Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन फागुन १२ देखि १४ सम्म 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन फागुन १२ देखि १४ सम्म 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ९, २०७९
IMG_0074
Hardik health
काठमाडौं - लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताएका छन् । मंगलबार काठमाडौंको रिपोटर्स क्लबमा पत्रकार भेटघाट आयोजना गर्दै सो महाधिवेशनको तयारी पुरा भएको उनले जानकारी गराएका हुन् । यस पटकको महाधिवशेनमा अध्यक्ष लगायतका केही पदहरु सहमतीमा निर्विरोध चयन हुने विश्वास पनि अध्यक्ष बिजीले कार्यक्रममा व्यक्त गरे । देशभरीबाट २६ हजार ११८ जना सदस्य रहेको यो प्रतिष्ठानको अधिवेशनबारे अध्यक्ष बिजीले भने,‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवशेन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुँगो लगाउने छौं ।’ उनले अगाडि थपे,‘१२ गते रातभरको प्रयास पछि हामी १३ गते मतदान कार्य गर्नेछौं र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने छौं ।’ पत्रकार सम्मेलनमा प्रतिष्ठानको प्रेस विज्ञप्ति बाचन गर्दै अध्यक्ष बिजीले भने,‘नेपाल एक विविधताले भरिएको विश्वकै सुन्दर देश हो । यहाँका कला, संस्कृति, गीत, संगीत, भाषा, धर्म, जनजाति, भेषभुषा, खाना, भुगोल विश्वमा परिचित छ । त्यस्तै मध्ये एक लोक तथा दोहोरी गीत हो ।’ विश्वभर रहेका नेपालीमाझ सगरमाथा जत्तिकै पहिचान बोकेको संस्थाहो राष्ट्रिय लोक तथा दोहोरी गती प्रतिष्ठान नेपाल भएको पनि उनले बताए । कोरोनाको महामारी बीच पनि आफ्नो कार्यकालमा थुप्रै उत्कृष्ट कार्यहरु भएको पनि अध्यक्ष बिजीले बताए । प्रतिष्ठानले काठमाडौंको टोखामा आफ्नै पहलमा जग्गा खरिदगरि आफ्नो कार्यालय स्थापना गरेको पनि उनले जानकारी गराए,‘कार्यालयमा हामीले नव कलाकर्मी र प्रतिभाहरुलाई प्रशिक्षण तथा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छौं ।’ उनले भने । अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् र पदाधिकारी चयन गर्नेछन् । प्रतिष्ठानका महासचिब सुवास केसीका अनुसार २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेको छ । प्रतिष्ठानमा हाल २३ हजार ३२२ जना साधारण सदस्य र २ हजार ७७३ र २३ जना आजीवन सदस्य रहेको पनि उनले बताए । यस्तै प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार ११८ जना कलाकार आबद्ध छन् ।महासचिब केसीले भने,‘मुलुक संघीयतामा गएको र उक्त शासकीय व्यवस्थालाई प्रतिष्ठानले पनि स्वीकार गरेकाले प्रदेशस्तरमा पनि हामी केन्द्रमाजत्तिकै हैसियतमा उपस्थित हुनचाहेका छौँ ।’ उनले अगाडि थपे,‘दुईवटा प्रदेश र १२ जिल्लामा हामीले अहिलेसम्म आफ्नै भवन बनाउने प्रक्रियामा सिलन्यास गरिसकेका छौँ । त्यस्तै एक व्यवस्थित आकर्शक लोक संग्रहालय सञ्चालन गर्ने अभियान पनि थालेका छौँ ।’ यस्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले प्रतिष्ठानले देश बिदेशमा रहेका नेपाली लोक गायन क्षेत्रका कलाकारलाई समेटेर लोक संगीतको विकाशमा ठुलो योगदान पु¥याएको बताए । प्रतिष्ठानमा कुनै पनि फुटको सँभावना नरहेको पनि उनले दाबी गरे । प्रतिष्ठानको बारेमा चित्त दुखाएका कलाकार साथीहरुलाई आफुहरुले फकाएर आउँदो समय सँगै अघि लैजाने प्रतिवद्धता पनि उनले जनाए ।  
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP