Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २५, २०७९
Hardik health
सियोल- दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको छ । आणविक शक्ति सम्पन्न उत्तर कोरियाले थप उत्तेजक प्रतिबन्धित हतियार परीक्षण गरिरहेको छ । जवाफमा सियोलले वासिङ्टनसँग सुरक्षा सहयोग बढाउन कदम चालेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब बिन्दुमा पुगेको छ । गत वर्ष किम जोङ उनको सरकारले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र सहयोगी सियोलको रक्षाका लागि अमेरिकाले यस क्षेत्रमा थप सम्पत्ति स्थानान्तरण गर्न खोजिरहेको बेला सामरिक आणविक हतियारसहित हतियारको उत्पादनमा तीव्र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सियोलको ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले उत्तर कोरियाको पश्चिमी बन्दरगाह शहर नाम्पोबाट स्थानीय समयअनुसार साँझ ६ः२० बजे छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको जनाएको छ । “हामीले निगरानी र सतर्कता लाई मजबुत बनाएका छौँ । हाम्रो सेनाले अमेरिकासँग नजिकबाट सहकार्य गर्दै प्रतिवादको पूर्ण तयारी गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम आत्मरक्षाका लागि भएको दाबी गर्दै आएको छ र अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको संज्ञा दिँदै आएको छ । यसै साताको सुरुमा उत्तर कोरियाले अमेरिकाले ‘जानाजानी’ तनाव बढाएको आरोप लगाएको थियो र किमकी शक्तिशाली बहिनीले प्योङयाङको क्षेप्यास्त्र परीक्षणलाई अमेरिकाले रोकेमा यसलाई ‘युद्धको स्पष्ट घोषणा’ का रूपमा हेर्ने चेतावनी दिनुभएको थियो ।सन् २०१९ मा किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता असफल भएपछि कूटनीतिक सम्वाद अवरुद्ध भएको छ र उत्तर कोरियाले सैन्य विकासमा दोब्बर वृद्धि गरेको छ । प्योङयाङको बढ्दो खतराको सामना गर्दै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले टोकियो र वासिङ्टनसँग कूटनीतिक सम्बन्ध र सुरक्षा सहयोग बढाउन कदम चालेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २६ मा युनलाई राजकीय भ्रमणका लागि स्वागत गर्ने छन् भने दक्षिण कोरियाली नेताले अर्को हप्ता टोकियोको पनि भ्रमण गर्ने उहाँको कार्यालयले जनाएको छ । यसै महिना अमेरिका र दक्षिण कोरियाली सेनाले पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।’फ्रिडम शिल्ड’ नाम दिइएको र मार्च १३ देखि कम्तीमा १० दिनका लागि तय गरिएको उक्त अभ्यासअघि मित्रराष्ट्रहरूले यसै साता आणविक क्षमता भएको अमेरिकी बी–५२ हेभी बमवर्षक विमानसहितको हवाई अभ्यास गरेका थिए । सियोलस्थित इवा विश्वविद्यालयका प्राध्यापक लीफ–एरिक इस्लेले भन्नुभयो, “यो सम्भवतः उत्तर कोरियाको उत्तेजक परीक्षणको शृङ्खलाको सुरुवात मात्र हो ।”उनले भने, “प्योङयाङले अमेरिका र दक्षिण कोरियाको प्रमुख रक्षा अभ्यासका साथै जापानका प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हुने राष्ट्रपति युनको आगामी शिखर वार्तालाई सावधानीपूर्वक लिएको बताएको छ । “किम सरकारले लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न आदेश दिन सक्छ, जासुसी उपग्रह प्रक्षेपणको प्रयास गर्न सक्छ, ठोस ईन्धन इन्जिन प्रदर्शन गर्न सक्छ र सम्भवतः आणविक परीक्षण पनि गर्न सक्छ,” उनले भने । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासपछि आफ्नो क्षेप्यास्त्र परीक्षण र सैन्य अभ्यासलाई न्यायोचित प्रतिकारको रूपमा प्रस्तुत गरेको छ । गत हप्ता उसले संयुक्त राष्ट्रसङ्घलाई यी अभ्यासहरू रोक्न आग्रह गरेको थियो र आफ्नो आणविक हतियारले यस क्षेत्रमा शक्ति सन्तुलन सुनिश्चित गरेको बताएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
काबुलमा विद्यालय खोल्न अपिल
काबुलमा विद्यालय खोल्न अपिल सोमबार, चैत ९, २०८२
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत सोमबार, चैत ९, २०८२
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत सोमबार, चैत ९, २०८२
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता सोमबार, चैत ९, २०८२
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP