Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • वाक् स्वतन्त्रता खोसेको आरोप
वाक् स्वतन्त्रता खोसेको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
lochhar
Hardik health
रोशी (काभ्रे)– सञ्चारमन्त्री माननीय बहादुरसिंह तामाङले सरकारले वाक स्वतन्त्रता खोसेको आरोप लगाएका छन् । बुधबार काभ्रे जिल्लाको रोशी गाउँपालिका–८ खार्पाचोकमा खार्पाचोक युवा क्लबद्वारा आयोजित ल्होछार कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद तामाङले सरकारले निरंकुशता अंगालेको भन्दै वाक स्वतन्त्रता खोसेको आरोप लगाए । सञ्चार विधेयकमा जबरजस्ती जनताको वाक स्वतन्त्रता हक खोसेर सरकारले निरंकुशता अंगालेको उनले बताएका छन् । उनले तत्कालीन समयमा नेकपा माओवादीले नुवाकोटको ककनीमा ताम्सालिङ घोषणा क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निम्तो गर्दाखेरी सिंहदरबारको डबलीबाट घोषणा गर्ने हो भने उपस्थित हुनेछु नत्र आश्वासन सुन्न मात्रै नआउने जवाफ दिएको स्मरण गरे । यसैगरी बिशेष अतिथि पूर्व सभासद एवं नेका काभ्रे क्षेत्र नम्बर १ का सभापति तिर्थबहादुर लामाले बहुजातीय र समतामूलक समाजमा सांस्कृतिक अपनत्व सबैले स्विकार्नुपर्ने बताए र उनले थपे विगतमा शासन र प्रशासन तहमा पिछडिएका समुदायको उपस्थिति गराउनुपर्छ भनेर हिंसात्मक आन्दोलन गरे तर त्यसको प्रतिफल ठिक उल्टो भएर नारामा सिमित भएको छ । यसैगरी रोशी गाउँपालिका अध्यक्ष डिबी मोक्तानले पुर्खाहरूले भिमफेदीमा गाडी र रानीवनबाट दाउरा बोकेको इतिहास नभुलेको बताउँदै माओवादी आन्दोलनले पनि मुक्तिको नाममा समुदायको हितमा आधार बनाउन नसकेको जिकिर गरे । उनले थपे सबैको सहअस्तित्व स्विकार्दै बसेका नेपालीले आफ्नो घरटोल र समुदायबाट संस्कार संस्कृति जोगाए मात्रै बृहतरूपमा उल्लेख जागरण हुनसक्छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले एकले अर्कोको संस्कृतिलाई सम्मान गर्न सकेमात्रै सामाजिक विकास र सांस्कृतिक समृद्धि हुने बताइन् । गापाकै प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष पदम लामाले गाउँपालिका भित्र रहेका सबै समुदायको साँस्कृतिक चाडपर्वलाई समान हैसियतमा गापाले सम्मान गरेको उल्लेख गरे । प्रशासकीय अधिकृत डमरु दाहालले प्रत्येक समुदायको संस्कृति नेपालको अमुल्य सम्पदा हुने भएकोले सम्बन्धित समुदायले र सरकार मिलेर अनुसन्धानात्मक अध्ययन गर्दै जोगाउनुपर्ने बताए । नेपाल तामाङ युवा घेदुङका केन्द्रीय उपाध्यक्ष संगम लामाले युवाहरू एक भएर लागेमात्रै पुर्खाको सांस्कृतिक नासो संरक्षण गर्न सकिने बताए । युवा घेदुङकै केन्द्रीय अध्यक्ष विलम मोक्तानले हाम्रो बाजेले चलाएको संस्कारलाई अनुसरण गर्दै समयानुकूल विकास गरेपछि मात्रै संस्कृति संरक्षण हुने बताए । कार्यक्रम प्रारम्भमा नै बुद्धपार्कको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तामाङले लामा गुरुहरूको मोलमपाठ सँगै शिलान्यास गरेका थिए । सञ्चारकर्मी मिक्साङ वाइबाद्वारा सञ्चालित कार्यक्रममा स्थानीय बाल गायिका प्राप्ति लामादेखि जादुगरसम्मले मनोरञ्जन दिएका थिए । जादुगर सुवास महत, बिशाल काल्तान, जितु लोप्चन, सुस्मा मोक्तान विजय थोकर, प्रयास दोङ, प्रतिमा, एनिशा, आशिका र प्रनिशाले आ–आफ्नो प्रस्तुति गरेका थिए । सोही वडाका अध्यक्ष मिकासजीत लामाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP