Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानमा विषाक्त पदार्थको छानबिन गर्न माग
इरानमा विषाक्त पदार्थको छानबिन गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १९, २०७९
Waving Iran flag above skyline of Tehran at sunset.
Hardik health
एजेन्सी -  इरानमा सयौं छात्रालाई विषाक्त पदार्थ दिइएको (खुवाइएको) घटनाको पूर्ण र पारदर्शी छानबिन गर्न जर्मनीका उच्च कूटनीतिज्ञले शुक्रबार गरेको आह्वानलाई संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको छ । इरानी सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको संख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ । इरानकी विदेशमन्त्री एनालेना बेयरबोकले ट्वीटरमा लेख्नुभएको छ, “इरानमा विद्यालयस्तरका छात्राहरूलाई विष खुवाइएको खबरले स्तब्ध बनाएको छ । उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानी तेहरानमा तीन गरी कम्तीमा १० वटा बालिका विद्यालयलाई निशाना बनाइएको छ । “तेहरान होस् वा अर्दाबिल, केटीहरू निर्धक्क भएर विद्यालय जान पाउनुपर्छ । यो उनीहरूको मानव अधिकार हो,” बेयरबोकले भने । “सबै घटनाको पूर्ण अनुसन्धान हुनुपर्छ,” उनले भने । जेनेभामा शुक्रबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले पनि विषाक्तताको आरोपप्रति चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले भने, “रहस्यमय परिस्थितिमा केटीहरूलाई जानीजानी निशाना बनाइएको भन्ने आरोपप्रति हामी निकै चिन्तित छौं ।” उनले भने, “संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले घटनाको कुनै पनि अनुसन्धान पारदर्शी होस् र दोषीलाई न्यायको कठघरामा ल्याउन निष्कर्ष सार्वजनिक गरियोस् भन्ने चाहेको छ ।” यसैबीच विश्व स्वास्थ्य सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले राष्ट्रिय स्वास्थ्य अधिकारीहरू र चिकित्सा पेशेवरहरूसँग घटनाका बारेमा सम्पर्कमा रहेको  बताएकी छन् ।   उनले भनिन् ‘घटनाको बारेमा थप बुझ्नका लागि अन्य माध्यमहरू प्रयोग गरिरहेको छ ताकि हामीसँग राम्रो प्रमाण होस् ।’ गत नोभेम्बरमा रहस्यमय विषाक्तताको प्रकोप सुरु भएयता करिब एक हजार २०० विद्यार्थीलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा उपचार गर्नुपर्ने अवस्था आएको एक इरानी सांसदले बुधबार बताएको छ । विषाक्तताले देशभरि आक्रोशको लहरलाई उक्साएको छ । आलोचकहरूले विद्यालयहरूमा आक्रमणको बढ्दो सङ्ख्या देखिएको सन्दर्भमा आधिकारिक मौनताको निन्दा गरेका छन् । गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनपछि जर्मनी र इरानबीचको सम्बन्ध विशेष गरी तनावपूर्ण बनेको छ । तेहरानले प्रदर्शनमाथि गरेको रक्तपातपूर्ण दमन र सरकार विरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड दिने कार्यको निन्दा गर्ने पश्चिमा आवाजमा बेयरबोक स्वयम् अग्रपङ्क्तिमा रहेको छ । यसैबीच, जर्मन–इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्डको सजाय सुनाइएपछि बर्लिनले पनि बदलामा यस्तै कदम चालेको छ । तेहरानले बिहीबार दुई जना जर्मन कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
काबुलमा विद्यालय खोल्न अपिल
काबुलमा विद्यालय खोल्न अपिल सोमबार, चैत ९, २०८२
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत सोमबार, चैत ९, २०८२
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत सोमबार, चैत ९, २०८२
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता सोमबार, चैत ९, २०८२
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP