Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • राजपा नेपाल सरकारमा सहभागी हुँदैनः संयोजक यादव
राजपा नेपाल सरकारमा सहभागी हुँदैनः संयोजक यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
Hardik health
काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरूको प्राथमिकता नभएको जिकिर गरे । उनले आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे । उनले भने,‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? हामीले बुझ्न सकेका छैनौं ।’ सदन र सडक आफूहरूको नीति भएको सुनाउँदै उनले भने,‘मधेशमा भएका सहिदहरूका सपना साकार पार्नको लागि र माग पूरा गराउनको लागि हामीले कुनै पद, सरकार र उपसभामुख हाम्रो माग होईन् ।’ वर्तमान सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा आफूहरू अझैपनि विश्वस्त रहेको संयोजक यादवको भनाई छ । मधेश आन्दोलनका घाईतेहरूको अझैपनि उपचार हुन नसकेको र मुद्दा लागेका कार्यकर्ताहरू फरार रहेको सुनाउँदै उनीहरूको माग पूरा गर्नुपर्ने उनले सुझाए । यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले एकता हुने विश्वास दिलाए । उनले एकताको लागि धेरै कुरा मिलिसकेको जिकिर गरे । उनले दुवै पार्टीको बराबर संख्या भएकोले सम्मानजनक नेतृत्व मिलाउने तयारी भएको पनि स्पष्ट पारे । उनले दुई पार्टीबीचको एकता राष्ट्रिय आवश्यकत्ता भएको औंल्याए । उनले आफूहरूले चाँडोभन्दा चाँडो एकता प्रक्रिया टुंगोमा पुगोस भन्ने चाहेको पनि सुनाए । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आफूहरूको एकता नचाहेको उनको आरोप लगाए । यादवले प्रदेश नम्बर २ को राजपा नेपाल–समाजवादी पार्टीबीचको सरकारको वर्तमान गठबन्धन नटुट्ने पनि दाबी गरे । उनले भने,‘२ नम्बर प्रदेशको सरकार भनेको मधेशी, उत्पीडन, विभेदमा परेका समूदायको जनताको सरकार हो । यो सरकार ५ वर्षसम्म रहन्छ । कुनै तलमाथि हुँदैन । अहिले जसको नेतृत्वमा छ, त्यही नै रहन्छ । तर हामी यसलाई सुदृढ गर्न खोज्छौं । विकास निर्माणको प्रक्रियालाई अघि बढाउने काम गर्छौं ।’ उनले २ नम्बर प्रदेशको सरकारलाई गिराउने भनेर बाहिर हल्ला र चर्चा चलेपनि त्यसमा कुनै सत्यता नभएको भन्दै कुनै सरकार ढल्नेबारे कुनै खतरा नरहेको जिकिर गरे । डिम्पल कुमारी झाले राज्यमन्त्रीबाट दिएको राजीनामालाई पनि उनले आन्तरिक मामिलाको संज्ञा दिए । एमसिसी विद्येयक संसदमा दर्ता भएको सुनाउँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वसम्मतीमा ल्याए आफूहरूको यसबारेमा सकारात्मक सोच रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP