Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
समाचार
  • Home
  • समाचार
  • जापानमा आप्रवासी कामदारमध्ये साढे ६ प्रतिशत नेपाली
जापानमा आप्रवासी कामदारमध्ये साढे ६ प्रतिशत नेपाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३, २०७९
Hardik health
काठमाडौं-  जापानको श्रमबजारमा आप्रवासी कामदारको रुपमा नेपालीहरुले साढे छ प्रतिशत हिस्सा ओगटेको तथ्यांक सार्वजनिक भएको छ । जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ एक लाख १८ हजार १९६ जना नेपाली कामदार रहेको तथ्यांकमा उल्लेख छ ।यो समग्र आप्रवासी कामदारको ६.५ प्रतिशत हो । जापानमा कूल १८ लाख २२ हजार ७२५ आप्रवासी कामदार रहेको तथ्यांक छ ।जापानलाई आप्रवासी कामदार उपलब्ध गराउने देशहरुमध्ये नेपाल चौथो स्थानमा रहेको त्यहाँको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी कामदार उपलब्ध गराउने मुलुक अर्थात् पहिलो नम्बरमा भने भियतनाम रहेको तथ्यांकमा उल्लेख गरिएको छ । भियतनामबाट चार लाख ६२ हजार ३८४ जना जापानमा काम गरिरहेको जनाइएको छ । यसले जसअनुसार जापानको श्रमबजारमा भियतनामीले २५.४ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । त्यसैगरी जापानलाई आप्रवासी कामदार उपलब्ध गराउनेमा चीन दोस्रो र फिलिपिन्स तेस्रो स्थानमा रहेका छन् । चीनले तीन लाख ८५ हजार ८४८ अर्थात् २१.२ प्रतिशत हिस्सा ओगटेको छ भने फिलिपिन्सले दुई लाख छ हजार ५० अर्थात् ११.३ प्रतिशत कामदारको हिस्सा ओगटेको मन्त्रालयको तथ्यांकमा समेटिएको छ । जापानमा सबैभन्दा थोरै आप्रवासी कामदार पेरुबाट उपलब्ध भएको बताइएको छ । पेरुका ३१ हजार २६३ अर्थात् १.७ प्रतिशत नागरिक श्रमबजारमा काम गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ‘पार्ट टाइम’ काम गर्नेहरुको संख्यासमेत तथ्यांकमा समावेश गरिएको छ । जापानको श्रमबजारमा पिआरधारी, जापानी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका र उनीहरुका परिवारिक सदस्य श्रमबजारमा सबैभन्दा ठूलो संख्यामा रहेको उल्लेख छ । त्यस्ता कामदारको संख्या पाँच लाख ९५ हजार २०७ अर्थात् ३२.७ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।वर्किङ भिसामा चार लाख ७९ हजार ९४९, विशिष्ट क्षेत्रमा ७३ हजार ३६३, ट्रेनिङ (प्रशिक्षार्थी) भिसामा तीन लाख ४३ हजार २५४ र निश्चित स्टाटस नतोकिएका (विद्यार्थी तथा डिपेन्डेण्ट भिसावाहक) तीन लाख ३० हजार ९१० जना आप्रवासी रहेको तथ्यांकमा उल्लेख गरिएको छ । निश्चित स्टाटस नभएका विद्यार्थी तथा डिपेन्डेण्ट विदेशी नागरिकमध्ये काम गर्ने सबैभन्दा धेरै अर्थात् ३९.६ प्रतिशत नेपाली रहेका छन् ।जापानको श्रमबजारमा उलब्ध कामदारले मात्रै माग पूरा नहुने भएपछि त्यहाँको सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको छ । विदेशी कामदारको माग बढेका कारण जापानले विभिन्न मुलुकसँग श्रम सम्झौतासमेत गरेको छ । जापानले विभिन्न क्षेत्रमा काम गर्नेगरी स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणालीमार्फत कामदार लैजान नेपालसँग पनि सन् २०१९ मा नै श्रम सम्झौता गरिसकेको छ । चरणबद्धरुपमा कामदार लैजाने बताइए पनि विभिन्न कारण देखाउँदै अझै पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP