Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाउदैनन्
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाउदैनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
Hardik health
काठमाडौं– आगामी एक दशकमा नेपालमा निमोनियालगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च (ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया)’ पूर्वसन्ध्यामा सो आंकलन प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वमा पहिलोपटक सो मञ्चको बैठक भएको जनाइएको छ । जनस्वास्थ्यका विविध क्षेत्रको अध्ययन अनुसन्धानमा विश्व प्रसिद्ध अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयद्वारा गरिएको सो अध्ययन प्रतिवेदनका अनुसार नेपालमा निमोनियाको उपचार र रोकथाम सेवाको विस्तारले मात्र पनि पाँच वर्षमुनिका करिब नौ हजार बालबालिकालाई अकालमा मृत्यु हुनबाट जोगाउन सकिने र यस्ता सेवाको विस्तारले सिर्जना गर्नेे ‘लहर प्रभाव’ ले थप १४ हजारभन्दा धेरै बालबालिकाको अन्य रोगबाट हुने मृत्युलाई रोक्न सकिने औँल्याइएको छ । ब्याक्टेरिया, भाइरस र फङ्गी पाँच वर्षमुनिका बालबालिकमा निमोनिया हुने प्रमुख कारकतत्व मानिन्छ । यसको संक्रमणबाट बालबालिकाको फोक्सोमा पिप र पानी भरिँदा उनीहरूलाई सास फेर्न अप्ठ्यारो हुने गर्दछ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण निमोनियालाई लिइन्छ । गत वर्ष मात्र संसारभर आठ लाख बालबालिकाको मृत्युको मुख्य कारक निमोनिया बनेको थियो । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले हरेक ३९ सेकेण्डमा एक बालबालिकाले निमोनियाका कारण मृत्युवरण गर्नुपर्ने जनाएको छ । नेपालका पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको छ । पाँच वर्षमुनिका गत वर्ष मृत्यु भएका करिब १८ हजार बालबालिकामध्ये १३ प्रतिशतको मृत्यु निमोनियाका कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही किसिमका निमोनिया खोपले र कम खर्चका एन्टिबायोटिक्सले उपचार गर्न सकिने भए पनि प्रतिवेदनले नेपालका पाँचमध्ये एक शिशुले निमोनियाबाट जोगाउने खोप लगाउन नपाएका र निमोनियाका लक्षण देखिएका धेरै बालबालिकाले उचित उपचारसमेत नपाएकोे औँल्याएको छ । निमोनियाबाट मृत्यु हुने बालबालिकाको संख्या विश्वका गरिब देशमा धेरै रहेका छन् । सीमान्तकृत बालबालिका सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । प्रतिवेदनले सन् २०२० देखि २०३० को दशकमा नेपालका पाँच वर्षभन्दा कम उमेरका १८ हजारभन्दा धेरै बालबालिकाको मृत्यु निमोनियाका कारण हुने अनुमान लगाएको छ । यसैगरी निमोनियाबाट अल्जेरियामा १४ लाख, भारतमा ८८ लाख, कङ्गोमा ३५ लाख र इथियोपियामा दुई लाख ८० हजार बालबालिकाको मृत्यु हुने अनुमान प्रतिवेदनमा रहेको छ । प्रतिवेदनले स्वास्थ्य सेवा प्रवाह र पोषणको अवस्थामा सुधार, एन्टिबायोटिक्सको सहज उपलब्धता र पूर्ण खोप, स्तनपानको दरमा बृद्धिजस्ता पहलले निमोनियाबाट मृत्यु भइरहेका बालबालिकाको संख्या घटाउन सकिने दिएको छ । ती पहलले सेप्सिस, झाडापखाला र मेनिन्जाइटिसजस्ता रोगबाट मृत्यु हुनसक्ने हजारौँ बालबालिकालाई पनि जोगाउन सकिने जनाएको छ । ‘बालबालिकाको जीवन जोगाउने कुरामा हामी गम्भीर छौँ भने निमोनियासँग लड्नका लागि पनि गम्भीर हुनुपर्छ । अहिलेको कोरोना भाइरसको महामारीले पनि समयमै पहिचान र रोकथामका लागि जोड दिएका छ । यसको अर्थ सही निदान र सही उपचारको सिफारिस हुनुपर्छ,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा एच फोरलले मञ्चको बैठकमा भने, ‘निमोनियाबाट हुने मृत्युको पछाडिका कारणजस्तै कुपोषण, खोप र एन्टिबायोटिक्सको अभावको सम्बोधन र वायु प्रदूषणजस्ता थप जटिल चुनौतीको सामना गर्नुपर्छ ।’ माघ १७ गतेसम्म जारी रहने सो मञ्चको आयोजना आइएस ग्लोबल, सेभ द चिल्ड्रेन, युनिसेफ, एभ्रीब्रिद काउन्ट्स, लाकाइसा फाउन्डेसन, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन, युएसएड, युनाइटेड र गाभीजस्ता बालबालिकाका क्षेत्रमा काम गर्ने नौवटा सस्थाले संयुक्तरूपमा गरेका हुन् । साथै मञ्चबाट सेरुम इन्स्टिच्युट अफ इन्डियाले थप सुलभ पिसिभीखोपको घोषणा गर्ने र सहभागी देशले निमोनियाबाट हुने मृत्युलाई घटाउन थप राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने यहाँस्थित युनिसेफ कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP