेको उहाँले बताउनुभयो । युवा व्यवसायी शिव विश्वकर्माका अनुसार बगनासी साँचोलाई आधुनिकीकरण गर्न सकेको अवस्थामा मात्र यो साँचो संरक्षण हुने बताउनुभयो । उहाँले परम्परागत रूपमा साँचो उत्पादन गर्दा श्रमअनुसारको ज्यालासमेत उठाउन गाह्रो भएकाले अब बगनासी साँचोलाई मेशिनबाट उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । बगनासमा उत्पादित साँचोलाई पाँच–सात सय रूपैयाँ पर्ने हुँदा प्रयोगकर्ता सय–डेढ सय मूल्यका साँचो प्रयोग गर्दै आएका छन् । साँचोको मूल्य महँगो हुँदा लोप हुने अवस्थामा पुगेको हो । मेशिनले निर्माण गरिएका साँचोको मूल्यमा कमी हुनु र युवा पुस्ताले साँचो बनाउन आकर्षित नभएपछि यो साँचो बिस्तारै हराउने शुक्रमाया विश्वकर्माको दाबी छ । साँचोको माथिल्लो भागको डण्डी रहेको र जुन डण्डी एक साइड खुल्ने र अर्को साइड घुमाउन मिल्ने डण्डी रहेको छ । डण्डीलाई प्वालभित्र राखेर साँचोको तल्लोमा चाबीले खोल्ने र बन्द हुने हुन्छ । रासस
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP