Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाउदैनन्
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाउदैनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
Hardik health
काठमाडौं– आगामी एक दशकमा नेपालमा निमोनियालगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च (ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया)’ पूर्वसन्ध्यामा सो आंकलन प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वमा पहिलोपटक सो मञ्चको बैठक भएको जनाइएको छ । जनस्वास्थ्यका विविध क्षेत्रको अध्ययन अनुसन्धानमा विश्व प्रसिद्ध अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयद्वारा गरिएको सो अध्ययन प्रतिवेदनका अनुसार नेपालमा निमोनियाको उपचार र रोकथाम सेवाको विस्तारले मात्र पनि पाँच वर्षमुनिका करिब नौ हजार बालबालिकालाई अकालमा मृत्यु हुनबाट जोगाउन सकिने र यस्ता सेवाको विस्तारले सिर्जना गर्नेे ‘लहर प्रभाव’ ले थप १४ हजारभन्दा धेरै बालबालिकाको अन्य रोगबाट हुने मृत्युलाई रोक्न सकिने औँल्याइएको छ । ब्याक्टेरिया, भाइरस र फङ्गी पाँच वर्षमुनिका बालबालिकमा निमोनिया हुने प्रमुख कारकतत्व मानिन्छ । यसको संक्रमणबाट बालबालिकाको फोक्सोमा पिप र पानी भरिँदा उनीहरूलाई सास फेर्न अप्ठ्यारो हुने गर्दछ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण निमोनियालाई लिइन्छ । गत वर्ष मात्र संसारभर आठ लाख बालबालिकाको मृत्युको मुख्य कारक निमोनिया बनेको थियो । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले हरेक ३९ सेकेण्डमा एक बालबालिकाले निमोनियाका कारण मृत्युवरण गर्नुपर्ने जनाएको छ । नेपालका पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको छ । पाँच वर्षमुनिका गत वर्ष मृत्यु भएका करिब १८ हजार बालबालिकामध्ये १३ प्रतिशतको मृत्यु निमोनियाका कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही किसिमका निमोनिया खोपले र कम खर्चका एन्टिबायोटिक्सले उपचार गर्न सकिने भए पनि प्रतिवेदनले नेपालका पाँचमध्ये एक शिशुले निमोनियाबाट जोगाउने खोप लगाउन नपाएका र निमोनियाका लक्षण देखिएका धेरै बालबालिकाले उचित उपचारसमेत नपाएकोे औँल्याएको छ । निमोनियाबाट मृत्यु हुने बालबालिकाको संख्या विश्वका गरिब देशमा धेरै रहेका छन् । सीमान्तकृत बालबालिका सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । प्रतिवेदनले सन् २०२० देखि २०३० को दशकमा नेपालका पाँच वर्षभन्दा कम उमेरका १८ हजारभन्दा धेरै बालबालिकाको मृत्यु निमोनियाका कारण हुने अनुमान लगाएको छ । यसैगरी निमोनियाबाट अल्जेरियामा १४ लाख, भारतमा ८८ लाख, कङ्गोमा ३५ लाख र इथियोपियामा दुई लाख ८० हजार बालबालिकाको मृत्यु हुने अनुमान प्रतिवेदनमा रहेको छ । प्रतिवेदनले स्वास्थ्य सेवा प्रवाह र पोषणको अवस्थामा सुधार, एन्टिबायोटिक्सको सहज उपलब्धता र पूर्ण खोप, स्तनपानको दरमा बृद्धिजस्ता पहलले निमोनियाबाट मृत्यु भइरहेका बालबालिकाको संख्या घटाउन सकिने दिएको छ । ती पहलले सेप्सिस, झाडापखाला र मेनिन्जाइटिसजस्ता रोगबाट मृत्यु हुनसक्ने हजारौँ बालबालिकालाई पनि जोगाउन सकिने जनाएको छ । ‘बालबालिकाको जीवन जोगाउने कुरामा हामी गम्भीर छौँ भने निमोनियासँग लड्नका लागि पनि गम्भीर हुनुपर्छ । अहिलेको कोरोना भाइरसको महामारीले पनि समयमै पहिचान र रोकथामका लागि जोड दिएका छ । यसको अर्थ सही निदान र सही उपचारको सिफारिस हुनुपर्छ,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा एच फोरलले मञ्चको बैठकमा भने, ‘निमोनियाबाट हुने मृत्युको पछाडिका कारणजस्तै कुपोषण, खोप र एन्टिबायोटिक्सको अभावको सम्बोधन र वायु प्रदूषणजस्ता थप जटिल चुनौतीको सामना गर्नुपर्छ ।’ माघ १७ गतेसम्म जारी रहने सो मञ्चको आयोजना आइएस ग्लोबल, सेभ द चिल्ड्रेन, युनिसेफ, एभ्रीब्रिद काउन्ट्स, लाकाइसा फाउन्डेसन, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन, युएसएड, युनाइटेड र गाभीजस्ता बालबालिकाका क्षेत्रमा काम गर्ने नौवटा सस्थाले संयुक्तरूपमा गरेका हुन् । साथै मञ्चबाट सेरुम इन्स्टिच्युट अफ इन्डियाले थप सुलभ पिसिभीखोपको घोषणा गर्ने र सहभागी देशले निमोनियाबाट हुने मृत्युलाई घटाउन थप राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने यहाँस्थित युनिसेफ कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP