Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नागरिकता, राहदानी लिने क्रममा विचौलियाबाट ठगिँदै
नागरिकता, राहदानी लिने क्रममा विचौलियाबाट ठगिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १६, २०७६
83947156_873470163087595_4309982407177535488_n
Hardik health
काठमाडौं–पछिल्लो समय उपभोक्ताहरूमाथि विभिन्न बहानामा ठगिने क्रम बढिरहेको विषयलाई ध्यान दिँदै सरोकारवाला निकायले कारबाहीलाई तदारुकता दिएको जानकारी दिएका छन् । बजारमा निर्माण, औषधी, खाद्यान्नलगायत सामाग्रीमा ठगी भइरहेको गुनासा आएको सन्दर्भमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो । यही सन्दर्भमा ‘बजार अनुगमन, अपराध अनुसन्धानमा लागूऔषधको अवस्था र नियन्त्रणका उपायहरू’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको उदेश्य पूर्तिका लागि दत्तचित्त भएर लागेको बताए । हाल काठमाडौं उपत्यकाभित्र घट्ने विभिन्न किसिमका अपराधिक घटना र उपभोक्ता ठगीका घटनाहरू न्यूनीकरण गर्न आफूहरू सक्रिय भएर लागेको उनले बताए । उनले नागरिकता, राहदानी लिने क्रममा समेत विचौलियाबाट सेवाग्राहीहरू ठगिँदै आएकाले यस विषयमा आम नागरिकहरू सचेत हुन आग्रह गरे । यसैगरी शान्ति सुरक्षाको हिसाबले काठमाडौं उपत्यका शतप्रतिशत सुरक्षित रहेको जिकिर गर्दै उनले भने, ‘काठमाडौं उपत्यका जुनसुकै कोणबाट सुरक्षित छ, यसको लागि हामी उत्तिकै सचेत पनि छौँ ।’ आफूहरूले विगतमा जस्तै विभिन्न चाडपर्वहरू शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सफल भएको बताउँदै शान्ति सुरक्षामा काठमाडौं जिल्ला प्रशासन कार्यालय चुस्त दुरुस्त भएको जिकिर गरे । उनले जिल्लामा लागू औषधको दुव्र्यसनीको सन्दर्भमा कुरा राख्दै काठमाडौं जिल्लाभित्र लागूऔषध दुव्र्यसन रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी प्रशासनलाई सक्रिय भएर लाग्न निर्देशन दिएको जानकारी गराए । घरघरबाटै दुव्र्यसन रोक्ने अभियानमा लाग्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘३ सय भन्दा बढी कानुन बनिसकेका छन् अब प्रभावकारी सेवा प्रदान गर्ने कामलाई तदारुकता दिइन्छ ।’ त्यसैगरी कार्यक्रममा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विगतमा भएका कामहरूलाई सम्मान गर्ने र बाँकी कामहरूलाई प्राप्त सुझावका आधारमा विभाग अगाडि बढ्ने जानकारी दिए । उनले उपभोक्ताहरूको हितका लागि विभिन्न कार्यक्रमहरू अगाडि सारेको बताउँदै भने, ‘एसएमएस सिस्टम, क्यु सिस्टम, विद्युतीय हाजिरी, उपभोक्ता सहायता कक्षाहरू अप्रेसनमा ल्याएका छौँ ।’ विभागले हाल व्यवस्थित तरिकाले अनुगमन गरिरहेको बताउँदै उनले भने, ‘सूचना र मापदण्डमा आधारित व्यवस्थित अनुगमन र दिगो खालको प्रभावकारी अनुगमन गरिरहेका छौँ ।’ अनुगमन सूचना प्रणालीमा आधारित हुनुपर्नेमा उनको जोड थियो । कालाबजारीमा संलग्न व्यक्तिहरूमाथि मुद्दा समेत चलाइएको उनले जानकारी दिए । त्यसैगरी अनुगमनमा जाने टोलीका सदस्यहरूलाई आचारसंहिता निर्माण गरेको उल्लेख गर्दै उनले अब छिट्टै नै पालना भए नभएको अनुगमन गरिने बताए । महानिर्देशक सुवेदीले विभागले दिनहुँजस्तो अनुगमन गरिरहेको दाबी गर्दै भने, ‘उपत्यकाभित्र र बाहिर अनुगमन गरिरहेका छौँ तर अनुगमन भने उजुरी गरेकै भरमा होइन, क्रसचेक गर्ने गरेका छौँ ।’ बजारमा फलामे डण्डी, सिमेन्ट, स्टील तथा उपभोग्य बस्तुहरूमा ठगी भइरहेको गुनासो आइरहेकोले दोषीलाई कारबाही गर्न विभाग तत्काल लाग्ने महानिर्देशक सुवेदीले बताए । त्यसैगरी कार्यक्रममा औषधी व्यवस्था विभागको महानिर्देशक नारायणप्रसाद ढकालले औषधी व्यवस्था विभागले विदेशबाट स्वदेशमा भित्रिने औषधीहरूको गुणस्तरीयता, बजार व्यवस्थापन, फार्मेसीहरूको अनुमगन गर्दै आएको जानकारी दिए । त्यसैगरी विभागले औषधीको समुुचित प्रयोगलाई प्रवद्र्धन गर्ने क्रियाकलाप सक्रिय भएको बताए । उनले कसैलाई कारबाही गर्ने भन्दा पनि सबै पक्षलाई जिम्मेवार भई काम गरोस् गलत काम नगरोस् भन्ने खालको वातावरण सिर्जना गर्न विभाग लागि परेको बताए । त्यसैगरी कार्यक्रमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनका डिजिएम ब्रजेश झाले साल्ट ट्रेडिङ्गले आफ्ना संस्थाबाट उपलब्ध गराउँदै आएका सामाग्रीहरू बजारको भन्दा सुलभ मूल्य र गुणस्तरीय सामाग्रीमा सम्झौता नगरेको जानकारी दिए । साथै सरकारले लिएको उदेश्यअनुसार जनमानसलाई सहज र सुपथ रूपमा नुन, तेल, गेडागुडीसहितका खाद्यान्न उपलब्ध गराएको बताए । प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले बजारमा उपभोक्ता ठगिएको गुनासा आएको, आम जनताले सरकार भएको अनुभूति गर्नका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने भएकोले त्यसअनुरूप गर्न आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP