Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मर्करी मिना कम्पनीपीडित सम्पर्कविहीन
मर्करी मिना कम्पनीपीडित सम्पर्कविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १६, २०७६
Hardik health
काठमाडौं– कतारको मर्करी मिना कम्पनीबाट तलब नपाएपछि फर्किएका ३४ नेपाली श्रमिकहरूलाई क्षतिपूर्ति दिने घोषणा भएको भए पनि एक पीडित भने वैदेशिक रोजगार विभागको सम्पर्कमा आएका छैनन् । सो कम्पनीमा काम गरी बिनातलब सन् २०१७ मा फर्कन बाध्य भएका उनीहरूमध्ये एक जना विभागको सम्पर्कमा अझै आउन नसकेको महानिर्देशक डा.भीष्मकुमार भुषालले बताए । महानिर्देशक डा.भुषालका अनुसार कम्पनी बन्द भएको अढाई वर्षपछि श्रमिकलाई २ लाख ७५ हजार रियाल (झन्डै ८५ लाख रूपैयाँ) क्षतिपूर्ति दिने भएको छ । उनले भने, ‘उक्त रकम वैदेशिक रोजगार विभागको समन्वय र सहजीकरणमा नेपालस्थित कतारी राजदूताबासमार्फत भुक्तानी गर्ने, सम्पर्कमा नरहेको व्यक्तिको रकम भने उसको परिवारलाई सम्पर्क गरी परिवारलाई नै भुक्तानी हुन्छ । तर हालसम्म उक्त व्यक्ति विभागको सम्पर्कमा नअएकाले विभागले आफ्नो सिस्टममार्फत कुन व्यक्ति कुन म्यानपावरबाट गएको र कहिले फर्केको विवरणका माध्यमले उसको परिवारलाई सम्पर्क गर्छ ।’ वैदेशिक रोजगार विभाग, कतारस्थित नेपाली दूताबास, एम्नेस्टी इन्टरनेसलनले ताकेता गर्दा सो कम्पनी सन् २०१७ जुलाईमा नै बन्द भइसकेको तथा सन् २०१८ मा नवीकरणसमेत नभएको जानकारी कतारको सरकारी निकायले गराएको थियो । तर, नेपाली दूताबाससँगको नियमित सम्वादबाट पीडित नेपालीलाई क्षतिपूर्ति दिलाउन सफलता मिलेको महानिर्देशक डा.भुषालले जानकारी दिए । कम्पनी सन् २०१७ मा नै बन्द भइसके पनि कतार सरकारको पहलमा रकम प्राप्त हुने भनी कतारस्थित नेपाली दूताबासले कतारको मानव संशाधन, श्रम तथा सामाजिक मामिला मन्त्रालयको श्रम मामिला हेर्ने प्रमुख मोहम्मद हसन अल अविद्लीसँग कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले छलफल गरी सो रकम भुक्तानी गर्ने निर्णय भएको दूताबासले जानकारी दिएको छ । सो रकम विभागको समन्वय र सहजीकरणमा नेपालस्थित कतारी राजदूताबासमार्फत भुक्तानी गर्ने सहमति भएको विभागले जनाएको छ । विभागका अनुसार सो कम्पनीमा संस्थागत रूपमा नेपालका अल एसिया इन्टरनेसनल, रकी इन्टरनेसनल, प्याराडाइज इन्टरनेसनल, वल्र्ड भिजन इन्टरनेसनल मेनपावर सर्भिस तथा स्काई वे ब्युरो सर्भिस म्यानपावरका साथै व्यक्तिगत श्रम स्विकृति गरी श्रमिक गएका थिए । ‘सुरुमा झन्डै एक डेढ वर्ष राम्रैसँग तलब दिए पनि त्यसपछि डिसेम्बर २०१६ देखि मर्करी मिनाले उनीहरूलाई तलब दिन छाड्यो, केही समयका लागि मात्रै तलब भुक्तानीमा ढिलाइ भएको र यो समस्या चाँडै नै समाधान हुने भनी वाचा गरेका कारण उनीहरूले कामलाई निरन्तरता दिए । तर, त्यो समस्या पाँच महिनासम्म पनि समाधान नभएको र कतारबाट फर्केको झन्डै ३ वर्ष बितिसक्दा पनि आफूहरूले पाउन बाँकी तलब सुविधा कसैले पनि पाएनन्,’ पीडितमध्येका रुद्रनारायण चौधरीले प्रभाव दैनिकसँगको कुराकानीका क्रममा आगाडि भने, ‘हामीले कतारस्थित नेपाली दूताबास, एम्नेस्टी इन्टरनेसनल, कतारको मानवअधिकार आयोगलगायतमा उजुरी हालेर रकम पाउने प्रयास गर्दा पनि खाली हात नै फर्किनु परेको थियो ।’ उनले आफूले २० हजार ६ सय ७५ रियाल (झण्डै छ लाख ५० हजार रूपैयाँ) पाउन बाँकी रहेकोे बताए । चौधरीले पाउनु पर्ने रकम नै ३४ जनामध्य सबैभन्दा बढी रहेको विभागले जानकारी गराएको छ । कुराकानीका क्रममा पीडित चौधरीले आफूले पटक–पटक काठमाडौं धाउँदा पनि रकम पाउने विषयमा कुनै प्रगति नभएपछि आफूले आस मारिसकेको बताए । उनी कलंकीस्थित रकी इन्टरनेसनल मेनपावर कम्पनीबाट इलेक्ट्रिसियनको भिसामा कतार गएका थिए । चौधरी बताउँछन्, ‘हाम्रो लागि वैदेशिक रोजगारी आर्थिक आयको विश्वासिलो माध्यम भनिए पनि हामीले भोग्नु परेको समस्याले गर्दा वैदेशिक रोजगारीप्रति वितृष्णा जागेर आउँछ । तर अहिले हामीले गरेको मिहिनेतको परिश्रम करिब ३ वर्षपछि पाउने समाचारले साह्रै खुसी बनाएको छ ।’ क्षतिपूर्तिका बारेमा विभागले क्षतिपूर्ति दिने भन्ने समाचार प्रवाह गर्दै गरे पनि अधिकांश कामदारले भने यसबारे कुनै सूचना पाएका छैनन् । उनीहरूलाई प्रभाव दैनिकले गरेको सम्पर्कबाट मात्र सूचित भएको बताए । यसमध्ये सप्तरीका कृष्णकुमार साहुले खुसी हुँदै भने, ‘थाहै थिएन, अब काठमाडौं आउने र क्षतिपूर्ति लिने भन्दै सबैलाई धन्यवाद । माया मारेको रकम आएछ, तर मैले कति पाउँछु, थाहै छैन ।’ विभागले दिएको जानकारी अनुसार उनले १२ हजार ७ सय १ रियाल अर्थात् करिब ३ लाख ९६ हजार ६ सय ७५ रूपैयाँ पाउँदै छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP