Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सार्वजनिक लेखा समितिलाई सांसदको प्रश्न – नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शीता किन ?
सार्वजनिक लेखा समितिलाई सांसदको प्रश्न – नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शीता किन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १७, २०७६
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक
Hardik health
काठमाडौं– सांसदहरूले नेपाल ट्रष्टको सम्पतीमाथि प्रश्न उठाएका छन् । उनीहरूले स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरूपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै आपत्ति जनाए । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा समन्वयका लागि नेपाल ट्रष्ट स्थापना गरिएको भएपनि ट्रष्टले व्यापारिक संस्थाको हितमा काम गरेको, समय सकिनुअगावै अपारदर्शीरूपमा सम्झौता गरिएको भन्दै सांसदहरूले गुनासो गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बिहीबार बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल ट्रष्टले गरेका अधिकांश सम्झौतामा चलखेल भएको तथ्य र प्रमाणले स्पष्ट पारेको भन्दै स्पष्ट पार्न सरकारलाई आग्रह गरेका छन् । समितिको बैठकमा उपस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारी तथा ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई अपारदर्शी रूपमा ट्रष्टको सम्पत्ति यती समूह तथा अन्य व्यावसायिक समूहलाई विनाप्रतिस्पर्धा दिएकामा सांसदहरूले आपत्ति जनाएका छन् । बैठकमा नेपाली कांग्रेसका नेता तथा सांसद डा. मिनेन्द्र रिजालले नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी क्रियाकलाप बढेको, सम्झौता सकिनुभन्दा पाँच वर्ष पहिले यती समूहसँग गोकर्ण रिसोर्टको सम्झौता गरिएको भन्दै किन त्यस्तो गरिएको हो ? भन्ने प्रश्न गरेका थिए । यस्तै सांसद तेजुलाल चौधरीले उक्त जग्गाका विषयमा टेबुलमुनिबाट कारोवार भएको दाबी गर्दै भने, ‘कुनैपनि जग्गा भाडामा दिन १० करोडभन्दा कमका लागि ६० दिन र त्यो भन्दा माथिका लागि १२० दिनको सूचना जारी गरेर बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था भए पनि किन त्यसो गरिएन ?’ उनले गोकर्ण रिसोर्ट रहेको जग्गाको सम्झौता सकिनुअगावै भाडामा लगाउँदासमेत आर्थिक चलखेल भएको आरोप लगाएका छन् । यस्तै, सांसद विरोध खतिवडाले सम्झौता अवधि पाँच वर्ष बाँकी छँदै गोकर्ण रिसोर्टको समय थप गर्नुपर्नाका कारण सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिए । खतिवडाले यसरी समयअगावै भाडा अवधि बढाउँदै जाने विषय कानूनी नजरमा कसरी ग्राह्य हुनसक्यो भन्ने प्रश्न गरेका थिए । गत २३ मंसिरमा मन्त्रिपरिषद् बैठकले गोकर्णको जग्गा भाडा लिएको यती समूहसँग सम्झौता गर्ने निर्णय भएको ट्रष्टका सहसचिव ज्ञवालीले जानकारी दिए । यही २ माघमा रिसोर्टका सञ्चालकसँग ट्रष्टले सम्झौता गरिसकेको उनको भनाइ छ । ट्रष्टका सहसचिव ज्ञवालीले कानूनीरुरूपमा नै आफूहरूले सम्झौता गरेको समितिलाई जानकारी गराएपछि सभापति भरतकुमार शाहले कानूनको व्याख्या नगर्न आग्रह गर्दै सम्झौताको धरातल सार्वजनिक खरीद ऐनको मर्म र भावनाअनुसार छ कि छैन भन्ने समितिले हेर्ने बताए । सभापति शाहले समितिले उठाएका जिज्ञासाको जवाफ दिन सहसचिव ज्ञवालीलाई निर्देशन दिए । साथै, सहसचिव ज्ञवालीले जग्गा भाडामा लगाउने विषयमा कानून अभाव रहेको बताए । उनले दरबारमार्गमा यती समूहलाई दिइएको जग्गाका विषयमा थप अध्ययन आउने प्रतिबद्धता जनाएका छन् । बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले जग्गा भाडाको विषय जटिल भएकाले अहिल्यै आफूले केही बताउन नसक्ने भएकाले केही दिन अध्ययनपछि मात्रै भन्न सकिने उल्लेख गरेका थिए । त्यसपछि सभापति शाहले नेपाल ट्रष्टको सम्पूर्ण जग्गा भाडाका विषयमा सम्बद्ध अधिकारीलाई एक हप्ताको समय दिइएको जानकारी दिँदै त्यसपछि यसबारेमा विस्तृतरूपमा छलफल गर्ने जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP