Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २३, २०७९
amir quatar
Hardik health
एजेन्सी - कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्  । अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका हुन् । विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् । गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गर्नुभएका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएका हुन् । उनले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेका थिए । बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुन्। कतारी अमिरको उमेर पनि उनकै हाराहारीमा छ । गृहमन्त्री पनि उनीहरूकै समकालीन हुन्। पचपन्न वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख हुन्। केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानी विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष मध्येको एक कतार लगानी प्राधिकरणको अध्यक्ष बनेका छन्  । यसअघि नयाँ प्रधानमन्त्रीले उक्त पद सम्हालेका थिए । नयाँ सरकारमा रक्षामन्त्री खालिद बिन मुहम्मद अल–अतियाह उपप्रधानमन्त्री बनेका छन् । वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गरेका थिए । अठार वर्षअघि उनले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गरेका थिए । अमेरिका समर्थक वर्तमान अमिरले देशको विदेश नीतिमा कुनै ठूलो परिवर्तन गरेका छैनन् । यद्यपि विशाल प्राकृतिक ग्यास भण्डार भएको सानो राज्य कतारले वैभवशाली राष्ट्रका रूपमा आफ्नो परिचय अन्तर्राष्ट्रिय जगत्मा स्थापित गरेको छ । अघिल्लो दशकको तुलनामा जनसङ्ख्या एक तिहाइले बढेर तीस लाख पुगेको छ । आप्रवासी कामदारहरूका कारण त्यसो भएको हो । कतारका आप्रवासी कामदारमाथि राज्यले गर्ने व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बेलाबेलामा यो सानो राष्ट्रको चर्चा परिचर्चा पनि हुने गरेको छ । राजनीतिक दलहरू अझै पनि प्रतिबन्धित छन् तर कतारीहरूले सन् २०२१ मा एक परामर्श परिषद्को पहिलो प्रत्यक्ष चुनावमा भाग लिए । कतारले अन्तर्राष्ट्रिय खेलकुदको केन्द्र बन्ने अभियानको रूपमा गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्‍याे भने भूराजनीतिक विवादहरूमा ठूलो कूटनीतिक र मध्यस्थताको भूमिका पनि खोजेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
काबुलमा विद्यालय खोल्न अपिल
काबुलमा विद्यालय खोल्न अपिल सोमबार, चैत ९, २०८२
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत सोमबार, चैत ९, २०८२
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत सोमबार, चैत ९, २०८२
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता सोमबार, चैत ९, २०८२
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP